बर्दिया । बर्दिया प्रहरीले जबरजस्ती करणी मुद्दामा करिब २४ वर्ष देखी फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिका -०३ बस्ने प्रकाश शाहलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले ठाकुरबाबा नगरपालिका-०१ भुरिगाउँमा बाटोमा हिँडिरहेको अवस्थामा २०७९/१०/१० गते पक्राउ गरेको हो ।
बर्दिया जिल्ला अदालत गुलरियाको मिति २०५६/०३/१३ गतेको फैसला आदेशले जबरजस्ती करणी मुद्दामा १ वर्ष ६ महिना कैद सजाय तोकिएका प्रतिवादी शाह २३ वर्ष ७ महिना पछि पक्राउ परेका हुन ।
शाहलाई बर्दिया प्रहरीले पक्राउ पश्चात् मिति २०७९/१०/११ गते जिल्ला अदालत गुलरियामा बुझाएको र अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय गुलरिया बर्दिया पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९, १०:५८:००