Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राष्ट्रियसभा बैठक : जोखिम वर्गलाई प्राथमिकताका आधारमा खोप, पब्जी जस्ता खेल बन्द गर्नुपर्ने माग 
राष्ट्रियसभा बैठक : जोखिम वर्गलाई प्राथमिकताका आधारमा खोप, पब्जी जस्ता खेल बन्द गर्नुपर्ने माग 
नेपालकागज
नेपालकागज शुक्रबार, साउन २२, २०७८

काठमाडौँ । राष्ट्रियसभाका सांसदले कोरोना सङ्क्रमणको जोखिममा परेका नागरिकलाई प्राथमिकताका आधारमा खोप दिने व्यवस्था गर्न माग गर्नुभएको छ ।

जोखिम फेरि बढेर जान थालेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न, तेस्रो लहरको कोरोनाको उपचारका लागि स्वास्थ्य संस्थामा तयारी गर्ने व्यवस्था मिलाइ हाल्न पनि सांसदले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुर्गम क्षेत्रमा लैजान पनि सांसदको माग छ । 

राष्ट्रियसभाको आजको बैठकमा सांसद तारादेवी भट्टले राष्ट्रिय गौरवका आयोनामा काम गर्ने श्रमिकलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउने व्यवस्था गर्न माग गर्नुभयो । कूल बजेटको सात प्रतिशतभन्दा बढी स्वास्थ्य क्षेत्रमा छुट्याइएको उल्लेख गर्नुहुँदै उहाँले कार्यान्वयन हुने वातावरण बनाउन माग गर्नुभयो ।

दार्चुला घटनाका दोषीलाई कारबाहीको माग गर्दै सांसद भट्टले पब्जी, फिफा, एग्रोगेसनजस्ता इन्टरनेटमा आधारित खेल बन्द गराएर बच्चाको स्वास्थ्य जोगाउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो । सांसद पर्शुराम मेघी गुरुङले कार्यसम्पादन मूल्याङ्कनमा कुनै कर्मचारी फेल नभएको उल्लेख गर्नुहुँदै सेवा प्रवाह चुस्त हुन नसकेको बताउनुभयो । उहाँले विसं २१०० सम्म मुलुकलाई समृद्ध देशका रुपमा अघि बढाउने १५ औँ योजनाको लक्ष्य पूरा गर्नुपर्नेमा जोड दिनुभयो । १५ औँ योजनाका विकासका कार्यक्रमको अनुगमन एवं मूल्याङ्कन गर्न सर्वदलीय समिति गठन गर्न पनि उहाँले माग गर्नुभयो । 

सांसद गङ्गाकुमारी बेल्वासेले रोजगारी नपाउँदा थुप्रै युवा विदेशमा जान बाध्य हुनुपरेको उल्लेख गर्नुहुँदै सम्झौतानुसारका काम नपाउँदा समस्यामा पर्ने गरेको बताउनुभयो । वैदेशिक रोजगारीमा गई अङ्गभङ्ग भएकाले उचित क्षतिपूर्ति नपाउने अवस्था रहेकाले कानूनी कारबाहीको उहाँले माग गर्नुभयो ।

सांसद कोमल वलीले केपी ओली नेतृत्वको पूर्वसरकारले ढाल्ने दलले जनताले चाहेअनुरुपका कार्यक्रम दिन नसकेको बताउनुभयो । दार्चुला घटनामा सरकारले भारतीय सरकारसँग सिधा वार्ता गर्न नसकेको बताउनुभयो । समितिमै दार्चुला घटनालाई टार्न खोजेको हो कि भन्ने लागेको बताउनुभयो । 

सांसद रामनारायण विडारीले संसद् विघटन गरेर अध्यादेशमार्फत संसदीय सुनुवाइ नगरी संवैधानिक निकायका पदाधिकारी नियुक्त गरिएको, त्यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको, सभामुखलाई सूचना नदिएकाले प्रधानन्यायाधीशबाट सुनुवाइ हुन्छ कि हुँदैन ? भनी प्रश्न गर्नुभयो । यसले अदालतको आलोचना भएको, मानवअधिकारको खिल्ली उडेको, भूमि आयोग नियमावली बनाई जग्गाको वर्गीकरण नगरी बनाएकाले वास्तविक सुकुम्वासीलाई जग्गा दिन नसक्ने भएकाले अधिकार सम्पन्न आयोग बनाउन उहाँले माग गर्नुभयो ।

सांसद प्रकाश पन्थले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले प्रदेशसभा सदस्यलाई बन्धक बनाएकाले छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गर्नुभयो । इतिहासले मोका दिएको पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले आफ्नो कार्यकालमा काम गर्न नसकी अहिले रोइलो शुरु गरेको उहाँको आरोप थियो । लालपूर्जाका लागि लालझण्डा बोक्नुपर्ने वातावरण भएकाले भूमि आयोगलाई पुनःसंरचना गरिनुपर्ने सांसद पन्थको भनाइ थियो ।

सांसदहरु डा विमला राई पौडेल, तुलसाकुमारी दाहाल, प्रमिलाकुमारी, उदया शर्मा पौडेल, सुमित्रा बिसी, भैरवसुन्दर श्रेष्ठले दार्चुला घटनाका दोषीलाई कारबाही हुनुपर्ने, कोरोना जोखिम अझै बढ्न थालेकाले खोपमा श्रमिक महिलालाई प्राथमिकता दिनुपर्ने, भूमि समस्या समाधान आयोग खारेजी गर्न नहुने र उपयुक्त ठाउँमा उपयुक्त कर्मचारीको पदस्थापन गर्नुपर्ने बताउनुभयो ।


प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  १५:४६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्