काठमाडौँ । आफनै नावालिक बहिनीसँंगै आफैं संलग्न भई यौनजन्य गतिविधि गरेको आरोपमा एकजना महिलालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।
बहिनीसँंग यौनजन्य गतिविधि गर्नुका साथै सोको भिडियोसमेत बनाई आफनो पुरुष साथीलाई समेत जिमेलमार्फत पठाएको खुल्न आएकोले पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ।
परिसरका सूचना अधिकारी कुमारप्रसाद मैनालीले ती महिलालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताउनुभयो ।
यसअघि जेठ ६ गते इन्टरपोल्स क्राइम एगेष्ट चाइल्ड युनिटबाट बालिकालाई यौन दुरुपयोग गरेको सम्वन्धी सूचना नेपाल प्रहरीको इन्टरपोल शाखाको प्राप्त भएको थियो ।
तालुक प्रहरी प्रधान कार्यालय साइवर व्युरोबाट प्रारम्भिक अनुसन्धान भई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसमा पुस २० गते प्राप्त भई अनुसन्धान थाले अनुसार यस्तो भेटिएको परिसरले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९, १२:४४:००