Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • सवारी साधन राति ८ बजेभित्र गन्तव्यमा पुगी सक्नुपर्ने गरी उपत्यकामा निषेधाज्ञा थप : यस्ता छन अन्य आदेश
सवारी साधन राति ८ बजेभित्र गन्तव्यमा पुगी सक्नुपर्ने गरी उपत्यकामा निषेधाज्ञा थप : यस्ता छन अन्य आदेश
नेपालकागज
नेपालकागज मंगलबार, साउन २६, २०७८

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण वृद्धिसँगै काठमाडौँ उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । 

अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्चुअलरुपमा मात्रै गर्ने निर्णय गरेको स्थानीय प्रशासनले यसपालि राति ८ बजेबाट सार्वजनिक तथा निजी सवारी साधन गन्तव्यमा पुगी सक्नुपर्ने (८ बजेपछि सवारी सञ्चालन गर्न नपाइने) निर्णय थप गरेको छ । यद्यपि अत्यावश्यक सवारी साधन भने सञ्चालन गर्न पाइने छ । आजको बैठकले गरेको निर्णय यही साउन २८ गते बिहान १ बजेबाट भदौ ८ गते राति १२ बजेसम्म लागू हुनेछ । 

यसअघि गोष्ठी, तालिम, सेमिनार, बैठक तथा प्रशिक्षणजस्ता कार्यक्रम उपस्थित भएरै गर्नुपर्ने भएमा २५ जनाभन्दा बढी नहुने गरी सञ्चालन गर्न अनुमति दिइएको थियो भने रातिको समयमा पनि सवारी साधन सञ्चालन गर्न अनुमति दिइएको थियो । 

अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत राखिएको छ । कोभिड–१९ का बिरामीको सङ्ख्या वृद्धि हुन थालेकाले केही कडाइ गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलले जानकारी दिनुभयो । “राति बीच बाटोमा अलमल गर्ने अवस्था देखियो, त्यसले भीडभाड बढेको पाइयो, त्यसलाई रोक्न ८ बजेभित्र नै गन्तव्यमा पुगी सक्नुपर्ने गरी निर्णय गरिएको हो”, उहाँले रासससँग भन्नुभयो ।

आदेशमा  कोभिड–१९ को लक्षण देखिएका तथा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पिसिआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन र भीडभाडबाट बच्न अनुरोध गरिएको छ । स्वास्थ्यको मापदण्ड पूर्ण पालना गर्न पनि भनिएको छ । 

सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, रङ्गशालामा हुने दर्शकसहितका खेलकुद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न÷गराउन पाइने छैन ।

खुला स्थानमा मानिस भेला हुन, सभा÷जुलुस गर्न, जात्रा महोत्सव, भोज भतेर आदि गर्न÷गराउन पनि पाइने छैन । नित्य पूजाबाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठन पनि गर्न नपाइने आदेशमा उल्लेख छ ।

औषधि तथा स्वास्थ्यसम्बन्धी पसल भने जुनसुकै बेला खोल्न सकिने छ । अन्य पसल, व्यवसाय भने साँझ ७ बजेसम्म मात्रै खोल्न पाइने छ । स्थानीय ढुवानीका साधन बिहान ९ देखि ११ र अपराह्न ४ देखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । अत्यावश्यक वस्तुको अनलाइन अडर, रेष्टुराँ तथा फाष्टफुड तथा अन्य अडरको हकमा टेक–अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । 

सिट क्षमताअनुसारको यात्रु राखेर यातायातका साधन सञ्चालन गर्न भनिएको छ । त्यसरी सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूर्णपालना गर्नुपर्ने छ । टेम्पु र नीलो माइक्रोमा यसअघि लागू भएको नौ जना मात्रै यात्रु राख्न पाइने र यात्रुको बीचमा प्लाष्टिकको छेकबार लगाउनुपर्ने व्यवस्थालाई कायम राखिएको छ ।

यसअघिको आदेशानुसार लामो दूरीका सवारी साधन मापदण्ड पालना गरेर चलाउन पाइने छ । सार्वजनिक तथा निजी ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने व्यवस्था छ । परीक्षामा भने एक कोठामा २५ भन्दा बढी राख्न नपाइने र स्वास्थ्यका सबै मापदण्ड पूर्णपालना गर्नुपर्नेछ ।


प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १८:१८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्