काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रालयबाट बिदा हुन लाग्दा आयोजित पत्रकार सम्मेलनमा आँखाबाट आँसु निकाल्दै रुनुभएको छ ।
मन्त्रालयमा आइतबार बेलुकी आयोजित पत्रकार सम्मेलनमा मन्त्री झाँक्री भक्कानिएर रुनुभएको हो ।
शहरी विकास मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा मन्त्री झाँक्रीले गरेको कामको बारेमा पत्रकारहरुलाई मन्त्रालयका सहसचिवले जानकारी गराउँदा उहाँ भावुक हुनुभएको हो ।
नेकपा एकीकृत समाजवादीले पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ मन्त्रीको नाम पठाएको छ ।
प्रकाशित मिति: आइतबार, असार १२, २०७९, १९:०६:००