Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • सम्पदाको संरक्षण अभियानमा संचारकर्मीद्वय आचार्य र अधिकारी : ताराताल संरक्षण गर्नु पर्नेमा जोड
सम्पदाको संरक्षण अभियानमा संचारकर्मीद्वय आचार्य र अधिकारी : ताराताल संरक्षण गर्नु पर्नेमा जोड
हरि गुरुङ
हरि गुरुङ बुधबार, साउन २०, २०७८

 बर्दिया । बर्दिया जिल्लाका दुई चिर-परिचित संचारकर्मी भिन्न तर समाजलाइ अत्यावश्यक रहेको एक अलग अभियानमा लाग्नुभएको छ । संचारकर्मीद्वय दुर्गा आचार्य र बिष्णु अधिकारी प्राकृतिक र पुरातात्त्विक सम्पदाको संरक्षण अभियानमा लाग्नुभएको छ ।

संचारकर्मीद्वय आचार्य र अधिकारी प्राकृतिक र पुरातात्विक महत्वले भरिपूर्ण रहेका तर लुकेका, नचिनिएका र जनमानस बिचमा आउन नसकेका मठ मन्दिर, ताल तलैया तथा ऐतिहासिक महत्व बोकेका स्थलहरुको भ्रमण गर्दै संरक्षणमा सम्बन्धित निकायलाई घचघच्याउने अभियानमा लाग्नुभएको छ ।

उहाँहरुले साईक्लिङ्गका माध्यमबाट जिल्लाका बिभिन्न महत्वपूर्ण ठाउँँहरुको अवलोकन भ्रमण गरिसक्नुभएको छ । संचारकर्मीद्वय भन्नुहुन्छ, " हामीले अभियान शुरु गरेको २ बर्ष भयो । यो अभियान शुरु गर्नुको प्रमुख उदेश्य प्रकृती, तथा पुरातात्विक बस्तुको संरक्षण हुनुपर्छ भन्ने हो । अभियानका माध्यबाट साईक्लिङ्ग गर्दा शारिरीक स्वास्थ्य राम्रो हुने साथै लुकेर रहेका चिजहरुका बारेमा जनमानसमा पु¥याउदाँ छुट्टै आनन्द आउने गर्दछ ।"

संचारकर्मीद्वय दुर्गा आचार्य र बिष्णु अधिकारीसंग गरिएको संक्षिप्त कुराकानी

हामीले अभियान शुरु गरेको २ बर्ष भयो । यो अभियान शुरु गर्नुको प्रमुख उद्देश्य प्रकृती, तथा पुरातात्विक बस्तुको संरक्षण हुनुपर्छ भन्ने हो । अभियानका माध्यबाट साईक्लिङ्ग गर्दा शारिरीक स्वस्थताका साथै लुकेर रहेका चिजहरुका बारेमा जनमानसमा पु¥याउदाँ छुट्टै आनन्द समेत आउने गर्दछ । 

तारातालको पोखरी आज भन्दा १ बर्ष अघि हामी पुग्दा तालमा पानि रहेको थियो । पोखरीको किनारमा रहेको ठुलो पिपलको बोट तल बस्ने स्टिलको बेन्च थियो तर हामी २ दिन अघि जाँदा ताल सुकेको, तालमा घास उम्रेको, जताततै फोहोर फालिएको थियो, लाग्छ की त्यो कुनै डम्पिङ्ग साईट हो । हामी साह्रै भावविह्ल भयौ ।

हामीलाई आभास भयो जस्को नामले ताराताल बजार चिनिन्छ आज त्यो 'ताराताल'(पोखरी) नै हराउदै छ । नगरपालिकाको गहनाको रुपमा चिनिएका ताल संरक्षणका लागि गुरुयोजना बनाएर जतिसक्दो चाडो काम सम्पन्न गर्नुपर्छ पुरानै संरचनामा तालको पुननिर्माण हुनुपर्छ ताकि भोलीका सन्ततीले तारा खसेको ठाउँ भनि गर्व गर्न सकुन ।

हामीले हालसम्म गुलरिया नगरपालिका वडा नं. १ मा रहेको पर्वतीया मन्दिर, मधुवनमा अवस्थित ताराताल, बारबर्दिया र मधुवन जोड्ने झुलुङ्गे पुल, कुसुम्बा देवि मन्दिर, मधुवन ८ मा अवस्थित देउती बज्यै, लठुवा घाट पुल, मधुवनमा अवस्थित लठुवा घाट नजिकमा रहेको शिव तथा रामजानकी मन्दिर, बारबर्दियामा अवस्थित थारु संग्रहालय, सदाशिव मन्दिर, कुम्भर पार्क लगाएत बढैयातालमा अवस्थित वडा नं. ७ बकोटियामा रहेको पुरातात्विक शिव मन्दिरको भ्रमण गरिसकेका छौँ ।

बकोटियामा रहेको पुरातात्विक शिव मन्दिर कसले कहिले बनाएको भन्ने आज सम्म पनि पत्ता लाग्न सकेको छैन, यस् मन्दिरको चारै कुनामा रहेको सानो गजुर घाम लाग्दा हरियो रातो तथा विभिन्न रंगमा आज पनि टल्किरहन्छ । 

साथै बढैयाताल गाउँपालिकामा अवस्थित बढैयाताल, बाँसगढीको केदारेश्वर धाम लगाएत बर्दियाको कोठियाघाटमा अवस्थित कोटिहोम भएको स्थान, कोठियाघाट पुल लगाएत प्राकृतिक दोहन भएका क्षेत्रको बारेमा साइकलको माध्यमबाट त्यहाँका स्थानीयहरुसंग जानकारी लिएर हामीले हाम्रा साथीहरुका माझ पस्कने गरेका छौं ।

हामी कलासंस्कृती, भेषभुषा, धार्मिक पर्यटन क्षेत्र, पुरातात्विक बस्तु संरक्षण जस्ता अभियानमा लागेका छौँ । साइकल चलाउदै जाँदा थकाई लागे पछि विश्राम गर्दा हामीले छलफल गर्यौँ र यो अभियानको सुरुवात गर्यौँ ।

यसको प्रेरणाको स्रोत हामी आफै र हाम्रो धार्मिक, ऐतिहासिक तथा पर्यापर्यटन ले जागरुक गराएको हो । देशलाई चिन्न र चिनाउन छ भने सुरुमा हाम्रै जिल्लाको इतिहास थाह पाउनु पर्छ भन्ने सोँचले अभियान सुरु गरेका हौँ ।


 
यहाँ बसेर ठुला ठुला गफ हाँक्न सजिलो हुने रहेछ तर जे हुने रहेछ बाहिर हुने रहेछ जब हामी बर्दियाका दुरदराजमा भएका गतिविधिका बारेमा केहि जानकारी राख्नुपर्छ भन्ने पवित्र उदेश्यले लठुवाघाट देखि ठुला पर्वत श्रृंखला सम्म नदिजन्य पदार्थ दोहन भएको देखियो बल्ल हामीलाई थाहा भयो बर्दियामा नदिले किन वितण्डा मचाउछ भन्ने ।

बाढि आएर बर्दियामा वितण्डा मचायो भने यस्को सम्पुर्ण जिम्मेवारी जिल्लाको प्रशासनिक संयन्त्रको हुन्छ । हामीले जे देख्यौ बर्दियाबासीको नाताले जानकारी दिनु हाम्रो कर्तव्य र दायित्व पनि हो । साईकलकै माध्यमबाट मेची देखि महाकालीसम्म यात्रा गरि बर्दियालाई चिनाउने लक्ष्य हाम्रो रहेको छ ।

संचारकर्मीद्वय दुर्गा आचार्य र बिष्णु अधिकारीसंगको कुराकानी पश्चात हामीले ताराताल संरक्षणमा स्थानिय निकायले के-कस्ता काम गरेको छ, संरक्षणका योजनाहरु के हुन र ताराताल संरक्षणमा के कती बजेट छुट्टाइएको छ र कती खर्च भएको छ भन्दै मधुवन नगरपालिका वडा नं ७ का वडा अध्यक्ष राजेन्द्र हमालसंग कुराकानी गरेका थियौँ । 

ताराताल मधुवन नगरपालिका वडा नं ७ मा अवस्थित छ । बुढापाकाहरुका अनुसार तारातालको निर्माण आकासको तारा खसेर भएको हो भन्ने भनाई रहेको छ । करिव २ बिगाहा क्षेत्रफलमा फैलिएको तालको जलाशयको परिधि १ हजार २० फिट रहेको छ । यसले चर्चेको जग्गा कुल क्षेत्रफल उत्तर दक्षिण पश्चिम मोहोडा ७० मिटर र पुर्वी मोहडा १ सय ३५ मिटर र पुर्व पश्चिम तर्फ १ सय ४२ मिटर रहेको छ । 

वडा अध्यक्ष राजेन्द्र हमाल

ताराताल पोखरीलाई पर्यटकिय क्षेत्रका रुपमा बिकास गर्ने हाम्रो योजना रहेको छ । मधुवन नगरपालिकाको शानको रुपमा पर्यटकिय स्थल बनाउन मधुवन नगरपालिकाले डिपिआर(DPR) तयार गरेको छ ।

पर्यटन विकास क्षेत्र कार्यक्रम बाट ३० लाख रुपैयाँ बराबरको बजेट आएको थियो तर कोरोना महामारीले गर्दा कार्यक्रम गर्न नसक्दा फिर्ता भएको छ भने नगरपालिकाले तयार पारेको डिपिआर(DPR) अनुसार कार्यक्रम गर्ने योजना बनाएका छौँ ।

वडा कार्यालयको योजना अनुसार ताराताल पोखरीमा पानीको फोहरा राख्ने कार्यक्रम अन्तिम चरणमा पुगेको छ, माटो पटानी गरेर ताराताल पोखरीलाई तारा आकार दिने काम अगाडि बढाएका छौँ भने पहिले हिन्दुधर्मावलम्बी दिदिबहिनीले शिब रात्रिमा पुजा आजा गर्ने भएकाले ताराताल पोखरीको बीचमा शिब मन्दिर बनाउने योजना रहेको छ ।

तत्कालका लागि ताल छेउमा एउटा सानो मन्दिर बनाएका छौं । यस ताराताल पोखरी संरक्षणका लागी स्थानीय समुदायलाई सचेत गराएका छौं । समुदायलाई पर्यटनका लागी विकास गर्नुपर्छ, परिआएको बेला सबै स्थानीय समुदायले हातमा हात, काँधमा काँध मिलाएर वडालाई सहयोग गर्नुपर्छ ।

यो हामी सबैको साझा सम्पत्ति हो हामी सबै मिलि संरक्षण गर्नुपर्छ । पत्रकारद्वय आचार्य र अधिकारीलाइ धन्यवाद दिन्छु । उहाँहरुले ताल संरक्षण गर्नुपर्छ भन्ने पवित्र उदेश्यका साथ हामीहरुको ध्यानाकर्षण गराइदिनुभएको छ ।

यही पत्रीका मार्फत जानकारी गराउन चाहन्छु कि आगामी दिनमा अँझै व्यवस्थित र पारदर्शी तरीकाले ताल संरक्षण गर्नेमा लाग्नेछौँ र यस्लाई नयाँँ उचाइ दिनेछौँ । बर्दिया जिल्लाका सम्पूर्ण संचारकर्मीहरुको यस्मा सहयोग रहेन छ भन्ने विश्वास लिएको छु ।


प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १३:२३
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्