Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • सशस्त्र र भारतीय सुरक्षा बलबीच छलफल, सूचना आदानप्रदान गर्न संयन्त्र बनाइने 
सशस्त्र र भारतीय सुरक्षा बलबीच छलफल, सूचना आदानप्रदान गर्न संयन्त्र बनाइने 
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी शनिबार, असोज १५, २०७९

छैटौँ नेपाल भारत समन्वयात्मक बैठक¸ २०७९ का लागि मित्रराष्ट्र भारतको सशस्त्र सीमा बल (SSB) का महानिर्देशक डा. सुजोयलाल थाउसेनज्यूलाई सशस्त्र प्रहरी बल¸ नेपाल प्रधान कार्यालयमा स्वागत गर्नुहुँदै संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल । तस्बिर स्रोत - एपिएफ हेडक्वाटर 

काठमाडौं । नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा सुरक्षा बलका सुरक्षा अधिकारीहरूबीच काठमाडौंमा भएको सीमा समन्वय बैठकमा सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, अन्तर्देशीय अपराध, लागूऔषध कारोबार तथा साना हातहतियारको बिगबिगी रोक्न एकअर्कालाई सूचना प्रदान गर्नका लागि सूचना संयन्त्र बनाउने सहमति भएको छ । 

नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा सुरक्षा बलबीच काठमाडौंमा भएको सीमा समन्वय बैठकमा भएको सहमति अनुसार सशस्त्र प्रहरीको बाहिनी र भारतको सीमा सुरक्षा बलको कार्टरबीच छिटोछरितो सूचना, अन्तर्देशीय अपराध रोक्न गोप्य सुचना आदानप्रदान, एकअर्कालाई परेको बखत गर्न सकिने अधिकतम सहयोगका लागि समन्वयकारी भूमिका निभाउने गरि सम्पर्क व्यक्ति राख्ने गरि छलफल तथा सहमति भएको नाम नखोल्ने शर्तमा सशस्त्रका एक एआईजीले नेपाल कागजलाई बताउनुभयो ।

काठमाडौँमा भएको उक्त बैठकमा सुरक्षा संवेदनशीलताका बारेमा बृहत छलफल भएको सशस्त्र उच्च स्रोतले नेपाल कागजलाई जानकारी दियो । 

नेपालमा आगामी मंसिर ४ मा हुनलागेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई समेत मध्य नजर गर्दै तथा भारतमा आगामी वर्षमा हुने निर्वाचनलाई समेत ध्यानमा राख्दै सुरक्षा गस्तीलाई निरन्तरता दिने, आवश्यक संवेदनशील सीमावर्ती क्षेत्रमा एकीकृत संयुक्त गस्ती गर्ने सहमति समेत भएको बताइएको छ ।

सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बलबीच यस्तो सहमति भएपनि यि सहमतिका दस्ताबेजमा दुबै देशका सरकारले सहमति प्रदान गर्दै लागू गर्ने निर्णय गर्नुपर्ने हुन्छ ।

त्यस्तै उक्त बैठकमा नेपालले भारतबाट लागूऔषध तस्करी हुँदै नेपाल आएकाले भोलिका देश हाँक्ने युवा वर्ग नशाको दलदलमा फस्न गएको, सामाजिक र आपराधिक समस्या जन्माएकाले नियन्त्रण गर्नेतर्फ सहयोग गर्न आग्रह गरेको छ भने भारतीय सुरक्षा अधिकारीहरूले भने नेपाल हुँदै भारत छिर्ने तेस्रो देशका व्यक्तिको विषयमा चासो लिएका थिए

सीमा सुरक्षाको जिम्मेवारी पाएसँगै सशस्त्र प्रहरी बलले सीमामा निगरानी बढाएको अवस्था छ भने अर्थले समयमै बजेट उपयुक्त मात्रामा नदिँदा सशस्त्रले सीमा सुरक्षाको लागि स्थापना गरेका बोर्डर आउट पोस्टमा पूर्वाधार छैनन् । त्यस्ता सामान्य पूर्वाधार समेत नरहेका घर तथा टेन्टमा बसेर सशस्त्र प्रहरीहरूले सीमा क्षेत्रको गस्ती गरिरहेका छन ।


प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  ११:२६
#सुरक्षा
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्