Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • सडकलाई नै आश्रय बनाएर हिंड्ने व्यक्तिको पनि मिर्गौला बिक्रीको प्रयास...
सडकलाई नै आश्रय बनाएर हिंड्ने व्यक्तिको पनि मिर्गौला बिक्रीको प्रयास...
नेपालकागज
नेपालकागज आइतबार, साउन १, २०७९

नारायण ढुङ्गाना, काठमाडौँ । काठमाडौँको सडकलाई नै आश्रय बनाएर हिंड्ने व्यक्तिको पनि मिर्गौला बिक्रीको प्रयास भएको छ । 

मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराधमा संलग्न एक समूहले सडकमा आश्रित मानवलाई प्रलोभनमा पारेर मिर्गौला बिक्री उद्योग गरेको पाइएको हो । 

उनीहरुलाई मनाउन सजिलो हुने भएकाले गिरोह सडक आश्रित मानवको अङ्ग बिक्री उद्योगमा लागेको प्रहरीले जनाएको छ ।

उनीहरुको योजना प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोको टोलीले यसपटक असफल पारिदिएको छ ।

सडक बालबालिकालाई प्रलोभनमा पारी मिर्गौला बिक्रीका लागि भारत लैजाने दिनमै प्रहरीले उक्त योजना विफल बनाइ तीन जनालाई उद्धार गर्न सफल भएको छ ।

मिर्गौला बेचबिखन उद्योगमा संलग्न रहेको आरोपमा प्रहरीले रामेछापको मन्थली नगरपालिका–५ घर भई भक्तपुरको थिमी बस्ने २८ वर्षका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीको तम्घास घर भई काठमाडौँ महानगरपालिका–७ गौशाला बस्ने विजय कुँवर, दैलेख घर भई काठमाडौँको कालोपुल बस्ने भूपेन्द्र शाही र विमलबहादुर शाही तथा झापा घर भई भक्तपुर बस्ने आशिष तामाङलाई पक्राउ गरेको ब्युरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।

उनीहरु सबै नेपालबाट मानिस भारतसम्म पुर्‍याउने समूहका हुन् । भारतबाट अर्काे समूह परिचालन हुने गरेकाले सङ्गठितरुपमा मानव बेचबिखनमा संलग्न रहेको मल्लले जानकारी दिनुभयो ।

उक्त गिरोहले यसअघि नै तीन जनालाई भारत पुर्‍याइसकेको पाइएको र उनीहरुको अवस्था थाहा हुन सकेको छैन । 

उहाँका अनुसार आरोपी रोका र कुँवरले अन्य प्रतिवादीलाई परिचालन गरी काठमाडौँको सडकपेटीमा हिँड्ने व्यक्तिसँग चिनजान गरी प्रलोभनमा पारेर मिर्गौला बेचबिखन गर्न लगाउने गरेका थिए । 

उनीहरुले भारतको कोलकातामा गइ मिर्गौला बिक्री गर्दा रु पाँच लाख कमाइ हुने र रु ५० हजार पर्ने मोबाइल पनि पाइने भनी प्रलोभन दिएको खुल्न आएको छ ।

उनीहरुले सडक बालबालिकालाई मनाएर गत असार १५ गते मिर्गौला  बिक्रीका लागि भारत लैजाने योजना बुनेका थिए । 

उक्त सूचना प्राप्त भएपछि व्युरोको टोलीले भूपेन्द्र शाही, विजय कुँवर र विमलबहादुर शाहीलाई पक्राउ गरेको थियो ।

उनीहरुको बयानका आधारमा रोका र छोटे भन्ने आशिष तामाङलाई असार २८ मा पक्राउ गरिएको हो ।

अनुसन्धानमा शाही र रोकाले यसअघि आफ्नै मिर्गौला बिक्री गरेको र त्यसपछि अन्य व्यक्तिको मिर्गौला खरिद बिक्रीमा अपराधमा संलग्न भएका हुन् ।

पक्राउ परेकामध्ये रोकाले मिर्गौला प्राप्त गर्ने व्यक्तिसँग मोलमोलाई गर्ने, ग्रहणकर्ताको आवश्यकताअनुसार मिर्गौला दाता खोज्न सहयोगी परिचालन गर्ने, पीडितलाई भारत लैजाने र मिर्गौला झिकेपछि नेपाल फर्काने कार्य गर्ने गरेको प्रहरीले दाबी छ । 

आरोपी कुँवरले रोकाको निर्देशनमा ग्रहणकर्ताको रक्त समूह यकीन गर्ने, पीडितलाई भारतसम्म लैजान सहयोग गर्ने गरेको खुलेको छ ।

यस्तै शाही र तामाङले भने मिर्गौला दाताको खोजी गर्ने, प्रलोभनमा पार्ने र सुरक्षितसाथ होटलमा राख्ने कार्य गर्ने गरका पाइएको छ । 

उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार म्याद थप गरी कारवाही प्रक्रिय अघि बढाइएको ब्युरोले जानकारी दिएको छ ।

ब्युरोका अनुसार मुलुकमा आर्थिक वर्ष २०७८÷७९ मा मानव बेचबिखनका १४२ मुद्दा दर्ता भएका छन् ।

उक्त मुद्दामा १७८ जनालाई पक्राउ गरी कारवाही चलाइएको छ । अहिलेसम्म बेचबिखन अपराधका १०९ आरोपी फरार छन् ।

ब्युरोका अनुसार विभिन्न क्षेत्रबाट ५० जनाको उद्धार गरिएको छ । प्राप्त विवरणअनुसार भारतबाट सबैभन्दा बढी १५ जनाको उद्धार गरिएको छ ।

यस्तै ओमान, कुवेत, श्रीलङ्का, इराकबाट एक-एक गरी १७ जनाको उद्धार गरेको जनाइएको छ । 

ब्युरोका अनुसार वैदेशिक रोजगारसम्बन्धीका सात मुद्दा दर्ता भई २१ अभियुक्तमध्ये आठ जनालाई पक्राउ गरिएको छ । 

प्रहरीको वैदेशिक रोजगार विभाग शाखाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन बढ्दो रहेकाले यसतर्फ पनि प्रहरीले निगरानी बढाएको जानकारी दिनुभयो । 

उहाँले पैसा नउठ्ने डरले पीडितहरु भने मुद्दा दर्ता गर्न डराउने गरेको पनि जानकारी दिनुभयो ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लगेमा तथा प्रचलित कानुनबमोजिमबाहेक मानिसको अङ्ग झिकेमा मानव बेचबिखन गरेको मानिने उल्लेख छ । 

कुनै प्रकारको फाइदा लिई वा नलिइ वेश्यावृत्तिमा लगाउनेलाई दशदेखि १५ वर्षसम्म कैद र रु ५० हजारदेखि एक लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । 

यस्तै मानव बेचबिखनका लागि विदेश लैजानेलाई दश वर्षदेखि १५ वर्ष कैद र रु ५० हजारदेखि एक लाखसम्म जरिवानाको व्यवस्था छ । 

मानव बेचबिखन वा ओसारपसारको कसूर गर्न दुरुत्साहन, षड्यन्त्र वा उद्योग गर्नेलाई वा सो कसूरको मतियारलाई सो कसूर गर्दाको हुने सजायको आधा सजाय हुने व्यवस्था छ । 

टोखाको खाजा घरमा बेश्यावृत्ति

ब्युरोले काठमाडौँको टोखास्थित एक खाजा घर सञ्चालन गरी कोठासमेत भाडामा लिएर बालिकालाई बेश्यावृत्तिमा लगाउने गरेको फेला पारेको छ ।  

उक्त आपराधिक कार्यक्रम संलग्न रहेको आरोपमा इलाम घर भई काठमाडौँको टोखा बस्ने चिनिमाया लिम्बूलाई पक्राउ गरी शुक्रबार अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको छ । 

अरोपी लिम्बूले आउने ग्राहकसँग एक हजार लिने गरेको र प्राप्त रकम आफैँले नै राखेर बालिकालाई जबर्जस्ती बेश्यावृत्तिमा लगाउने गरेको पाइएको ब्युरोका प्रहरी उपरीक्षक धमलाले जानकारी दिनुभयो ।

पैैसा लिई वा नलिइ बेश्यावृत्तिमा लगाएमा मानव बेचबिखन गरेको मानिने कानुनी व्यवस्था छ ।

उक्त विषयमा कसैलाई जानकारी गराए ज्यान मार्ने धम्की दिई बालिकालाई बन्धक बनाएर राखेको अवस्थामा ब्युरोको टोलीले उद्धार गरेको थियो ।


प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १८:४३
#अपराध
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्