Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • इन्स्पेक्टर मरासिनीले सुल्झाए दुई बर्ष अघिको बुटवल हत्याकाण्ड, गर्भवतीको हत्यारा पक्राउ
इन्स्पेक्टर मरासिनीले सुल्झाए दुई बर्ष अघिको बुटवल हत्याकाण्ड, गर्भवतीको हत्यारा पक्राउ
नेपालकागज
नेपालकागज सोमबार, भदौ २०, २०७९

सन्जु चालिसे, बुटवल, (सालझण्डी) । मिति २०७७/१०/१० गते दिउसोको फायरलाईन जङ्गलमा घाँस काट्न गएका स्थानीय व्यक्तिले एक गर्भवती महिलाको हत्या भएको अवस्थाको लाश देखेपछि ईलाका प्रहरी कार्यालय सालझण्डी प्रहरीलाई खबर गर्दछन् ।

तत्काल घटनास्थल पुगेको प्रहरीले पूर्वपश्चिम महेन्द्र राजमार्गबाट ८ सय मिटर घना जङ्गलभित्रै पँहेलो स्वेटरले घाँटी कसी रुखको फेदमा बाँधी हत्या गरिएको र अनुहारमा कीरा परिसकेको अवस्थाको उक्त वेवारिसे महिलाको लासको घटनास्थल र लासजाँच मुचुल्का गरी पोस्टमार्टमका लागि उक्त वेवारिसे लासलाई प्रादेशिक अस्पताल बुटबल पठाउँछ ।

सो पश्चात प्रहरीले ति महिला को हुन् र कहाँकी बासिन्दा हुन् भन्ने कुरा पत्ता लगाउन चौतर्फी खोजतलास गर्दछ तर पनि लासको सनाखत नै हुन नसकेपछि उक्त ज्यान मुद्दाको फाइल हालको साउन महिना सम्म पेन्टिङ अवस्थामा नै रहेको हुन्छ ।

ईलाका प्रहरी कार्यालय सालझण्डीमा कार्यालय प्रमुखको रुपमा प्रहरी निरीक्षक जगन्नाथ मरासिनी आए पश्चात पेन्डिङमा रहेको मुद्दाको थप अनुसन्धान गर्ने क्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालयमा २०७७ सालभर हराई हालसम्म पनि फेला नपरेका महिलाहरूको विवरण मगाएर अनुसन्धान गर्छन् तर पनि कहिँकतै कुनै पनि जिल्लामा उक्त हत्या गरिएकी महिलाको सम्बन्धमा कुनै पनि उजुरी वा खोजतलासको लागि दिएको निवेदन समेत फेला पर्दैन ।

त्यस पश्चात प्रहरीले ति महिलाको लासको फोटो र उनले लगाएको कपडा, घडी र माला लिइ स्थलगत रूपमै खोजी गर्दछ । रूपन्देही जिल्लामा केही पत्ता नलागेपछि कपिलवस्तु जिल्लाका बिभिन्न स्थानमा खोजतलासको लागि सई मधु मरासिनीको कमान्डमा प्रहरी टोली नै खटिई गई अनुसन्धानको क्रममा यही साउन महिनामा उक्त हत्या गरी छाडिएकी महिला गुल्मी जिल्ला साविक अर्खवाङ वडा नं २ की ३५ बर्षिया बसन्ती भन्ने धनकुमारी अर्याल रहेको खुल्न आउँछ ।

त्यसपछि प्रहरीले उक्त महिलाका बुबा वर्ष ७० का भक्तिराम अर्याललाई गुल्मीबाट झिकाई उक्त लासको सनाखत गराएको थियो । बुबा भक्तिराम अर्यालले लासको हातमा भएको टाटु, आफ्नी श्रीमतीलाई भनी किनिदिएको घडि श्रीमतीले आफूलाई छोडेर जाँदा नलगेपछि चिनोको रुपमा छोरीलाई दिएको र उनले लगाएको कालो माला र अनुहारको बनावटबाट छोरीको सनाखत गरेका थिए ।

बसन्ती आफैँले नै १५/१६ वर्षको उमेरमा बिहे गरी घरबाट टाढा भएकि थिईन । यसैक्रममा बुटवलको मगरघाटमा बस्ने क्रममा २०७३ सालतिर उनको कपिलवस्तु शिवराज ७ का काशिराम मुराउसँग भेट हुन्छ जुन समयमा उनि मिस्त्री काम गर्ने भोला लोहारसँग दुईछोरीको साथमा बसिरहेकि हुन्छिन्।

कपिलवस्तुको शिवराज न.पा ७ जहभारी बस्ने ३६ बर्षिया काशिराम मुराउ ३ छोरी एक छोराको बाबु हुन्छन् र घरमा श्रीमती समेत हुन्छिन । बसन्तीसँगको प्रेममा परेका लोडर ड्राईभर काशिरामको बसन्तीसँग यौन सम्बन्ध समेत हुन्छ र बसन्ती गर्भवती भएपछि दुबैजना कपिलबस्तुको बुद्धभूमी नगरपालिकास्थित बुड्डी भन्ने स्थानमा २०७७ सालको बैशाखको अन्तिम हप्तादेखि कोठा भाडामा लिएर बसोबास गर्दछन् ।

सोहि बुड्डीमा बसिरहेको समयमा बसन्तीले घरमा बुबा भक्तिराम अर्याललाई फोन गरी हाल आफू काशिराम मुराउसँग रहेको र उनकै गर्भ समेत रहेकाले आफू चैत महिनातिर सुत्केरी हुने भएकिले घिउ बेसार समेत पठाईदिन भन्छिन् । तर सो समयमा काशिरामले बारम्बार गर्भ फाल्नको लागि दवाब दिन्छन् । सो दबाब दिएको कुरामा बारम्बार झगडा भएको र आफूलाई गर्भकै कारण काशिरामले आफ्नो हत्या समेत गर्न सक्ने कुरा बसन्तीले आफ्नी एक साथिलाई बताउँछिन् । 

यसै क्रममा २०७७ सालको पुस महिनाको अन्तिम हप्ता तिर बुटवल गएकी वसन्तिलाई काशिराम मुराउ आफै बुटवल फुलबारि सम्म लिन गई सालझण्डी सम्म बसमा लिइ आई सालझण्डीमा लोकल रक्सि र दालमोट किनी आफुलाई सालझण्डी बजारमा मानिसहरुले चिन्ने हुनाले नजिकैको जङ्गलमा जाउ उतै रक्सी खाई रमाईलो गरौला भनी दिउसोको करिब तिन बजे तिर फायरलाईन जङ्गलमा लिई गई रक्सि सेवन गराई सो समय र स्थानमा आफैले लगाएको गलबन्धीले महिलाको घाटि कसी हत्या गरी लाश नचिनियोस भनेर महिलाले लगाएको स्युटरले मुखमा बेरी नजिकैको रुखमा बाधि दिई उक्त रक्सिको बोतल र महिलाले लगाएका चप्पलहरु समेत वाणगगां नदिमा बगाई दिई फरार भएको कुरा अनुसन्धानको क्रममा हाल खुल्न आएको छ ।

 
हत्या भएको केही समय पछि निजै काशिराम मुराउले बसन्ताका वुवालाई फोन गरी वसन्ता हराएकी छिन मैले खोजी रहेकी छु, प्रहरी समेतमा मैले नै खबर गरेको छु तपाईले केही गर्न पर्दैन भनी फोन गर्ने गरेका थिए ।कतै कुनै माध्यमबाट बुवाले केही थाहा पाएकि भन्ने कुरा बुझ्नको लागी २०७९ सालको वैशाख महिना सम्म समेत बसन्तीको वारेमा केही पत्तो पाउनु भयो भएन भनी गाउमा बस्ने वसन्तिका ७० बर्षीया वुवा भक्तिराम अर्याललाई सोध्ने गरेका थिए ।

  
प्रहरीले अनुसन्धान गर्ने क्रममा वुवाबाट महिलाको सनाखत गराएकोमा मृतकका बुबाले काशिराम मुराउले  नै  आफ्नी छोरीको हत्या गरेको भनी प्रहरीमा किटानी जाहेरी दिएपश्चात प्रहरीले थप अनुसन्धानको क्रममा काशिराम मुराउलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको भनी प्रहरी निरिक्षक जगन्नाथ मरासीनिले बताए ।

यस्तो छ घटनाको नालिबेली 

मिति २०७७।१०।१० गते दिउसो अ. १४.३० बजेको समयमा जिल्ला रूपन्देही सैनामैना नगरपालिका वडा न. ११ शितलापुर फायर लाईन महेन्द्र राजमार्ग देखी दक्षिण तर्फ रहेको शान्ति सामुदायिक बनको घना  जङ्गलमा सात महिनाको गर्भ समेत पेटमा रहेकी तत्काल नाम थर वतन नखुलेकी वर्ष अ.३०।३२ कि महिलाको शंकास्पद अवस्थाको लाश फेला परेकोमा ईलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोलिद्दारा अनुसन्धान गरी दुई वर्ष पछी निज महिलाको सनाखत हुनका साथै हत्यामा सम्लग्न जिल्ला कपिलबस्तु शिवराज नगरपालिका बडा न. ७ बस्ने वर्ष ३६ को काशिराम मुराउलाई समेत पक्राउ गरी ज्यान सन्बन्धी कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भई रहेको  ।

घटनाक्रमः

Ø   मृतक महिलाको घर जिल्ला गुल्मी साविक अर्खवाङ गाविस वडा न. २ भई जिल्ला रूपन्देही तिलोत्तमा नगरपालिका वडा न. ३ मा बस्ने गरेकी वर्ष ३४ कि वसन्ती भन्ने धन कुमारी अर्याल रहेकी, निजका पुर्व श्रिमान तर्फ दुई छोरी समेत रहेका,

Ø   ईलाका प्रहरी कार्यालय सालझण्डीमा प्रहरी निरिक्षक जगन्नाथ मरासिनीको आए पश्चात उक्त घटना अनुसन्धानलाई तिव्रता दिई प्रनानी मधु मरासीनिको कमान्डमा विशेष अनुसन्धान टोली खटाएकोमा खटिएको टोलिले रूपन्देही जिल्लाका विभिन्न स्थानहरु, कपिलबस्तु जिल्लाका जहदी, चार नम्वर पिपरा बुड्ढि चन्द्रैटा लगायतका स्थानमा एक हप्ता खटिई गई मृतकको पहिचान खुलाउनुका साथै हत्या गरेर २ वर्ष सम्म फरार रहेका प्रतिवादी काशीराम मुराउलाई पक्राउ गरि ल्याएको ।

Ø   मृतक वसन्ता र प्रतिवादी काशीराम मुराउ बिच विगत ४ वर्ष पहिले देखी प्रेम सन्बन्ध रहेकोमा निज प्रतिवादीको घरमा श्रिमति तिन छोरी र एक छोरा समेत रहेका , अवैध सम्बन्ध बाट गर्भ रहन गएकाले निज प्रतिवादी काशिराम मुराउले प्रेमिका वसन्तालाई जङ्गलमा लगी घाटि थिचि हत्या गरी रुखमा वाधि फरार रहेको कुरा हाल खुल्न आएको

Ø   मृतकका बुवा वर्ष ७० का भक्तिराम अर्यालले  आफ्नी छोरी वसन्ता भन्ने धन कुमारी अर्याललाई निजले लगाएका आफुले किनि दिएको घडि आमाले दिएको कालो घडी र हातमा रहेको टाटु,  अनुहारको वनावटका आधारमा सनाखत गरेका,  

Ø   प्रतिवादी काशीराम मुराउलाई मिति २०७९।०५।१६ गते पक्राउ गरी ज्यान सन्बन्धी कसुर मुद्दामा सम्मानित जिल्ला अदालत रुपन्देहीवाट दिन सातको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको ।


प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १४:०१
#लुम्बिनी प्रदेश
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्