Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • बर्दियाको गुलरियामा किन भयो वरुणको बीभत्स हत्या ?
बर्दियाको गुलरियामा किन भयो वरुणको बीभत्स हत्या ?
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी मंगलबार, कात्तिक २८, २०८०

बर्दियाको गुलरियामा किन भयो वरुणको बीभत्स हत्या ?

सन्दिप नाथ योगी, गुलरिया । २६ गते साँझ बर्दिया पुरै झिलिमिली थियो । लक्ष्मी पूजा भएकोले बर्दियाको गुलरिया सदरमुकाम मनमोहक देखिन्थ्यो । चारैतिर झिलिमिली बत्ती, सम्पूर्ण हिन्दु धर्मावलम्बी गुलरियावासी लक्ष्मी पूजा र देउसी भैलोमा रमाइरहेका थिए । पटाकाहरू पड्किरहेका थिए, घरघरमा खुशियाली छाएको थियो । जिल्ला प्रशासन कार्यालय बर्दियाले १० बजे सम्म मात्र देउसी भैलो खेल्न आग्रह गरेको थियो । सोही अनुसार साँझ छिप्पिँदै गयो, रातको आगमन भयो । बर्त बसेका बर्तालुहरू पूजाआजा गरेर खाना खाएर सुतेका थिए । रात पर्‍यो, छिप्पिँदै गएको रातमा एउटा बीभत्स घटना घट्यो जसले सम्पूर्ण बर्दियालीहरूको दीपावलीलाई अजर नमिठो बनायो ।

घटना विवरण 

२६ गते लक्ष्मी पूजाका दिन राती करिब अनुमानित साढे ११:३० देखी १२:३०का बिच राती बर्दियाका एक होनहार २३ वर्षीय युवालाई लखेटी लखेटी खुकुरी प्रहार गरियो । अत्यन्तै निर्मम तरिकाले धारिलो हतियार खुकुरीले गरिएको प्रहारबाट २३ वर्षीय युवा वरुण घिमिरे अर्धअचेत भएर ढल्न पुगे । गुलरिया नगरपालिका वडा नम्बर -५ सोहेलहवा स्थित एक जुस फ्याक्ट्री नजिक उनलाई केही युवाहरूको जत्थाले आक्रमण गर्‍यो । आक्रमणमा परेपछि आफ्नो आत्मरक्षा गर्न उनी भाग्ने प्रयास गर्दै थिए तर निर्मम आक्रमणकारीहरूको जत्थाले उनलाई घेरेर शरीरका विभिन्न ठाउँमा धारिलो हतियारले निरन्तर प्रहार गरे । अत्यन्तै रक्तस्रावका कारण उपचारका लागि नेपालगन्ज लैजाँदा लैजाँदै खजुरा पुग्दा नपुग्दै उनले देह त्याग गरेको उनका छिमेकीहरूको भनाइ छ । पछि नेपालगन्ज अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरे ।

किन भयो घटना ?

एक छिमेकीका अनुसार मिलनसार स्वभावका दिवङ्गत वरुणको करिब एक वर्ष अघि दसैँ तिहारकै बखत आफ्नै साथीहरू मध्यका गुलरिया बजार जिल्ला अदालत नजिक बस्ने सुलभ थापा र सुरेश थापासँग झगडा भएको थियो । तर पछि एकै ठाउँका साथीभाइहरू भएकाले उक्त घटनामा चोटपटक लागेकाहरूको उपचार पश्चात् कानुनी प्रक्रिया पुरा गरी मेलमिलाप भएको थियो । त्यसैको रिसमा अहिले आएर यो वर्ष वरुण माथि आक्रमण गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको एक प्रहरी अधिकारीले बताए । गम्भीर र हृदय विदारक घटना भएकाले प्रहरीले गहन अनुसन्धान सुरु गरिसकेको छ । केही व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइसकेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (सुपरिटेन्डेन्ट अफ पोलिस) एसपी सुधीर राज शाहीले नेपाल कागजसँग कुरा गर्दै भन्नुभयो, "गहन अनुसन्धान सुरु भइसकेको छ, केही दिनमै सबै कुरा प्रस्ट हुन्छ, अपराधमा संलग्नहरू कानुनको दायरामा आउँछन् । सूक्ष्म रूपले अनुसन्धान भइसकेको छ ।" प्रहरी स्रोतका अनुसार केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइसकिएको छ भने फरार रहेकाहरूको व्यापक खोजी कार्य जारी छ ।

अनुसन्धानको विषय भएकाले तथा अनुसन्धानमा असर पर्न सक्ने भएकाले प्रहरीले धेरै कुरा अहिल्यै नखुलायता पनी केही स्थानीयका अनुसार सुलभ थापा र सुरेश थापाले पुरानो रिसिइबिका कारण हत्या गरेको आशङ्का छ । हामीले केही स्थानीय, दिवङ्गत वरुणका छिमेकीहरू र केही युवाहरूसँग यस घटनाको बारेमा बुझ्ने प्रयास गरेका थियौँ । उनीहरूका अनुसार सुलभ थापा र सुरेश थापा दाजुभाइ हुन । यी दुई लगायत अन्य पनि घटनामा संलग्न रहेको हुन सक्ने प्रबल सम्भावना रहेको छ । यो हत्या घटना एक क्षणको आवेगमा आएर गरिएको नभएर योजनाबद्ध तरिकाले गरिएको प्रारम्भिक रूपमा देखिन्छ । यसमा किन पनि बल पुग्छ भने वरुणसँग रहेका ३ जना साथीहरूलाई समेत कुटपिट गरिएको नाम नखोल्ने सर्तमा एक अर्का युवाले बताए ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डेपुटी सुपरिन्टेन्डेन्ट अफ पोलिस) डिएसपी तुल्सी राम अर्याललाई संपर्क गर्दा उहाँले भन्नुभयो, "म प्रहरी टोली सहित फिल्डमै छु, हत्या आरोपितहरू केही समयमै पक्राउ पर्नेछन, हाम्रो अनुसन्धान जारी छ । छिट्टै आरोपित पक्राउ पर्ने छन ।" प्रहरी स्रोत अनुसार डिएसपी अर्यालको टिम आरोपितहरू हुनसक्ने सम्भावना भएका ठाउँहरूमा खोजी कार्यलाई तिब्र बनाउन आँफै खटिएका छन । अहिले सम्म प्रहरीले ७ जनालाई नियन्त्रणमा लिइसकेको छ ।     

केही स्थानीय युवाहरूका अनुसार वरुणलाई काम छ भनेर घरबाट बोलाइएको थियो । नेपाल बिद्युत् प्राधिकरण गुलरिया वितरण केन्द्र नजिक वरुणको घर छ भने सुलभ र सुरेशको जिल्ला अदालत बर्दिया नजिक । दिवङ्गत वरुण र हत्या आरोपित सुलभ र सुरेशको घर ४००-५०० मिटरको दूरीमा छ । यी सबै पहिला मित्रहरू नै थिए । धारिलो हतियारको बन्दोबस्त गरेर, आमा नभएको बखत पारेर, सुनसान ठाउँमा बोलाएर योजनाबद्ध रूपमा हत्या गरिएको देखिन्छ । वरुणको आमा माइत गएका बखत घटना घटेको स्थानीयवासीको भनाइ छ । मनसाय प्रेरित हत्या हो होइन भन्नेमा प्रहरी अनुसन्धान पछि निर्क्योल आउने नै छ ।

बर्दियाको गुलरिया प्राय शान्त नगरको रूपमा चिनिन्छ । गुलरिया नगरपालिकामा यसरी युवाहरूको आक्रोशमा खुकुरी प्रहार गरेर भएको यो हत्याकाण्डले सम्पूर्ण बर्दियावासी स्तब्ध छन् ।

 


प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १४:३२
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्