Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • मेन्था तेलको मुल्य घटेपछि बर्दियाका किसान चिन्तित  
मेन्था तेलको मुल्य घटेपछि बर्दियाका किसान चिन्तित  
हरि गुरुङ
हरि गुरुङ बिहीबार, साउन ७, २०७८

बर्दिया । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड -१९ को पहिलो र दोस्रो लहर देखी लकडाउनका कारणले देशको अर्थतन्त्रमा धेरै असर गरेको छ । 

लकडाउनले मेन्था खेती गरि आय-आर्जन गरि घरपरिवार चलाउदै आउनुभएका किसानहरु उत्पादित मेन्था तेल उचित मुल्यमा बिक्री नहुँदा दुखी हुनुभएको छ । 

मेन्था तुल्सि परिवारको एक प्रकारको सुगन्धित जडिबुटी हो । जिल्लाको मधुवन नगरपालिका वडा नं.-१ भित्र १५ बिगाहा ५ कठ्ठामा ६३ जना किसानले मेन्था खेति गर्नुभएको छ । 

एक सर्भे अनुसार १ कठ्ठामा ३ हजार ९ सय ८५ रुपैयाँँ लगानी हुन्छ भने उत्पादन आम्दानी ६ हजार आउछ र खुद नाफा २ हजार हुन्छ ।

किसानहरुले उत्पादन गरेका मेन्था तेल शिव वहुउदेश्यीय सहकारी संस्था लि.मधुवन नगरपालिका वडा नं.- १ ले व्यापारीसंग समन्वय गरि बिक्री गर्ने गरेको सहकारी संस्थाका अध्यक्ष तथा मेन्था प्राविधिक राम बहादुर थापाले जानकारी दिनुभयो । 

मेन्था खेती पुस माघमा लगाउने नगदे बाली हो  । चार महिनामा तयार हुने मेन्था खेतीलाई बैकल्पिक खेतीको रूपमा लिइन्छ । 

पशुचौपाया, जंगली जनावरले नखाने हुँदा र किरा फ्ट्याङ्ग्रा समेत नलाग्ने हुँदा यहाँका किसानहरु मेन्था खेती तर्फ आकर्षित हुनुभएको हो ।

मेन्था कृषक बृजालाल थारु

"लकडाउनले गर्दा हामी कृषक मर्कामा परेका छौँ । १३ कठ्ठामा मेन्था खेती गर्दै आएको छु, दुई वर्षसम्म भएको लगातारको लकडाउनले गर्दा मेन्था तेलको दर-रेट घटेकाले दुखी भएको छु ।" मेन्था खेति २३ वर्षदेखि गर्दै आउनु भएका कृषक बृजालाल थारु भन्नु हुन्छ, "पहिले प्रति किलो २ हजार ५ सय रुपैयाँँमा बिक्री हुन्थ्यो भने लकडाउन भएपछि अहिले १ हजार ५ सय रुपैयाँँमा बेच्न बाध्य छौँ । मेन्था खेती कृषकलाई सरकारले उचित बजार व्यवस्थापन गरिदिएको भए अझ राम्रो हुन्थ्यो र हामी उत्साही हुने थियौँ । मेन्था खेतीबाट राम्रो आम्दानी हुने गरेको छ । धान, गहुँ भन्दा बढि आम्दानी हुने गरेको छ । यसको आम्दानीबाट मैले छोरीलाई ब्याचलर पढाईरहेको छु ।" 

कृषक बृजालाल थारु अगाडि भन्नुहुन्छ, "एक बिगाहा खेत किनेको छु, मेन्था पेल्ने टंकि किनेको छु र ५ जना परिवार राम्रोसँग पालिएका छौँ ।"

मेन्था कृषक राम रतन थारु

अर्का मेन्था कृषक राम रतन थारु भन्नुहुन्छ, "मैले ५ बर्षदेखि खेति गर्दै आईरहेको छु, राम्रो आम्दानी पनि छ । मेन्था खेतीबाट र अन्य खेतिबाट १४ परिवार पालिरहेको छु तर लकडाउनले गर्दा पोहर सालदेखि मेन्थाको तेलको भाउ घटेकोले मर्कामा परेको छु । सरकारले हामी जडिबुटी खेति गर्ने किसानको मर्म बुझिदिए हुन्थ्यो ।" 

मेन्था कृषक छुनुवा थारु

अर्का मेन्था कृषक छुनुवा थारु भन्नुहुन्छ, "यो खेति धेरै राम्रो छ । न पशुचौपाया न जंगली जनावरले खाने आम्दानी राम्रो हुने मैले ४ कठ्ठा लगाएको मेन्थाले मैले ४ जना पालिरहेको छु, छोराछोरी  पढएको छु । ११ बर्षदेखि मेन्था खेती गर्दै आएको छु र सन्तुष्ट छु । मेरो दुखेसो भनेको लकडाउनले गर्दा मेन्था तेलको दररेट तलमाथि हुने गरेकोले मन दुख्छ ।"

शिव वहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष तथा मेन्था प्राविधिक राम बहादुर थापा 

मेन्था खेतीबाट धानबाली र गहुँबाली भन्दा राम्रो आम्दानी हुने गरेको सहकारी संस्थाका अध्यक्ष तथा मेन्था प्राविधिक राम बहादुर थापा बताउनु हुन्छ । मेन्था तेलको बजार भाउमा आउने उतारचढावका कारण धेरै किसानहरुले मेन्था खेती छोडिसकेका छन । सरकारले किसानलाई बजारीकरणको लागि सहजीकरण गरिदिने हो भने बिचौलियाको चलखेल हट्ने र मेन्था खेती दिगो हुने सहकारी संस्थाका अध्यक्ष तथा मेन्था प्राविधिक थापा बताउनु हुन्छ ।


प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १०:३०
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्