Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
मंगलबार, चैत १४, २०७९ १२ : ०७ : २२
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Trending
  • #दाङ
  • #बर्दिया
  • #बाँके
  • #संरक्षण
  • #सुरक्षा
  • #चौथो अंग
  • #अपराध
पालिका
  • Home
  • पालिका
  • सार्वजनिक शौचालय नभएको नेपालगन्ज
सार्वजनिक शौचालय नभएको नेपालगन्ज
नेपालकागज
बिहीबार, फागुन १८, २०७९ नेपालकागज

बाँके । पश्चिम नेपालको प्रमुख ब्यापारिक केन्द्रको रुपमा नेपालगन्जमा सार्वजनिक शौचालयको समस्या खड्किएको छ । 

यहाँ स्वास्थ्य, शिक्षा र उद्योग व्यापारका लागि सेवा लिनेको दैनिक अत्यधिक भिड हुन्छ । तर शौच गर्न भने असुविधा छ ।  

छिमेकी मुलुक भारतसँग सीमा जोडिएको बाँकेमा दुई देशका नागरिकको आवतजावत अत्यधिक हुने गर्दछ । तर भीडभाड हुने बजारका विभिन्न चोक तथा सार्वजनिक स्थानमा सार्वजनिक शौचालय नहुँदा सबैले सास्ती खेप्दै आएका छन् । हाल भएका सार्वजनिक शौचालय प्रयोगविहीन अवस्थामा छन । 

नेपालगन्ज धम्बोझी चोक नजिकै कृषि विकास बैंकको छेउमा सार्वजनिक शौचालय देखेर बाँकेको डुडुवा गाउँपलिका–४ का भोला गुप्ताले रिक्सा रोक्नुभयो । तर शौचालय बन्द देखेपछि उहाँ फर्किनुभयो । अरु पनि यसैगरी आउने र फर्किने गरेका स्थानीय वासुदेव पन्तले बताउनुभयो ।  

स्वचालित शौचालयमा आफैं सफा हुने प्रविधि जडान गरिएको छ । विजुली नभए पनि सोलारबाट चल्ने र प्रविधिमा समस्या आए व्यक्ति आफैले सफाइ गर्न सक्थे । 

महिला र पुरुष गरी आठ कोठाको शौचालय सञ्चालनको छ महिना नपुग्दै अस्तव्यस्त बनेको छ । सार्वजनिक शौचालय नहुँदा खाजा नास्ताको बहानामा होटेल रेष्टुराँ धाउनुपर्ने बाध्यता रहेको नेपालगन्ज आउनुभएका दाङका कुमार डिसी बताउनुहुन्छ । 
 
धम्बोझी चोकमा करिब तीन वर्षअघि सञ्चालनमा आएको स्वचालित शौचालय केही समयमै प्रयोगविहीन भएको छ । “लामो समयदेखि शौचालय प्रयोगविहीन भएर थन्किएको छ”, नेपालगन्ज उमहानगरपालिकाका वातावरण विभागका इन्जिनियर प्रकाश डिसीले भन्नुभयो, “शौचालयलाई कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा छलफल चलिरहेको छ ।”

स्वचालित शौचालयमा समय समयमा समस्या आउने गरेको छ । समस्या समाधानका लागि दक्ष प्राविधिकको अभाव छ । त्यसैले शौचालय बन्द भएको उपमहानगरपालिकाले जनाएको छ ।  

नेपालगन्ज उपमहानगरपालिकाले एशियाली विकास बैंक (एडीबी)को सहयोगमा रु ५९ लाखमा चार घुम्ती शौचालय २०७५ सालमा ल्याएको हो । नेपालगन्जका मुख्य चोक तथा बजार साघुरिएकाले स्थान अभावका कारण घुम्ती शौचालयको व्यवस्थापन गर्न सकिएको छैन । 

उहाँले भन्नुभयो, “हामीले नगरका विभिन्न स्थानमा घुम्ती शौचालय राख्यो, त्यसपछि स्थानीयद्वारा नै विरोध भएपछि त्यसलाई अहिले थन्काएका छौँ, मुख्य समस्या अहिले स्थानको छ ।”

नेपालगन्ज बजारमा भेरी अस्पताल, जिल्ला सहकारी सङ्घ, नगरभवन, रानीतलाउ तरकारी मण्डी, महेन्द्रपार्क, बागेश्वरी मन्दिरलगायतका ठाउँमा गरी करिब एक दर्जन बढी सार्वजनिक शौचालय रहेका छन् तर तीमध्ये अधिकांश शौचालय व्यवस्थापनको अभावमा प्रयोगविहीन छन् । 

नेपालगन्जको मुख्य चोक सुर्खेतरोड र घरबारीटोल तथा खजुरारोड आसपासका व्यवसायी तथा यात्रु र बटुवाको सहजताका लागि सार्वजनिक शौचालय निर्माण गरिए पनि प्रयोगविहीन भएपछि नागरिकलाई शौचका लागि समस्या हुने गरेको छ ।


प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९, १२:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आन्तरिक पर्यटक तान्दै घोराहीको चरिङ्गे दह
आन्तरिक पर्यटक तान्दै घोराहीको चरिङ्गे दह मंगलबार, चैत १४, २०७९
तुलसीपुरमा स्थानीयले पिपल फाल्न नदिएपछि...
तुलसीपुरमा स्थानीयले पिपल फाल्न नदिएपछि... बिहीबार, चैत ९, २०७९
पर्यटकको आकर्षक गन्तव्य बन्दै तुलसीपुरको छिल्लीकोट
पर्यटकको आकर्षक गन्तव्य बन्दै तुलसीपुरको छिल्लीकोट बिहीबार, चैत २, २०७९
डुबानको समस्या समाधान गर्न नेपालगन्जका नाला सफा गरिँदै
डुबानको समस्या समाधान गर्न नेपालगन्जका नाला सफा गरिँदै आइतबार, फागुन २८, २०७९
भर्खरै
वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील छ : प्रधानमन्त्री दाहाल
वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील छ : प्रधानमन्त्री दाहाल नेपालकागज
आन्तरिक पर्यटक तान्दै घोराहीको चरिङ्गे दह
आन्तरिक पर्यटक तान्दै घोराहीको चरिङ्गे दह नेपालकागज
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर मृत्यु
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर मृत्यु नेपालकागज
बर्दिया मधुवनमा हात्ती गाउँ छिरेपछि...
बर्दिया मधुवनमा हात्ती गाउँ छिरेपछि... सन्दिप नाथ योगी
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ नेपालकागज
लोकप्रिय समाचार
  • Week
  • Month
तुलसीपुरमा स्थानीयले पिपल फाल्न नदिएपछि...
तुलसीपुरमा स्थानीयले पिपल फाल्न नदिएपछि...
#बर्दिया
बर्दिया मधुवनमा हात्ती गाउँ छिरेपछि...
#बाँके
बाँकेको राप्तीसोनारीबाट सामुदायिक वन अध्यक्ष सहित आठजना पक्राउ
#बाँके
बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी
वृद्धभत्ता पाउने उमेरमा नागरिकता !
तुलसीपुरमा स्थानीयले पिपल फाल्न नदिएपछि...
तुलसीपुरमा स्थानीयले पिपल फाल्न नदिएपछि...
#दाङ
पर्यटकको आकर्षक गन्तव्य बन्दै तुलसीपुरको छिल्लीकोट
#बर्दिया
बर्दियाको खैरापुरबाट २० लाख बराबरका भन्सार छलीका सामान सहित दुई जना पक्राउ 
#नेकपा (एमाले)
जनयुद्धका कारण मुलुकमा राजतन्त्रको अन्त्य भएको होइन : अध्यक्ष ओली
विदेशमा सीप सिकेर स्वदेशमा लगानी
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© Nepal Kagaj-2023 All rights reserved. Powered by: SoftNEP