Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रतिनिधिसभा बैठक : विपद्लाई आँकलन गर्न नसके आगामी दशक भयावह हुनसक्ने सांसदहरुको भनाइ
प्रतिनिधिसभा बैठक : विपद्लाई आँकलन गर्न नसके आगामी दशक भयावह हुनसक्ने सांसदहरुको भनाइ
नेपालकागज
नेपालकागज शुक्रबार, साउन १५, २०७८

काठमाडौँ । प्रतिनिनिसधाका सांसदले विपद्को जोखिमलाई आँकलन गर्न नसके आगामी दशक भयावह हुने बताउनुभएको छ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेले बेलैमा जोखिम रोक्नतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

उहाँले पानीको भण्डारले चुरे अत्यन्त जोखिममा रहेकाले त्यसका कारण अन्नको आधार तराई क्षेत्र पनि खतरामा परेको बताउनुभयो ।“चुरेको जोखिमलाई आँकलन गर्न नसके आउँदा १० वर्षमा अवस्था भयावह हुनेछ”, उहाँले भन्नुभयो । 

क्षति न्यूनिकरण, वातावरण संरक्षण तथा जोखिम रोक्ने सवालमा विभिन्न दश बँुदा प्रस्तुत गर्दै पोखरेलले हरित अभियान चलाउन पनि सरकार तथा अन्य निकायसँग अनुरोध गर्नुभयो ।

उहाँले यसपाली मनाङ र मेलम्चीमा ठूलो मनसुनजन्य घटना आएकाले प्रभावितको पुनःस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो। 

विकास निर्माणका कार्य कम मूल्यमा बन्नुपर्ने हुँदा जोखिम क्षेत्रमा नै बन्ने गरेको र अधिकांश विकासका पुर्वाधार पनि नदी किनारमा रहेको दृष्टान्त प्रस्तुत गर्दै उहाँले नदीको तटीय क्षेत्र सुरक्षित बनाउन नसक्दा घर तथा कृषियोग्य जमिन बगरमा परिणत हुने गरेको यथार्थ प्रस्तुत गर्नुभयो ।

उहाँले नदीका लागि आवश्यक बगर र हरित क्षेत्र छाड्न पनि आग्रह गर्नुभयो । राजमार्ग र जलविद्युत् आयोजनाका पुर्वाधार जोगाउन उहाँले ध्यानाकर्षण गराउनुभयो ।

सांसद महेश्वरजङ गहतराजले राप्ती नदीको बाढीले अत्यधिक क्षति पु¥याएको भन्दै तटबन्ध निर्माणमा ध्यान दिन सरकारसँग माग गर्नुभयो । 

किसानलाई मल अभाव भएकाले सरकारले समयमै उपलब्ध गराउन पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले नागरिकलाई कोभिडविरुद्धको खोप लगाउन ध्यानाकर्षण गराउँदै मनसुनजन्य विपद्लगायत नागरिकले दैनिक भोग्नु परेका समस्या समाधानमा प्राथमिकता दिन सरकारसँग आग्रह गर्नुभयो। 

उहाँले सत्ताधारी पंक्तिबाट आइरहेको निरासातर्फ प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण पनि गराउनुभयो ।

उहाँले एमसिसीतर्फ सङ्केत गर्दै भन्नुभयो, “भारत, चीन, अमेरिकाप्रति पहिले हाम्री साझा दृष्टिकोण बनाउँ अनि कुन सम्झौता खारेज गर्ने, कुन राख्ने कुन नराख्ने भन्ने हुन्छ ।” गणतन्त्र आइसक्दा पनि साझा विदेश नीति बनाउन नसक्नु विडम्बना भएको उहाँको भनाइ थियो ।

उहाँले विगतको एक दशक कसरी बित्यो भन्ने कुरा नभुल्न र सर्वाेच्चको फैसलामा रमाउने काम नगर्न पनि नेताहरुलाई सुझाव दिनुभयो । 

कोभिड नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेकाले अझै थप शक्तिशाली बनाउन उहाँले आग्रह गर्नुभयो । सांसद रङ्गमती शाहीले कोरोना नियन्त्रणका लागि सरकारले यथाशक्य कदम चाल्नुपर्ने बताउनुभयो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का कृष्णभक्त पोखरेलले भूमिहिनका समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयो । अघिल्लो सरकारले भूमिहिनका समस्याबारे चालेका कदमलाई वर्तमान सरकारले निरन्तरता दिनुपर्नेमा उहाँको जोड दिनुभयो ।

जनता समाजवादी पार्टी (जसपा) का डा सुरेन्द्रप्रसाद यादवले विगतमा कोरोना प्रभावित भएका र नभएकालाई एउटै अस्पतालमा उपचार गराउँदा जटिलता उत्पन्न भएको उल्लेख गर्दै अबका दिनमा सो गल्ती दोहो¥याउन नहुनेमा जोड दिनुभयो ।

सांसद रेणुका गुरुङले कोरोना सङ्क्रमित बढ्दै गएकाले त्यसको रोकथामका लागि सरकारले पहल गरोस् भनेर माग राख्नुभयो।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले सरकारले स्वास्थ्य र शिक्षा निःशुल्क गर्नुपर्नेमा जोड दिँदै कोरोनाविरुद्धको खोप सुनिश्चत गर्न माग गर्नुभयो ।


प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १६:५६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्