Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • हात्ती पीडित दमाईलाई सहयोग गर्दै नगरप्रमुख के.सीले भने - मधुवन नगर एउटा परिवार हो
हात्ती पीडित दमाईलाई सहयोग गर्दै नगरप्रमुख के.सीले भने - मधुवन नगर एउटा परिवार हो
हरि गुरुङ
हरि गुरुङ आइतबार, भदौ ६, २०७८

बर्दिया । जिल्लाको मधुवन नगरपालिका वडा नं.-२ रज्वारामा शनिबार राती हात्तीले घर भत्काउँदा शर्टसर्किट भएर आगलागी भएपछि घरबार बिहिन हुनुभएका पीडित दीर्घ बहादुर दमाईलाई मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर के.सी. (कृष्ण)ले सहयोग उपलब्ध गराउनुभएको छ ।

नगरप्रमुख के.सी. (कृष्ण)ले मानविय धर्म पुरा गर्दै आफ्नो तर्फबाट ब्यक्तिगत सहयोग गर्नुभएको हो । 

उहाँले पीडित दीर्घ बहादुर दमाईका बालबालिका र परिवारलाई केही समय खान-लाउन समस्या नहोस् भन्ने उदेश्यका साथ आफ्नो तर्फबाट तत्काललाई रु १२ हजार सहयोग गर्नुभएको हो ।

सहयोग रकम हस्तान्तरण गर्दै नगरप्रमुख के.सी. (कृष्ण)ले मधुवननगर एउटा परिवार भएको र परिवारका सदस्यलाई कुनै समस्या, दु:ख:पिडा भए आफुले सँधै नगरवासीको दु:खमा साथ दिने बताउनुभयो । 

नगरप्रमुख के.सी. (कृष्ण)ले पीडित दमाईलाई भन्नुभयो, " तँपाइ र तँपाइको परिवारलाई मधुवन नगरपालिकाले सहयोग गर्छ, चिन्ता नलिनुस्, तँपाइको घर पनि हामी बनाउने छौँ । तँपाइ र तँपाइको परिवारलाई घरबार बिहिन हुन दिने छैनौँ ।" 

सहयोग रकम लिँदै भावुक हुनुभएका पीडित दीर्घ बहादुर दमाईले आफ्ना आँखाभरीका आँशु पुछ्दै धन्यवाद दिनु भएको थियो ।

शनिवार राती करीब ११:३० बजेतिर फर्दङ्गा सामुदायिक वनबाट गाउँमा छिरेको हात्तीले घर भित्र भण्डारण गरी राखेको अन्न खान खोज्दा शर्टशर्किट भएपछि घर र गोठमा आगो लाग्दा भान्सा र गोठ पुरै जलेको छ भने २ वटा बाख्रा, ६ वटा कुखुरा, २ वटा साइकल, १ वटा मोटरसाइकल लगायत गहुँ, मकै, चामल पूर्ण रुपमा जलेर नष्ट भएका छन ।

पीडित दिर्घ बहादुर दमाइको परीवार अहिले घरबार बिहिन अवस्थामा पुगेको छ ।    

हात्तीले घर भत्काइदिएपछि आहत हुनुभएका पीडित दमाई र उहाँको परिवारलाई खाना छिमेकीले खुवाएका छ्न । दमाई र उहाँको परिवारलाई केहि दिन खान लाउन समस्या नहोस् भनेर नगरप्रमुख के.सीले ब्यक्तिगत सहयोग गर्नुभएको हो ।

हात्ती पीडित दमाईको घर नगरपालिकाले बनाइदिने भएको छ । केहि समय यता मधुवन नगरपालिकाका विभिन्न वडाहरुमा मानव वन्यजन्तु द्वन्द बढि रहेको अवस्था छ । वन्यजन्तुले गाउँ पसेर अन्नबाली खाने, घर भत्काउने गरेका छन ।

त्यस्ता घटनाबाट पीडित गरीब-दुखी विपन्नलाई नगरप्रमुख केसीले निरन्तर ब्यक्तिगत सहयोग गर्दै आइरहनुभएको छ भने संस्थागत रुपमा मधुवन नगरपालिकाको तर्फबाट छुट्टै राहत सहयोग उपलब्ध गराइरहनुभएको छ ।

      


प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  १६:०७
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्