Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • अमेरिकाबाट हुलाकमार्फत लागू औषध पठाइयो, १० जना पक्राउ
अमेरिकाबाट हुलाकमार्फत लागू औषध पठाइयो, १० जना पक्राउ
नेपालकागज
नेपालकागज आइतबार, भदौ ३१, २०८०

तस्बिर : बरामद लागू औषध 

काठमाडौँ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय हुँदै पठाइएको लागू औषध गाँजासहित कन्ट्रोल डेलिभरी (हुलाकी)गर्ने व्यक्तिसहित १० जना पक्राउ परेका छन्।

लागू औषध नियन्त्रण ब्युरो, कोटेश्वरले अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै पठाइएको लागू औषध गाँजा तीन केजी २३९ ग्राम कन्ट्रोल डेलिभरीको क्रममा ६ जना र खैरो हेरोइन २६८.२१० ग्रामसहित चार जना गरी १० जनालाई विभिन्न मितिमा पक्राउ गरिएको हो ।

ब्युरोका प्रहरी उपरीक्षक एवम् प्रवक्ता चक्रराज जोशीले लागू औषध नियन्त्रण ब्युरोबाट गरिएको कन्ट्रोल डेलिभरी तथा अन्य कारवाहीका क्रममा अवैध लागू औषध कारोवार गर्ने व्यक्तिलाई लागू औषधसहित पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ गरिएकाहरुलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम जिल्ला अदालतबाट लागू औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ।

यही भदौ १९ गते अमेरिकाबाट काठमाडौं महानगरपालिका–३० गोश्वारा हुलाक कार्यालय डिल्लीबजार मार्फत जिल्ला हुलाक कार्यालय वीरगञ्जमा प्राप्त हुने गरी पठाइएको कार्टुन बक्सा शङ्का लागेर चेकजाँच गर्दा अवैध लागू औषध गाँजा ९०० ग्राम बरामद गरिएको थियो । 

उक्त कार्टुन बक्स प्राप्त गर्ने वीरगञ्ज महानगरपालिका–१६ बस्ने ३२ वर्षीय डल्लु राम र सोही ठाउँका ४३ वर्षीय हविब मियालाई यही भदौ २४ गते पक्राउ गरिएको हो ।

प्रवक्ता जोशीका अनुसार दुवै जनालाई वीरगञ्ज उपमहानगरपालिका–८ जिल्ला हुलाक कार्यालयबाट पक्राउ गरी लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम ब्युरोबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

यसैगरी, अमेरिकाबाट गोश्वारा हुलाक कार्यालयमार्फत जिल्ला हुलाक कार्यालय पोखरामा प्राप्त हुने गरी पठाइएको अवैध लागूऔषध गाँजा १ केजी ४०० ग्राम बरामद गरिएको हो । 

उक्त पार्सल प्राप्त गर्ने भारतीय नागरिक २४ वर्षीय अजिन बर्गेसलाई भदौ २५ गते पक्राउ गरिएको हो । साथै बर्गेसको डेराबाट थप अवैध लागू औषध गाँजा ७२० ग्राम बरामद गरी लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम ब्युरो तथा व.प्र.का. बैदामबाट समेत आवश्यक अनुसन्धान भइरहेको जानकारी उहाँले दिनुभयो ।

त्यस्तै, गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट भदौ २४ गते पाउने गरी पठाइएकोमा अवैध लागू औषध गाँजासहितको जिल्ला डडेलधुरा, गन्यापधुरा गारपालिका– १ बस्ने ३९ की रेनुका तामाङलाई पक्राउ गरी अवैध लागू औषध गाँजा ९३९ ग्राम बरामद गरिएको छ । 

तामाङलाई सो सम्बन्धमा आवश्यक अनुसन्धान गर्दै जाँदा उक्त सामान भारतीय नागरिक  ३० वर्षीय अरुणकुमार र मोहमद नईमले लिन पठाएको अनुसन्धानबाट खुलेको प्रवक्ता जोशीले बताउनुभयो । भारतीय नागरिक कुमार र नईमलाई पक्राउ गरी लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम यस ब्युरोबाट आवश्यक अनुसन्धान भइरहेको ।

यसैगरी, भदौ २३ गते लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय, धनगढीबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, बेलडाँडी नगरपालिका–८ बाट कञ्चनपुर, बेलडाडी नगरपालिका–१० बस्ने वर्ष २६ को हिक्मत हमालको साथबाट अवैध लागू औषध खैरो हेरोइन ४७.८५० ग्रामसहित पक्राउ गरी थप अनुन्धानका लागि इलाका प्रहरी कार्यालय बेलडाँडी बुझाइएको छ ।

यही भदौ २५ गते लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय, नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले जिल्ला बाँके, नेपालगगञ्ज उपमहानगरपालिका–१५ बाट दाङ, घोराही नगरपालिका–११ बस्ने  २५ वर्षीय सञ्जय नेपालीको साथबाट अवैध लागू औषध खैरो हेरोइन ५० ग्रामसहित पक्राउ गरी थप अनुन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ ।

त्यस्तै, भदौ २८ गते लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय, विराटनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ, सुन्दरहरैंचा– ३ बाट ऐ.ऐ. ठेगाना भएका ४८ वर्षीय नेत्रविनोद भट्टराईको साथबाट अवैध लागू औषध खैरो हेरोइन ५१.६५० ग्रामसहित पक्राउ गरी थप अनुन्धानका लागि इलाका प्रहरी कार्यालय रानी विराटनगरमा बुझाइएको प्रवक्ता जोशीले जानकारी दिनुभयो ।

यसैगरी, भदौ ३० गते लागू औषध नियन्त्रण ब्युरो तथा शाखा कार्यालय काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले झापा, अर्जुनधारा नगरपालिका–११ बाट सोही नगरपालिकामा अस्थायी बसोवास गर्दै आएका २० वर्षीय भारतीय नागिरक लाल मियाँको साथबाट अवैध लागू औषध खैरो हेरोइन ११८.७१० ग्रामसहित पक्राउ गरी थप अनुन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनी झापामा बुझाइएको छ ।


प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्