Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी मंगलबार, असोज ९, २०८०

सन्दिप नाथ योगी, काठमाडौँ । के तँपाइलाई थाहा छ, सर्वसाधारणले 100 रुपैयाँ भन्दा बढीको सामान भारतीय बजारबाट ल्याउन नपाउने गरि सुचना जारी छ । भन्सार ऐन लागू भएपछी कहिँ कसैले पनि भारतीय सामान १०० रुपैयाँ भन्दा ज्यादाको ल्याउन पाउँदैन । ल्याउनु छ भने आफुले ल्याएको माल-वस्तुको स्वयम घोषणा गरि राजस्व/भन्सार सुल्क तिरेर मात्र ल्याउन पाउने प्राबधान छ ।

अब सन्दर्भ बर्दियाको हेरौँ, कुनै समय बर्दियावासीको सबै भन्दा ठूलो ब्यापारीक गन्तव्य गणेशपुरको दक्षिणमा रहेको लौकाही बजार, कालिका, पचासा हुँदै बलेगाउँ थियो । तर अहिले लागू भएको भन्सार ऐन अनुसार नाकामा सुरक्षाकर्मीले अत्यन्तै कडा गरेको अवस्था छ ।

जे होस भन्सार, सशस्त्र, नेपाल प्रहरीका जवान चर्को घाममा बसेर कर्तव्य पालना गरेका छ्न । उहाँहरू आफ्नो कर्तब्य अनुसार काम गरिरहनुभएको छ । तर उहाँहरूलाई म एउटा नेपाली सर्वसाधारणको रुपमा प्रश्न गर्न चाहन्छु ।

प्रहरी संगठनमा दिग्गज-दिग्गज ईमान्दार कर्तव्यपरायणमा नचुक्ने अधिकारीहरु छन । तर केही मुट्ठी भरका प्रहरी अधिकारीहरूको तस्करसँग उठबस छ । जसका कारण प्रहरीले गूड पोलिसिङ गर्न सकेको छैन ।

हामीलाई सुचना आए अनुसार केही मुट्ठीभरका प्रहरीहरू साँझ पर्‍योकी तस्करका नाइकेहरूसँग लाज पचाएर मादक पदार्थ  सेवन गर्छन । तस्करले खुवाएको दारू र मासुभातमा बिकेर रातारात तस्करीको सामान पास गर्छ्न ।

एउटा रोचक उदाहरण !
केही समय अघि हामी नाकामा रिपोर्टिङ गर्न गएका थियौँ । नेपालगन्ज बाट यातायात कार्यालयमा रिपोर्टिङ्ग गरेर आउँदा ९बजेको थियो । हामीलाई सुचना आएको कि प्रहरीकै केही बिनाबर्दिका ब्यक्तिहरू मादक पदार्थ सेवन गरेर तस्करी गराउन गएका छ्न । न युनिफर्म, न परिचयपत्र न नैतिकता । यी सबै हराएका केही तथाकथित "घुमुवा" हुँ भन्नेले त्यहाँका सर्वसाधारणलाई त्रासमा राखेका थिए । हामीले पत्रकार हौँ तस्करीको सामान भर्खर हाम्रो अगाडि बाट गयो । तपाईं के हेरेर बस्नुभाछ भन्दा उनले हामीलाई भने, "रातिको समय हो यहाँजे पनि हुन्सक्छ । तँपाइहरु जानुस भने । मतलब एक किसिमको थ्रेट थियो त्यो ।

हामी त्यसपछि एउटा पसलमा बसेका थियौँ । जिल्लाको तथाकथित घुमुवा ले त्यहाँबाट ३ बोरा जति चिनी,अन्य बोरामा लादिएको सामान एस्कर्टिङ गरेर लगेको देखियो । म ती घुमुवाको चर्तिकला प्रत्यक्ष प्रसारण मार्फत स्टिङ अपरेसन मार्फत भान्डाफोर गर्ने सुरसारमा थिए । त्यतिबेला अँध्यारोमा अनुहार चिन्न नसकिने भयो । तर पछि केही स्रोतको जानकारी अनुसार २ जना घुमुवा छन जस्ले ब्यापारीहरूसँग खुलेआम पैसा माग्छन । नदिए फसाइदिन्छु भनेर धम्की दिने गरेको एक पिडितले नाम नखोल्ने शर्तमा भने ।

समग्रमा के देखियो भने गरिब-दुखी सर्वसाधारण सामान्य ब्यक्तिलाई कारबाही गर्ने, १०० रुपैयाँ बढिको सामान ल्याए रोक्ने तर जिल्ला प्रहरी कार्यालयको घुमुवा हुँ भन्दै तस्करी गराउने । अनि कहिले काहीं तस्करीका सामान पक्रेको जस्तो गर्ने अनि तस्करलाई भगाइदेन । यस्ता सम्म चर्तीकला बर्दियामा देखियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुधिर साहले तस्करी रोक्न भरपुर प्रयास गर्नुभएको छ । उहाँ आएपछी बर्दियाको शान्तिसुरक्षामा कुनै पनि सम्झौता गर्नुभएको छैन । तर केही भ्रष्ट आचार भएकाहरूले सिंगो प्रहरी संगठनलाई बदनाम गरेको सर्वबिदितै छ । यति सम्मकी बर्दियाका एक ठेट तस्करको गाडीमा रातिराती हिन्ने घुम्ने गरेको पनि भेटियो देखियो । एक ब्यापारीले नाम नखोल्ने शर्तमा भने, "घुमुवाको नाममा आतंक छ, के भनौ कालाबजारीमा फसाइदिन्छु भन्छन, हफ्तामा एक पटक रेड लेबल रक्सी माग्न आउँछन ।

एक त घुमुवा भन्ने शब्द नै बदनाम भएको छ । सबै प्रहरी अधिकारी तथा कर्मचारीलाई एउट तराजुमा राख्न त मिल्दैन तर कुहिएको स्याउले अरुलाई पनि सडाउछ भन्ने उखानलाई सापटी लिएर भन्दा बर्दिया प्रहरीको सुचना संकलन गर्ने संयन्त्र आफै असुलिमा लागेको आरोप लाग्दै आएको छ ।

वास्तवमा तत्कालिन आइजिपी उपेद्र कान्त अर्यालले घुमुवा नराख्न सर्कुलर नै गर्नु भएको थियो । कानुनतः घुमुवा राख्न नपाइने प्राबधान छ तर पनि नेपालको कानुन दैबले जानुन भन्ने उखान नै छ ।

संकट कालको बेलामा सुचना संकलन गर्न भनेर राखिएको घुमुवाको घुमुवातन्त्रले अहिले नेपालै भर आतंक सिर्जना गरेको छ ।

केही समय अगाडि मधेशका एक पत्रकारको मोटरसाइकलमा लागूऔषध राखियो । तर धन्न त्यहाँ सिसिटिभी भएकोले ती पत्रकार निर्दोश साबित भए । यदि त्यहाँ सिसिटिभी नभएको भए बदनामीको भारी बोक्दै ती पत्रकार मुद्दा मामिलामा फस्नुपर्ने थियो । पत्रकारलाई त फसाउन अनेक प्रपन्च गर्न सक्नेले आम मानिसलाई कस्तो व्यवहार गर्छन बुझ्न सझिलै छ । हामीलाई २ जना घुमुवा तस्करसँग हिँड्ने राती राती माल पास गराएर कमिसन लिने घुमुवाको नाम प्राप्त भएको छ । त्यस्ताको नालिबेली केही दिनमा सार्वजनिक हुनेनै छ । 

ईमान्दार कर्तब्यनिष्ट प्रहरीलाई जय नेपाल छ, भ्रष्टाचार र कालाबजारी तथा तस्करी गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । अस्वभाविक रुपमा पैसा कमाएर २- ३ वटा महल ठड्याउनेलाई अख्तियार र सम्पत्ति सुद्धिकरणले अनुसन्धान गर्नुपर्छ ।

त्यस्ता कुपात्रहरूलाई संगठनले तथा प्रहरी प्रमुखले आन्तरिक अनुसन्धान गरेर नसिहत दिनिपर्ने आजको आवश्यकता छ ।

यता राजपुर भन्सार कार्यलयका बर्दिया प्रमुख भन्सार अधिकृत मनोज बस्नेतलाई भेटेका थियौँ । उहाँले हामीसँग कुरा गर्दै भन्नुभयो, "हेर्नुस म आएपछी मैले आफ्नो कर्मचारीहरूलाई भनेको छु कि कुनै पनि बदनामित ब्यक्ती तथा तस्करसँग चिया मात्र खाए कारबाही गर्छु ।"

उहाँले चोरीपैठारी रोक्न अथक प्रयास गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, "देश बनाउनु छ भने तस्करीलाई रोक्नुपर्ने हुन्छ, हरेक नागरिकलाई अपिल गर्छु कृपया भन्सार राजस्व तिरेर देश बनाउन सहयोग गर्नुहोस ।"

अन्त्यमा एक जनाको बदमासीले, शक्तिको उन्मादेश्वरमा गरिएको गल्तिले ईमान्दार सुरक्षा अधिकृतलाई हेर्ने दृष्टिकोण समेत जनताको बिचमा नकारात्मक पाइएको छ । 

अब हेरौं हफ्ता असुली गर्दागर्दै रंगेहात पक्राउ खाएका तथाकथित घुमुहरुको चर्तिकला

२०७४ माघ तेस्रो साता अस्थायी प्रहरी पोष्ट लक्ष्मीनियाँ, धनुषामा कार्यरत प्रहरी जवान मनोज प्रसैला घुससहित रंगेहात समातिए । अपराधको सूचना संकलनका लागि राखिएका घुमुवा प्रहरी प्रसैलाले कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक सन्तोषकुमार सिंहको ग्रीन सिग्नलमा सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस मागेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासका अनुसार प्रसैलाले मदिराको विक्री वितरणलाई सहज बनाइदिने आश्वासनमा रकम माग गरेका थिए । उनलाई पछि पक्राउ गरियो ।

त्यस्तै २०७२मा व्यवसायीलाई अपहरण गरेको आरोपमा घुमुवा प्रहरी सम्बत लामा र सूर्यबहादुर थापा पक्राउ परेका थिए । लामा महानगरीय अपराध अनुसन्धान महशाखाका सई थिए भने थापा महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत थिए ।

टाइगर ओभरसिज प्रा.लि.का व्यवसायी बद्री राईलाई सुन कारोबारी भन्दै बन्धक बनाएर उनीहरुले एक करोड २५ लाखको चेक लिएका थिए । पछि उनीहरु आफ्नै कार्यायलका अधिकारीहरुको फन्दामा परे । अनुसन्धानका क्रममा दुई प्रहरी अधिकारीको संलग्नता खुलेपछि अपराध महाशाखाले नै उनीहरुलाई पक्राउ गर्‍यो र काठमाडौं प्रहरी परिसरबाट मुद्दा दायर भयो ।

०७१ सालमा बाँकेका तत्कालीन प्रहरी प्रमुख एसपी शेखर कोइराला घुमुवा प्रहरीकै कारण निलम्बित भए । बाँकेका तत्कालीन घुमुवा प्रहरी नायब निरीक्षक (सई) सुमन खरेललाई अख्तियारले २५ हजार रुपैयाँ घुससहित एक रेष्टुरेन्टबाट पक्राउ गरेको थियो ।

खरेललाई नियन्त्रणमा लिने क्रममा प्रहरी र आयोगका टोलीबीच घम्साघम्सी नै भयो । त्यसक्रममा केही घाइते पनि भए । घटनामा प्रहरी प्रमुख कोइराला पनि जोडिएपछि अख्यितयारको सिफारिसमा प्रहरी प्रधान कार्यालयले उनलाई निलम्बन गरेको थियो ।

८ भदौ ०७० मा काठमाडौं प्रहरी परिसर, टेकुका घुमुवा प्रहरी जवान नारायण थापा र राजकुमार माझी २५ किलो सुन लुटपाटमा संलग्न भएको भेटियो । उनीहरुले १६ किलो सुनको सूचना दिएका वेला चुत्तबुझ्दो कमिसन नपाएपछि आफैं लुटपाटमा संलग्न भएको प्रहरीले बताएको थियो ।

पछिल्लो समय घुमुवा प्रहरीमाथि मुद्दा चलेको घटना कमै सार्वजनिक भए पनि उनीहरुको असुली धन्दा भने रोकिएको छैन । विशेषः तराईका जिल्लाहरुतिर घुमुवा प्रहरीहरु असुलीमा संलग्न हुने गरेको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक सह–सचिवले बताउनुभयो ।

प्रहरीको इन्टलिजेन्समा काम गर्ने घुमुवा प्रहरीहरु विश्वास गरिएका मान्छेहरु हुन् । तर, यदाकदा हाकिमलाई झुक्काएर बीचमै खेल्ने गरेको देखिएको छ । यता तिर सरोकारवालाहरूको ध्यान जाओस् ।

 


प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १८:१९
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्