Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • भारतमा कोरोना संक्रमितको संख्या २ करोड, अक्सिजन र बेड अभावले बिरामीको मृत्यु
भारतमा कोरोना संक्रमितको संख्या २ करोड, अक्सिजन र बेड अभावले बिरामीको मृत्यु
नेपालकागज
नेपालकागज मंगलबार, वैशाख २१, २०७८

काठमाडौँ । भारतमा कोरोना संक्रमित हुनेको संख्या २ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ५७ हजार २ सय २९ जनामा संक्रमण पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या २ करोड नाघेको हो । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ करोड २ लाख ८२ हजार ८ सय ३३ पुगेको छ । 

कोरोना भाइरस संक्रमितको संख्या केही घटेको छ । आइतबार ३ लाख ६८ हजार संक्रमित थपिएका थिए । शुक्रबार भने एकैदिन ४ लाख १ हजार ९ सय २३ संक्रमित थपिएका थिए । जुन भारतमा महामारी सुरु भएयताकै बढी हो । त्यस्तै शनिबार ३ लाख ९२ हजार ४ सय ८८ जना संक्रमित भएका थिए ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ४९ जनाको मृत्यु भएको छ। योसँगै भारतमा भाइरसको संक्रमणका कारण मृत्यु हुने को संख्या २ लाख २२ हजार ४ सय ८ पुगेको छ ।

भारतमा अहिलेसम्म करिब १ करोड ६६ लाख १३ हजार संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ । सोमबार साँझसम्म भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख ४७ हजारभन्दा बढी छ । भारतमा हालसम्म १५ करोड ८९ लाख ७२ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइसकेका जनाइएको छ । तर पछिल्लो समय खोप अभाव भएका कारण अभियान प्रभावित भएको छ ।

भारतमा कोरोनाको दोस्रो लहरसँगै सुरु भएको अक्सिजन संकट टर्नेभन्दा पनि थप विकराल बन्दै गएको छ । केही सातादेखि राजधानी दिल्लीले अक्सिजनको चरम संकट व्यहोरिरहेकामा अब त्यस्तै संकट अन्य राज्यहरूमा पनि देखिन थालेको छ । दक्षिण भारतीय राज्यको कर्नाटकको चमाराजानगरको एउटा अस्पतालमा आइतबार राति अक्सिजन सकिँदा २४ जना सिकिस्त बिरामीको ज्यान गएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएसगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा संक्रमण निकै तीव्र रूपमा फैलिइरहेको छ ।

भाइरस प्रभावित देशको सूचीमा भारत विश्वकै दोस्रो स्थानमा छ । सबैभन्दा बढी प्रभावित अमेरिकामा ३ करोड २४ लाख ७० हजारभन्दा बढी संक्रमित छन् । अमेरिकामा ५ लाख ७७ हजार ५ सय जनाको भाइरसले मृत्यु भइसकेको छ । मंगलबार बिहानसम्म विश्वभर १५ करोड ३१ लाख ८८ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । तीमध्ये ३२ लाख ९ हजारभन्दा बढीको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।


प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  ११:१६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्