Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • कोरोनाको कहर : मनोवल बढाउने ब्यबहारिक उपाय !
कोरोनाको कहर : मनोवल बढाउने ब्यबहारिक उपाय !
नेपालकागज
नेपालकागज सोमबार, वैशाख २०, २०७८

गोपाल ढकाल, मनोविद ।

कोरोनाको दोस्रो लहरले फेरि हामीलाई आक्रान्त बनाउदै लगेकोछ ।  मानिसहरुमा डर , चिन्ता , भय , तनाव बढेर गएकोछ । विपतिको बेला सामान्य डर , चिन्ता , छट्पटी , तनाव हुनु स्वभाविक नै हो । यसलाई  असामान्य अबस्थामा मानिसले देखाउने स्वभाविक प्रतिक्रिया भनिन्छ ।
तर लामो समयसम्मको डर ,चिन्ता , भय, तनाव हुनु भने राम्रो होइन । यसले शारीरिक तथा मानसिक रुपमा कमजोर बनाउँदै लैजान्छ ।  तनावले रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउछ । कोरोनाको संक्रमणलाइ जित्न रोग - प्रतिरोधात्मक क्षमता मजबुत हुनु पर्छ ।

कोरोनाको संक्रमणसँग लड्न  शरिरमा रोग प्रतिरोधात्मक शक्ति आबस्यक पर्छ भने मानसिक वा मनोबैज्ञानिक रुपमा मनोवल ( आत्मवल वा आत्मशक्ति ) उच्च हुनुपर्छ ।

शरिरिक रुपमा स्बस्थ्य हुन र रोग प्रतिरोधात्मक क्षमता बढाउन संतुलित खानपिन ,  ब्यायाम , प्रयाप्त आराम र निन्द्रा जस्ता कुरामा आबस्यक पर्छ ।

जसरी  ब्यक्तिको आआफ्नै शारीरिक क्षमता हुन्छ , त्यसैगरी प्रत्येक  ब्यक्तिको आ आफ्नै  मानसिक क्षमता  हुन्छ जसलाई   साइकिक इनर्जी  वा आत्मबल वा आत्मशक्ति पनि भनिन्छ ।
कुनै कार्यमा सफलता पाउन , कुनै घटना वा परिस्थितिको सामाना गर्न ब्यक्तिमा भएको मनोवलले महत्त्वपूर्ण भुमिका खेलिरहेको हुन्छ।
आत्मबल उच्च भएको ब्यक्तिमा आत्मबिस्बास पनि उच्च नै हुने गर्दछ ।

हामीले सुन्दै आएकाछौ कोरोनाको संक्रमणलाइ जित्न मनोवल उच्च बनाउनु पर्छ।
कोरोनालाई जितेकाहरुको पनि एउटै भनाइ छ " मनोबल उच्च भए कोरोना भाईरसलाई जित्न सकिदो रहेछ । "  कोरोनाको भ्याक्सिन भनेकै मनोवल हो । तर आत्मबल वा मनोबल कसरी उच्च बनाउने ? मनोबल बढाउछु भन्दा आफै बढ्ने पनि होइन ।  के गर्यो भने आत्मबल उच्च हुन्छ ?
यस्ता छन मनोबल बढाउने ब्यबहारिक उपायहरू ।

१. सुरक्षाका उपाय अपनाउनु पर्छ
कोरोनाको संक्रमणबाट बच्न सुरक्षाका उपायहरू कडाइसाथ अवलम्बन गर्नुपर्छ ।
भिडभाडमा नजाने, मास्कको प्रयोग गर्ने र बारम्बार साबुन पानीले हात धुने ।
यसो गर्दा  संक्रमित हुनबाट जोगाउने नै भयो । साथै मानसिक रुपमा पनि आफु सुरक्षित छु भन्ने कुरामा मन ढुक्क हुन्छ ।  आत्मबल  उच्च  हुन्छ  ।


२. कोरोनासँग लड्न मानसिक रुपमा तयार हुनुपर्छ ।
य‍ो प्रकृति विपत्ति भएकोले हाम्रो हातमा छैन ।
यो समस्या विश्वको नै साझा समस्या हो ।
यसकारण यसलाई स्विकार गर्नुको बिकल्प छैन । कथम कदाचित  संक्रमण भएको खण्डमा पनि  यसलाई सामना गर्छु भन्ने मनस्थिति बनाउनु पर्छ । जस्तो पर्छ त्यस्तै टर्छ होइन कि मानसिक रुपमा तयार भएर बस्नुपर्छ ।
यसले  हामीलाई संक्रमणसँग जुझ्न सहज बनाउछ । कोरोनाको डर , चिन्ता , भय कम भएर जान्छ  ।

३. परिस्थिति प्रति सकारात्मक धारण  :
समय सधै एकैनास हुदैन । अहिलेको समय कठिन भए पनि एक दिन अबस्य  टरेर जान्छ ।
भागवत गितामा भने झै - " जे हुन्छ राम्रो कै लागि हुन्छ । " त्यसैले आत्मविश्वास र धैर्यता कायम राख्नुपर्छ। मनोवल उच्च राख्दा  आत्मविश्वास र धौर्यता दुवै बढेर जान्छ ।
यस्तो बेला आत्तिनु हुन्न भनेर सोच बनाउनु पर्छ

कोर‍ोनाको संक्रमण भएपनि मरिन्छ नै भन्ने हुदैन  । कोरोनाको संक्रमणका कारण हुने मुत्यदर अत्यन्त न्युन छ । रोग प्रतिरोधात्मक क्षमता र आत्मबलले संक्रमणलाई जित्न सकिन्छ भन्ने सोच बनाउनु पर्छ ।
रोग प्रतिरोधात्मक क्षमता र आत्मबल दुबैलाई आफैले बढाउन सकिन्छ भन्ने कुरामा ख्याल गर्नुपर्छ   ।

४. हौसला तथा प्रेरणा

विपत्तको समयमा हौसला र प्रेरणा अति आबस्यक हुन्छ । घरपरिवार , आफन्त तथा साथीभाइको हौसला, प्रेरणा र आत्मियताले  विपत्तिसँग जुझ्न उर्जाको काम गर्छ । विपत्तिको समयमा आफुलाई साथ दिने , आफ्नो भावना बुझ्ने तथा हौसला दिने ब्यक्तिहरुसँग आफ्नो  मनका भावनाहरु बाँड्ने गर्नुपर्छ ।  
विपत्तको वेला प्रेरणादायी भनाइ सुन्ने,  किताब  पढने र  चलचित्र वा भिडियो हेर्ने गर्नुपर्छ ।
आफुले आफैलाई आत्मसुझाव दिएर पनि हौसला बढाउन सकिन्छ । जस्तै "  म ठिक छु , स्बस्थ छु , ठिक हुँदै गएकोछु " जस्ता शब्दहरु बारम्बार उच्चारण गरेर आत्म - सुझाव दिन सकिन्छ ।
आफ्ना विभिन्न सवल पक्षहरु लेख्ने ,  मनन वा उजागर गर्नेले पनि आत्मबल बढ्छ ।

५. मनोसामाजिक सहयोग :
विपत्तिको बेला विभिन्न किसिमका मनोसामाजिक तथा मानसिक रोगको जोखिम बढेर जान्छ ।  लामो समय सम्मको मनोबैज्ञानिक तनाव, मनोसामाजिक समस्या वा मानसिक रोगले ब्यक्तिको आत्मबल र आत्मबिस्बासलाई कमजोर बनाउन सक्छ । यस्तो अबस्थामा  भौतिक सहयोग मात्र प्रयाप्त हुदैन । मनोबैज्ञानिक वा मनोसामाजिक सहयोगको पनि जरुरत पर्दछ । यस्तो बेला विज्ञको सहयोग  चाहिन्छ ।  मानसिक रुपमा स्बस्थ ब्यक्तिमा मात्र  आत्मबल र आत्मविश्वास राम्रो हुन्छ ।

६. तनावको ब्यबस्थापन
तनावले शारीरिक तथा मानसिक रुपमा सिथिल वनाउछ । विपत्ति समयमा तनाव बढ्ने नै भयो ।
नियमित रुपमा योग - ध्यान , ब्यायम गर्ने ,  गहिरो श्वासप्रश्वासको अभ्यासहरु गर्ने , शुद्ध सन्तुलित भोजन गर्ने, प्रयाप्त मात्रामा सुत्ने र आराम गर्ने गर्नुपर्छ ।
जसले तनाव कम गर्न मद्दत पुर्‍याउछ।
ध्यानले मनलाई शान्त राख्न सहयोग गर्छ ।ब

७. आनन्दायक क्रियाकलाप

कोरोनाको कहर र निषेधाज्ञाको समयमा आफ्नो रुचिका बिषय र क्रियाकलाहरुमा धेरै भन्दा धेरै समय बिताउनु पर्छ । जस्तो आफुलाई मन पर्ने किताब पढ्ने , चलचित्र हेर्ने , संगित सुन्ने , लेख्ने , आफ्नो आस्था बिस्वास अनुसार धार्मिक कार्यमा भाग लिने , पूजापाठ गर्ने,  चाडपर्व मनाउने, मनोरञ्जन आदि जस्ता बिषयमा सकृय हुनाले एक त समयको सदुपयोग हुने भयो  अर्कोतर्फ  दैनिकीलाई सहज बनाउन सकियो ।  आफुले दैनिक गर्ने कार्यहरुलाई निरन्तरता दिने गर्नु पर्छ । नत्र  खाली दिमाग सैतानको घर हुन जान्छ ।
आफ्ना रुचिकर कुरामा समय बिताउँदा तनाव कम हुने , आनन्दसँग दिन बित्ने हुँदा सकारात्मक सोचको बिकास हुनुका साथै आत्मबल समेत बढ्छ।  

८. सकारात्मक  जीवनशैली :
  कोरोनाको  संक्रमण र निषेधाज्ञाले गर्दा अहिले ब्यक्तिको जिवनशैलीमा समेत पहिलाको भन्दा परिवर्तन आएकोछ ।
तनावको बेला ब्यक्तिले कि त सकारात्मक व्यवहार देखाउँछ कि नकारात्मक व्यवहार देखाउँछ  ।
सकारात्मक जीवन शैली अपनाएको खण्डमा ब्यक्ति चाडै पुर्ब अबस्थामा फर्कन सक्छ। आत्मबल पहिला जस्तै उच्च हुन्छ । तर  नकारात्मक जीवन शैलीले भने समस्या जटिल हुदै जान्छ । विभिन्न किसिमका मनोसामाजिक तथा मानसिक रोगको समस्या देखापर्न सक्छ।
हाम्रो दैनिक जीवनशैली र। क्रियाकलापहरु आफू र अरुलाई हानिरहित र सकारात्मक हुनुपर्छ ।
९. सत्यतथ्य सुचना र जानकारी  :
विपत्तिको समयमा अनेक किसिमका अफवाह फैलिन सक्छ। तनावको वेला हाम्रो निर्णय लिने , समस्यालाई बुझ्ने क्षमतामा पनि कमि आउँछ । हामी भावनामा बग्न सक्छौं । यस्तो अबस्थामा हामीले  तथ्य परक रुपमा सोच्ने र समस्यालाई बुझ्ने गर्नुपर्छ।
बिषय बस्तु र घटनालाई हेर्ने दृष्टिकोण सहि बनाउनुपर्छ ।

अहिले अबस्थामा आधिकारिक सूचना तथा समाचार मात्र हेर्ने गर्नुपर्छ । समचारहरु  बारम्बार हेर्ने र सुन्ने गर्नु पनि हुदैन । यस्ता समचारहरु दिनमा १-२ पटक भन्दा बढि नहेरेकै राम्रो हो । दुखद समचारहरु हेर्दा र सुन्दा पनि  हामीमा  बेचैनी, निराशा , छट्पटी बढेर आउँछ । मन दुखी हुन्छ  । तनाब बढ्छ । यसले मानसिक आघात हुन पनि सक्छ ।

१०. सीप , तालिम र  शिक्षा :
कुनै पनि बिषयमा आबस्यक सीप, तालिम र शिक्षा पाउँदा  आत्मविश्वास तथा आत्मबल अबस्य बढ्छ नै  । कोरोनाको संक्रमणको बेला मनोसामाजिक स्वास्थ्यका विषयमा मनोशिक्षा, स्व हेरचाहका बिषयमा जानकारी तथा सरसफाइ लगायत अन्य बिषयको तालिमले आत्मबल बढाउन मदत गर्छ ।

फोन मार्फत निशुल्क मनोपरामर्श सेवाक‍ो व्यबस्था मार्क नेपालले गरेको छ । जसको लागि ९८१३५२७७३२ मा सम्पर्क गर्न सकिन्छ ।

( लेखक मनोविद् हुन । मार्क नेपाल मनोसेवा केन्द्रमा संलग्न छन् । )


प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  २०:२५
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्