Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • शिशुलाई अनिवार्य आमाको दूध खुवाउनुपर्ने विज्ञहरुको सुझाव : कोरोना सङ्क्रमित आमाले पनि दूध खुवाउन सक्ने
शिशुलाई अनिवार्य आमाको दूध खुवाउनुपर्ने विज्ञहरुको सुझाव : कोरोना सङ्क्रमित आमाले पनि दूध खुवाउन सक्ने
नेपालकागज
नेपालकागज बुधबार, साउन २०, २०७८

काठमाडौँ । आमाको दूध बच्चालाई कम्तीमा छ महिनासम्म अनिवार्य खुवाउनुपर्ने विज्ञहरुले सुझाव दिनुभएएको छ । बच्चालाई अन्य रोगबाट बचाउन जन्मेदेखि कम्तीमा छ महिना आमाको दूधमात्र खुवाउनुपर्ने विज्ञहरुले बताउनुभएको छ । आमाको दूध नै बालबालिकाका लागि पहिलो खोप भएकाले जन्मेदेखि छ महिनासम्म अन्य कुनै खाद्य पदार्थ नखुवाई आमाको दूधमात्र खुवाउनुपर्ने हुन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पोखरेलले आमाको दूधमा जस्तो अन्यमा पोषिलो पदार्थ नभएकाले कम्तीमा छ महिनासम्म आमाको दूध खुवाउनुपर्ने बताउनुभयो । “छ महिनापछि भने अन्य पोषिलो खाद्य पदार्थसँगै दुई वर्षसम्म आमाको दूध खुवाउनुपर्दछ”, उहाँले भन्नुभयो, “यही दुई÷तीन महिनामा नै अन्य कुरा खुवाउनथाल्यो भने बच्चाको आन्द्रामा केही रोग देखा पर्न थाल्दछन् ।”

शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो, पहेँलो बिगौती दूधमा झनै पोषिलो हुने बताइएको छ । आमाको दूध बच्चाका लगि अमृत समान भएकाले शिशु जन्मेको एक घण्टाभित्र नै स्तनपान गराउनु आवश्यक रहेको उहाँले बताउनुभयो । यही साउन १७ देखि २३ गतेसम्म ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन थालिएको छ । सप्ताह कार्यक्रममा स्तनपानको महत्वबारे आमाहरूलाई जानकारी गराइँदै आएको छ ।

स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले शिशु जन्मिनेबित्तिकै दूध खुवाउनुपर्ने बताउनुभयो । उहाँले आमाको दूधबाहेक अन्य खानेकुरा शिशुका लागि पोषिलो नहुने भएकाले बच्चालाई निरन्तर दुई वर्षसम्म स्तनपान गराउनुपर्ने जानकारी दिनुभयो । “शिशु जन्मेपछि छ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक आहार आमाको दूधमा नै पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको छ महिनासम्म आमाको दूधमात्र खुवाउनुपर्दछ”, उहाँले भन्नुभयो, “बच्चा जन्मेको छ महिना पूरा भएपछि पोषिलो थप खानाका साथै कम्तीमा दुई वर्षसम्म स्तनपानलाई पनि निरन्तरता दिइनुपर्दछ ।”

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालमा पूर्ण स्तनपान गराउने सङ्ख्या ६६ प्रतिशत, शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने ५५ प्रतिशत र शिशु जन्मेदेखि दुई वर्षसम्म स्तनपान गराउने ८९ प्रतिशत छ । यसैगरी जन्मनासाथ स्तनपान गराउनुअघि १० नवजात शिशुमध्ये तीन नवजात शिशुलाई घ्यू, मह, चिनी आदि चटाउने गरेको पाइएको विभागको पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा जन्मेदेखि एक महिनासम्म आमाको दूध मात्र खुवाउने ८० प्रतिशत छ । शिशु दुईदेखि तीन महिनासम्मको हुँदा आमाको दूध मात्र खुवाउनेको सङ्ख्या घटेर ७२ प्रतिशत पुगेको छ । उहाँले नेपालमा शिशुलाई कहिल्यै पनि स्तनपान नगराउने सङ्ख्या एक प्रतिशत मात्र रहेको बताउनुभयो ।

पोषण शाखा प्रमुख पराजुलीले शिशुलाई स्तनपान गराउन सार्वजनिक ठाउँमा  स्तनपान कक्ष निर्माणलाई पनि प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार ३०० स्थानीय तहले स्तनपान केन्द्र स्थापना गरिसकेका छन् ।

आमाको दूध पहिलो खोप

आमाको दूधलाई पहिलो खोपका रूपमा लिइएको छ । दूधले विभिन्न रोगसँग लड्न क्षमता बनाउने भएकाले आमाको दूधलाई पहिलो खोपका रूपमा लिइएको परिवार कल्याण महाशाखाका निर्देशक डा पोखरेलले जानकारी दिनुभयो ।

शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो, पहेँलो बिगौती दूधमा रोगसँग लड्न एक प्रकारको प्रतिरोधात्मक तत्व रहेको हुन्छ । त्यसले शिशुलाई सङ्क्रामक रोग लाग्नबाट बचाउने हुनाले स्तनपानलाई पहिलो खोपका रूपमा लिइन्छ । “आमाको पोषिलो दूधले रोगविरुद्ध लड्ने क्षमता विकास गरेको हुन्छ”, उहाँले भन्नुभयो, “त्यसैले कुनै रोगसँग लड्नका लागि पहिलो खोप नै आमाको दूध हो ।”

यस्तै जनस्वास्थ्यविद् दीपेन्द्ररमण सिंहले पनि आमाको दूधमा जस्तो पौष्टिक पदार्थ अन्य कुनै पदार्थ नपाइने भएकाले आमाको दूधलाई पहिलो खोपका रूपमा लिइएको बताउनुभयो । “आमाको शरीरले रोगसँग लड्न क्षमता बनाएको हुन्छ”, उहाँले भन्नुभयो, “आमाको दूध बच्चाले खाँदा त्यही रोगसँग लड्न सक्ने क्षमता प्राप्त हुन्छ ।”

यस्तै मन्त्रालयका प्रवक्ता डा पौडेलले आमाको दूधले बच्चालाई अन्य रोगसँग लड्ने क्षमता विकास गर्ने बताउनुभयो । शिशु जन्मेपछि जतिसक्दो चाँडो एक घण्टाभित्रमा उसलाई आमाको बिगौती दूध अनिवार्य खुवाउनुपर्ने उहाँ बताउनुहुन्छ । “आमाको बिगौती दूधले भविष्यमा बालबालिकालाई विभिन्न प्रकारका रोगको जोखिमबाट टाढा राख्दछ”, उहाँले भन्नुभयो । आमाको दूधले बाल मृत्युदर घटाउनाका साथै आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने गर्दछ । मन्त्रालयले आमाको दूधको सट्टा बट्टा र गाई भैँसीको दूध पनि नखुवाउन आग्रह गरेको छ ।

बट्टाको दूध सेवन गर्ने शिशुमा रोगसँग लड्ने क्षमताको कमी हुँदै भविष्यमा कुपोषण मात्र नभएर मोटोपना, मधुमेहलगायतका रोग लाग्न सक्ने अध्ययनले देखाएको पोषण शाखा प्रमुख पराजुलीले जानकारी दिनुभयो । बट्टाको दूध सेवन गर्नेभन्दा  स्तनपान गर्ने शिशुको बौद्धिक शक्तिको विकास राम्रो भएको पाइन्छ । छ महिनासम्म आमाको दूधमात्र खवाउँदा बाल मृत्युदर १३ प्रतिशतले कमी ल्याउन सकिने अध्ययनले देखाएको छ ।

‘ह्युमन मिल्क बैंक’

मन्त्रालयले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा यस वर्ष ‘ह्युमन मिल्क बैक’ स्थापना गर्ने भएको छ । आमाको दूध सङ्कलन गरी शिशुलाई खुवाउनका लागि बैंक स्थापना गर्न थालिएको हो ।

पोषण शाखा प्रमुख पराजुलीले बढी दूध आउने आमाबाट सङ्कलन गरेर शिशुलाई खुवाइने बताउनुभयो । “आमाले आफ्नो बच्चाभन्दा बढी दूध आउने इच्छुक आमाले बैंकमा गएर दूध दिनेछन्”, उहाँले भन्नुभयो, “यसरी सङ्कलन भएको दूध आमाको दूध नआउने बच्चालाई दिइने छ ।” उहाँले बैंकका लागि विभागले रु एक करोड विनियोजन गरिएको जानकारी दिनुभयो ।

विश्वमा स्तनपानको अभ्यास सुधार गरिएमा वार्षिक विश्वभर आठ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिने र रु ३०० अर्ब बचाउन सकिने अध्ययनले देखाएको छ । 

कोरोना सङ्क्रमित आमाले पनि दूध खुवाउन सक्ने

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा निर्देशक रोशन तुईतुईले कोभिड–१९ को सङ्क्रमण देखिएमा जनस्वास्थ्यका मापदण्ड अपनाएर स्तनपान गराउनुपर्ने बताउनुभयो । उहाँले शिशुलाई स्तनपान गराउनुअघि साबुनपानी वा स्यानिटाइजरले हात धुनुपर्ने र मास्क लगाउनुपर्ने जानकारी दिनुभयो । उहाँले आमाको अवस्था गम्भीर भए दूध निचोरेर सफा भाँडामा राखेर चम्चाबाट खुवाउन आग्रह गर्नुभयो ।

उहाँले आमाको दूध राम्रो आउनका लागि गर्भावस्थादेखि नै तयारी थाल्नुपर्ने बताउनुभयो । उहाँका अनुसार शारीरिक, मानसिक, परिवारको साथ सहयोग ठूलो आधार हुन्छ । प्रोल्याक्टिन र अक्सिटोसिन हर्मोनको दूध बनाउने मुख्म भूमिका रहेकाले गर्भावस्थादेखि नै दूध बनाउने तयारी आमाले गर्नुपर्ने उहाँको भनाइ छ ।
 


प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १५:४२
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्