काठमाडौँ । काठमाडौँ ल्याउँदै गरेको ३६ ग्राम लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ नागढुङ्गाबाट पक्राउ परेका छन ।
काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा. प्र.०३-००१ ख २३१४ नम्बरको यात्रु बाहक बसलाई चेक जाँच गर्दा ३६ ग्राम लागूऔषध ब्राउन सुगर सहित झापाको शिवताक्षी नगरपालिका वडा नं. ११ बस्ने ३२ वर्षीय पूर्ण बहादुर बिश्वकर्मा पक्राउ परेको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले जानकारी दिएको छ ।
चेकजाँचका क्रममा झोलामा लुकाएर राखिएको अवस्थामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर फेला परेको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले बताएको छ ।
पूर्ण बहादुर बिश्वकर्मा उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ को कसूरमा महानगरीय प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरी प्रभाग नागढुङ्गाले जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९, १७:५५:००