Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • कृषिमा भविश्य खोज्दै दाङका डिग्री पढेका युवा   
कृषिमा भविश्य खोज्दै दाङका डिग्री पढेका युवा   
शिव राज खनाल
शिव राज खनाल बुधबार, साउन १३, २०७८

दाङ । पछिल्लो समय नेपालमा कृषि तथा पसुपालन क्षेत्र बिस्तारै ओझेलमा पर्दै गएको बेला दाङको लमही नगरपालिका वडा नंवर – ५ निवसी नवराज सुबेदि कृषिमा आफ्नो  भबिष्य खोजीमा लाग्नुभएको छ ।

उहाँ लमहीमा रहेको रेडियो देउखुरीमा लामो समय पत्रकारिता गरे पश्चात् पढाइको सिलसिलामा काठमाडौँ पुग्नुभयो । आठ वर्ष जति समय काठमाडौँमै बिताएर पढाइ मा मास्टर्स सकेर उहाँ घरमा फर्कनुभयो । उहाँ जागिर खोज्ने ध्याउन्नमा लाग्नुभएन ।

मान्छे सफलहुन जागिरबाट मात्रै नभएर उद्यम क्षेत्रबाट पनि सफल हुन सकिन्छ भन्ने उदेश्यले कृषि फमको सुरुवात गरेको उहाँ सुनाउनुहुन्छ । "मान्छे सफल हुने भन्नुनै आर्थिक रुपमा सबल हुनु हो त्यसैले उद्यम क्ष्रेत्र मेरो रोजाइमा पर्यो" - सुबेदीले भन्नुभयो ।  

अहिले उहाँले २ करोड लगानी लगाएर साढे सात बिगाह जग्गा वार्षिक ४ लाख तिर्ने गरि भाडामा लिएर कृषि कर्म गरिरहनु भएको छ । 
कृषि पेसामा रमाउन पाउँदा उहाँ हर्षित मात्र नभएर आत्मसन्तुष्ट भएको कुरा बताउनुहुन्छ ।

बढ्दो सहरीकरणका कारण जग्गा भाडामा लिएर हाँस, कुखुरा, माछा, केरा लगायतका व्यावसायिक खेती गरी रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ उहाँ कृषिमा सक्रिय हुनुहुन्छ । स्वर्गद्वारी एकीकृत कृषि फर्ममार्फत सुबेदिले उक्त योजना अघि बढाइरहनुभएको छ । 

बाँझो रहेको जग्गामा व्यवसायिक कृषि गरी बढ्दै गरेको बेरोजगारीलाई कम गर्ने लक्ष्य रहेको फर्म सञ्चालक सुवेदी सुनाउनुहुन्छ । हाल उहाँसंग ५ जना कर्मचारी समेत रहेका छ्न ।

फर्ममा उत्पादन भएका माछा बजारीकरणका लागि दाङसंग सटेका जिल्लाहरुमा पठाउने गरेको सुबेदी बताउनुहुन्छ ।

परिश्रम गरे विदेश पनि जानुपर्दैन, जागिर नै गर्नु पर्ने भन्ने पनि छैन अन्य व्यवसायबाट पनि कमाउन सकिन्छ र राज्यले अनुदान, सहुलियत, उचित बजारीकरण, भौतिक पूर्वाधार बनाइदिए कृषि पेसामा लागेका युवाहरुलाई धेरै राहत मिल्ने उहाँको भनाइ छ ।

पछिल्लो समय कृषि पेशामा  नयाँ सोच र नयाँ प्रबिधि भित्रिएकोले उचित बजार व्यवस्था र कृषि व्यवसायमा लाग्न खोजेका युवाहरूको लागि केही सहुलियत उपलब्ध गराइदिए आत्मनिर्भर बन्न सजिलो हुने सुबेदीको बुझाई छ ।

अहिले उहाँको फर्ममा रहेका ७ वटा पोखरीमा ३ प्रजातीका माछा तथा कडकनाथ र लोकल गरि २ प्रजातीका कुखुरा र केरा रहेकाछन । 
 
सरकारले भूमिहीन किसान, मुक्तकमैया, स्थानीयस्तरका कृषक र कृषि क्षेत्रमा आकर्षित युवालाई लक्षित गरी अनुदानका विभिन्न कार्यक्रम सञ्चालन गरेतापनि वास्तवइक किसानको हातमा भने पसिना बाहेक अरु केही परेको छैन ।

वितरण प्रणालीमा पारदर्शीता तथा स्थानीय सरकारले कृषिका लागी नयाँ कार्यक्रमहरु अघि सारे मात्रै कृषि क्षेत्रमा युवाहरुलाई आकर्षण गर्न सकिन्छ । यसतर्फ सम्बन्धित निकायको अविलम्ब ध्यान जानु पर्ने देखिन्छ ।


प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १२:५४
#दाङ
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्