Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • ‘निषेधाज्ञा मात्रै खुकुलिएको हो, कोरोना सङ्क्रमण घटेको छैन’
‘निषेधाज्ञा मात्रै खुकुलिएको हो, कोरोना सङ्क्रमण घटेको छैन’
नेपालकागज
नेपालकागज आइतबार, साउन ३, २०७८

पाँचथर । कोरोना भाइरस सङ्क्रमणको जालो तोड्न भन्दै जारी गरिएको निषेधाज्ञा पाँचथरमा विगत ६८ दिनदेखि निरन्तर छ । हालसम्म नौपटक थप गरी निषेधाज्ञालाई निरन्तरता दिइए पनि कोरोना सङ्क्रमण भने घट्न सकेको छैन ।

यति लामो समयको निषेधाज्ञामा पनि सङ्क्रमण दर ३० प्रतिशतभन्दा कम हुनसकेको छैन भने सङ्क्रमण फैलावट नयाँ–नयाँ क्षेत्रमा पुगिरहेको छ ।

लामो समयदेखिको निषेधाज्ञा र सरकारी प्रयासले समेत सङ्क्रमण घट्न नसकेको प्रति यहाँका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

अठसठ्ठी दिनदेखि निषेधाज्ञा जारी गरिएको भए पनि यसबीचमा एक साता मात्रै कडाइका साथ निषेधाज्ञा लागू भयो । बाँकी अवधिमा भने मानवीय गतिविधि, सवारी साधन सञ्चालनमा कडाइ हुन सकेन । फलतः पाँचथरमा कोरोना सङ्क्रमण दर कम हुनसकेको छैन ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको तथ्याङ्कअनुसार शुक्रबार ८७ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा सङ्क्रमण देखियो । बिहीबार २६ जनाको एन्टिजेन परीक्षणमा १४ जनामा रिपोर्ट पोजेटिभ आएको थियो ।

यस्तै बुधबार ४९ जनाको एन्टिजेन परीक्षणमा २६, मङ्गलबार ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ३१, सोमबार ४५ जनाको एन्टिजेन परीक्षण गर्दा २१, आइतबार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

यसरी समग्रमा यस हप्ता ३२३ जनाको एन्टिजेन परीक्षण गर्दा १२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । यो तथ्याङ्कलाई आधार मान्दा अहिले पाँचथर जिल्लामा कोरोना भाइरस सङ्क्रमणको दर ३९.६२ प्रतिशत देखिन्छ ।

समग्र मुलुकभरिमा सङ्क्रमण दर ३० प्रतिशतभन्दा कममा खुम्चिएको अवस्थामा पाँचथरमा सङ्क्रमण दर ४० प्रतिशतको हाराहारीबाट घट्न नसकेको हो ।

स्वास्थ्य कार्यालय पाँचथरका अनुसार पाँचथरमा गत वैशाख १८ गतेदेखि गत शुक्रबारसम्म छ हजार ८९७ वटा एन्टिजेन र एक हजार ११० वटा पिसिआर गरी कूल आठ हजार सातवटा परीक्षण गरिएको छ ।

सोमध्ये कूल दुई हजार ५१४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यो तथ्याङ्कअनुसार जिल्लामा हालसम्म परीक्षण भएकामध्ये ३६.४५ प्रतिशतमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

यस्तै कोरोना सङ्क्रमणका कारण हालसम्म जिल्लामा ४३ जनाको मृत्यु भएको छ ।

जिल्लामा सङ्क्रमणको अवस्था चुनौतीपूर्ण रहे पनि समुदायस्तरबाट सजगताको अवस्था निकै कमजोर छ । यहाँ पछिल्लो दुई सातादेखि निषेधाज्ञा नाम मात्रैको छ ।

मानवीय चहलपहल, सवारी आवागमन, भीडभाड हुने क्षेत्र प्रायः खुला छ । निषेधाज्ञामा बिहान ५ बजेदेखि मध्याह्न १ बजेसम्म भीडभाड हुने स्थानबाहेक अन्य सेवा सञ्चालन गर्ने भनिए पनि त्यसको पालना हुनसकेको छैन ।

स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो पारे पनि सङ्क्रमणदर नघटेकातर्फ सर्वसाधारणको ध्यान पुग्न नसक्दा सङ्क्रमण झनै फैलने खतरा देखिएको हो ।

निषेधाज्ञा खुकुलो हुनेबित्तिकै स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न छाड्ने तथा सङ्क्रमण हटेको बुझ्ने प्रवृत्तिले समस्या बढाउँदै लगेको हो । लापरवाहीको परिणाम व्यवहारमा देखिन थालिसकेको छ ।

तमोर तटीय क्षेत्रमा पर्ने जिल्लाको कुम्मायक गाउँपालिका–५ स्याबरुम्बाको तीनघरे र निगाले टोलमा बिहीबार र शुक्रबार मात्रै ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अन्यत्रजस्तै यहाँ पनि टोलका अधिकांश घरमा सङ्क्रमित फेला पर्न थालेका हुन् । जिल्लाको हिलिहाङ गाउँपालिका–३ गोपेटारमा गएका चार दिनमा ३० जनामा तथा हिलिहाङ–६ भारपामा शनिबार मात्रै छ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

“सङ्क्रमणको अवस्थालाई नियन्त्रण गर्न जिल्लावासीको सबैभन्दा ठूलो भूमिका छ”, प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले भन्नुभयो, “सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरिदिए मात्रै सहज हुन्छ ।”

उपचारात्मक व्यवस्थालाई संवद्र्धन गर्न सरकारी तथा गैरसरकारी निकायले भरमग्दुर प्रयत्न गर्दै आएको उल्लेख गर्दै प्रजिअ ढकालले नागरिकस्तरबाट समेत महामारी नियन्त्रणको अभियानमा उत्तिकै सहयोग हुनुपर्ने बताउनुभयो । निषेधज्ञा खुकुलो भए पनि सङ्क्रमण भने नघटेको कुरा सबैले बुझ्नुपर्ने उहाँको भनाइ छ ।

स्वास्थ्य कार्यालय पाँचथरका निमित्त प्रमुख नादरमुनि सुवेदी क्वारेन्टिन र आइसोलेशनको उपयुक्त प्रबन्ध नहुँदा सङ्क्रमण नियन्त्रण चुनौतीपूर्ण भएको बताउनुहुन्छ ।

“सङ्क्रमितलाई होमआइसोलेशनमा राख्ने व्यवस्था प्रभावकारी नहुँदा सङ्क्रमण फैलन मद्दत गरेको पाइन्छ”, शुक्रबार आयोजित एक अन्तक्र्रियामा सुवेदीले भन्नुभयो, “कोभिड–१९ को पहिलो लहरमा जस्तै क्वारेन्टिनको प्रबन्ध गर्न सकिएको भए गाउँगाउँमा सङ्क्रमण फैलने थिएन ।” आर्थिक वर्षको समाप्तिमा बढेको मानवीय गतिविधिले सङ्क्रमणको फैलावटमा झनै वृद्धि गर्ने सरोकारवालाको चिन्ता छ ।


प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्