Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • बर्दियाको मधुवनमा जनताको स्वास्थ्यसँग गम्भीर खेलवाड, म्याद गुज्रिएका सामाग्री बाँडियो
बर्दियाको मधुवनमा जनताको स्वास्थ्यसँग गम्भीर खेलवाड, म्याद गुज्रिएका सामाग्री बाँडियो मधुवन नगरपालिकाले पठायो म्याद नाघेका स्वास्थ्य सामाग्री
हरि गुरुङ
हरि गुरुङ मंगलबार, साउन २४, २०७९

बर्दियाको मधुवनमा जनताको स्वास्थ्यसँग गम्भीर खेलवाड, म्याद गुज्रिएका स्वास्थ्य सामाग्री बाँडियो

मधुवन नगरपालिकाले पठायो म्याद नाघेका स्वास्थ्य सामाग्री 

हरि गुरुङ, अनोज थारू, बर्दिया । सुन्दा अचम्म लाग्छ, भन्दा लाज लाग्छ ! मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओली र स्वास्थ्य शाखा प्रमुख मणिराम आचार्यले जनताको स्वास्थ्यसँग गम्भीर खेलवाड गरेका छन । 

उनीहरूले वडा नम्बर १ देखि ९ सम्मका सयौँ जनतालाई म्याद गुज्रिएको स्वास्थ्य सामग्री बाँडेका छन । यो घटनाको छानबिन गर्न समिति बनेको मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले नेपाल कागजलाई जानकारी दिनुभयो ।

के हो त घटना ?

मधुवन नगरपालिकाले विकट क्षेत्रमा बस्ने विपन्न बर्गका स्थानीयलाई कोभिडको सङ्क्रमणले पुन गति लिएको अवस्थामा स्वास्थ्य सामाग्रीहरू बाँड्यो । सर्वसाधारणहरू पनि लाइन लागेर खुशीका साथ २५० र ५०० एमएलका ह्यान्ड स्यानिटाइजर, २ लिटरको लिक्विड स्यानिटाइजर लगायत ५०० एमएलको फिनायल लिएर घर फर्किए । उनीहरूले उक्त ह्यान्ड वास र ह्यान्ड स्यानिटाइजर आफूले पनि प्रयोग गरे र आफ्ना साना नानीबाबुलाई पनि प्रयोग गर्न दिए । यसै क्रममा केही स्थानीयलाई छाला चिलाउने जस्ता समस्या देखिन थाले । बिस्तारै यो कुरा मधुवन नगरमा फैलियो । स्यानिटाइजरको एक्स्पायरी(प्रयोग गर्न मिल्ने अधिकतम मिति) सिद्धिएको भेटियो । 

यता यो समाचार तयार पार्दा सम्म मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओली मोबाइल स्विच अफ गरेर काठमाडौँमा बस्नुभएको छ भने स्वास्थ्य शाखा प्रमुख मणिराम आचार्य बिदा लिएर बस्नुभएको छ । 

तस्विर : २०२२ जुनमा म्याद सकिएको स्वास्थ्य सामाग्री २ महिनापछि अगस्टमा बाँडिएको छ ।  

प्रमुख प्रशासकीय अधिकृत अहिले विवादमा पर्नुभएको छ । स्वास्थ्य शाखा प्रमुखले नै जनताको स्वास्थ्यसँग खेलवाड गर्दा समेत प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीले संरक्षण गरेको स्थानीयको आरोप छ ।

यस्तो गम्भीर लापरबाही गर्ने, जनताको स्वास्थ्यमाथि खेलवाड गरेर गम्भीर अपराध गर्ने प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीमाथि अनुसन्धान तथा छानबिन हुनुपर्ने स्थानीय मधुवन नगरवासीको माग छ । 

"के प्रमुख प्रशासकीय अधिकृतले आफैले यस्तै म्याद गुज्रिएका सामानले हात धुने थिए होला त ? के उहाँले आफ्नो परिवारलाई यस्तै म्याद गुज्रिएका सामान किनेर दिनुहुन्छ होला त ? अहिले प्रश्न उठेको छ, "के मधुवन नगरवासी प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीको परिवार होइनन् ? जनताले तिरेको करबाट तलब भत्ता सुविधा लिएर जनताकै स्वास्थ्यसँग खेलवाड गर्ने अधिकार कसले दियो ?", मधुवन नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नारायण मल्लले भन्नुभयो ।

तस्विर : २०२२ जुनमा म्याद सकिएको स्वास्थ्य सामाग्री २ महिनापछि अगस्टमा बाँडिएको छ ।  

वडा अध्यक्ष मल्लले भन्नुभयो, "उनको स्वास्थ्य र जनताको स्वास्थ्यमा के फरक छ ? सोझासाझा जनतालाई म्याद नाघेको स्यानिटाइजर बाँडेर ठूलो नितिगत भ्रष्टाचार भएको छ । कतै कमिसनको खेलमा यो भएको त होइन भन्ने प्रश्न तेर्सिएको छ । तर प्रमुख प्रशासकीय अधिकृत मस्तसँग काठमाडौँमा बसेका छन ।"

नगरपालिकाको गोप्य स्रोतका अनुसार मधुवनका नगरप्रमुख तेज बहादुर भाटले गाडी नचढ्ने भनेर घोषणा गर्नुभयो । तर अहिले सो गाडी कर्मचारीका छोराछोरी र श्रीमतीलाई राष्ट्रिय निकुन्ज घुमाउन, काठमाण्डौँ छोड्न तथा लिन जान प्रयोग भइरहेको छ । यात नगरप्रमुखले उक्त गाडीलाई एम्बुलेन्स गराउनुपर्थ्यो, होइन भने आँफै प्रयोग गर्नुपर्थ्यो । अहिले नगरप्रमुखले नचढेको गाडीलाई केही कर्मचारीले दोहन गरिरहेको समेत् आरोप लागेको छ । मधुवनमा राज्यको ढुकुटीको मनपर्दी असिमित खर्च भएको आरोप लागेको छ ।

स्रोतका अनुसार मधुवन नगरपालिका मेयर भाटले पालिका चलाउनुभएको छ की कर्मचारीले बुझिनसक्नु छ । स्रोतका अनुसार नगरप्रमुखलाई कर्मचारीले टेर्ने गर्दैनन । चाहिने भन्दा धेरै सोझा भएकाले नगरप्रमुख भाटलाई कर्मचारी वृत्तले असफल बनाउन प्रयत्न गरिरहेको छ ।

मधुवन नगरपालिकाका एक कर्मचारीले माओवादी पार्टीका नेता कार्यकर्ताले कर्मचारीहरूलाई नै असफल बनाउन लागिपरेको दाबी गरेका छन । तर एक माओवादी नेताले नेपाल कागजलाई भन्नुभयो, "यो नगर हाम्रो हो । राम्रो काममा हाम्रो साथ सदैव रहन्छ तर निगरानी पनि रहन्छ । आर्थिक चलखेल तथा जनताको स्वास्थ्यसँग खेलवाड गरेपछि हामी चुप लागेर बस्न सुहाउँछ ?"      

यता मधुवन नगरपालिकाका कर्मचारीहरुले पत्रकारसँग नै बिज्ञापनको बिल पास गर्दा घुस मागेको आरोप छ । पत्रकारहरुले नियमसंगत ढंगबाट बिज्ञापन बापत पाउनुपर्ने रकम रोक्का गरेर अपमान तथा मानमर्दन गर्ने गरेको आरोप छ । घुस नदिए काम नबन्ने, भुक्तानी नदिने बार्गेनिङ गर्ने प्रवृति मधुवन नगरपालिकाका केही कर्मचारीले गर्ने गरेको एक पत्रकारले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, "पत्रकारसँग त कमिसन नखाएर बिल पास गर्दैनन भने सर्वसाधारण जनताको हालत के होला ? अचम्म त के छ भने कहिल्यै प्रकाशित नहुने पत्रीकाले बिज्ञापन रकम पाएका छन । वास्तविक श्रमजिवी पत्रकारको नियमानुसार पाउनुपर्ने रकम रोकिएको छ । आफ्ना नजिककालाई सेटिङ्मा कमिसन लिएर बिज्ञापनको रकम निकासा गरिन्छ तर श्रमजिवी पत्रकार तथा मिडियाबाटै मधुवन नगरका केही कर्मचारीले घुस ठाडै माग्छन । खोइ नगर प्रमुख तेज बहादुर भाटले भ्रष्टचार खतम गर्छु भन्नुभएको थियो । सुरुवात यहीँबाट गर्नुपर्छ, उहाँले छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ ।"

यस आरोपको नेपालकागज टिमले छुट्टै अनुसन्धान सुरु गरेको छ । कुन-कुन पत्रिका र पत्रकारलाई संचार ऐन स्थानीय निकायको कार्यबिधी अनुसार दिनुपर्ने बिज्ञापन बापतको बिल पास नगरेर रोकिएको छ, त्यसको बारेमा केही समयमै हामीले खुलासा गर्नेछौँ र घुस ठाडै पत्रकारसँग माग्ने अधिकारीको नाम प्रकाशित गर्ने छौँ ।

बिबादित छबिका मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीले सेटिङमा ठेक्का दिने र कमिसन असुल्ने गरेको पनि आरोप लागेको छ ।

कमिसनकै खेलमा म्याद गुज्रिएका स्वास्थ्य सामाग्री बाँडिएको यहाँका स्थानीयको आरोप छ ।

मधुवन नगरपालिकाले नौ वटै वडाहरुमा म्याद नाघेका स्वास्थ्य सामाग्री पठाएको भेटिएको छ ।
म्याद नाघेका स्वास्थ्य सामाग्री १३ गते शुक्रबार नौ वडाहरुमा पठाएको हो । 

यसै बिषयमा लागेको आरोपको प्रतिक्रियाको लागि नेपालकागजले सम्पर्क गर्दा प्रमुख प्रशासकीय अधिकृतको मोबाइल स्विच अफ छ । केही  समयपछि पुन पटक पटक सम्पर्क गर्दा फोन अन भएपनी उहाँले फोन उठाउनुभएन । प्रतिक्रियाको लागि हामिले उहाँलाई मेसेज समेत गरेका थियौँ तर कुनै जवाफ आएन ।

नेपाल कागजले प्रतिकृयाको लागि पठाएको मेसेज 

मधुवन नगरपालिकामा जनताको स्वास्थ्य जस्तो अति सम्वेदनशिल विषयमा खेलवाड गर्ने निन्दनीय काम भएको छ । 

यसै विषयमा मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट सङ्ग प्रतिक्रिया माग्दा उहाँले प्रतिक्रिया दिँदै भन्नुभयो, "पालिकाबाट त्यस्तो किसिमको गलत काम भएको छ भने म काराबाही गर्छु र हामीले यसै विषयको छनबिन गर्न नगर कार्यपालिकाबाट छानबिन समिति समेत तयार पारेका छौ, समितिको प्रतिवेदन आएपछि जो सुकै होस कारबाही हुन्छ। स्वास्थ्य जस्तो अति संबेदनसिल कुरामा खेलवाड गर्ने जो कोहि होस कारबाहीको भागिदार अवश्य बन्छ ।"

बर्दियाका पत्रकारसँग घुस माग्ने कर्मचारीको नालीबेली केही समयमै प्रकाशन गर्नेछौँ । .स

 

 


प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १५:०८
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्