Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल तेस्रो लहरको तयारीमा जुट्यो
मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल तेस्रो लहरको तयारीमा जुट्यो
नेपालकागज
नेपालकागज आइतबार, असार २७, २०७८

भक्तपुर । कोभिड–१९ को तेस्रो लहर आउनसक्ने जोखिम बढ्दै गएपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल मध्यपुरथिमिले त्यसको तयारी थालेको छ । अस्पतालले दोस्रो लहरको महामारीसँग जुध्दै तेस्रो लहरका लागि तयारी शुरु गरेको अस्पताल सञ्चालन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्य विज्ञहरुले तेस्रो लहर आउने र त्यसको तयारी गर्नुपर्ने बताउँदै आएको तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले तेस्रो लहरको तयारी गर्न अस्पताललाई आह्वान गर्नुभएको छ । यसअघि नै अस्पतालले तेस्रो लहरबाट सङ्क्रमित बालबालिकासहितको उपचारमासमेत ध्यान दिँदै अस्पतालले तयारी थालेको हो ।

नेपालमा पनि कोरोना भाइरसको डेल्टा भेरियन्टको नयाँ म्युटेसन देखापरिसकेको र यो थप सङ्क्रामक रहने भएकाले सङ्क्रमित बिरामीको उपचारमा ध्यान दिँदै अस्पतालले आवश्यक स्वास्थ्य सामग्री ल्याउने, शय्या थप गर्नेलगायत आवश्यक तयारी शुरु गरेको हो ।

समितिका अध्यक्ष एवं नगरप्रमुख श्रेष्ठका अनुसार अस्पतालले आइसीयू, एचडीयू, भेन्टिलेटर र शय्या थप्ने काम धमाधम भइरहेको बताउनुभयो । कोरोनाको दोस्रो लहरमा अस्पतालले १६ शय्याको आइसीयूसहित १०२ शय्या सञ्चालन गरेकामा अब थप शय्या व्यवस्थित गर्ने भएको छ । नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “कोरोना भाइरसको तेस्रो भेरियन्टको तयारीमा हामी जुटिसकेका छौँ, अहिले अस्पतालको प्रशासकीय भवनलाई माथिल्लो तलामा सारेर त्यसमा बच्चाका लागि कोभिड वार्ड बनाउन शुरु गरेका छौँँ, उमेरअनुसार ठूला–साना बच्चाका लागि नौवटा आइसीयूसहितको बच्चाको कोभिड वार्ड बनाउँदैछौँ ।”

अस्पतालले कोरोना भाइरस परीक्षणको दायरा बढाउने गरी पिसिआर मेसिनसमेत थप गर्ने भएको छ । हाल दुईवटा पिसिआर मेसिन सञ्चालनमा रहेको यस अस्पतालमा अब अर्को मेसिन थप गर्न लागेको उहाँले बताउनुभयो ।

अस्पतालमा रु १३ करोडको लागतमा रेडियोलोजी भवनसमेत निर्माण भएको छ । प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठमार्फत आएको वाग्मती प्रदेश सरकारको रु ५० लाख बजेट र नगरपालिकाको रु ३५ लाख बजेटमा रेडियोलोजी सेवा सञ्चालन गर्न भवन निर्माण भइरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । हाल दोस्रो तलाको ढलान सम्पन्न भएको छ ।

तत्कालै त्यसलाई तयारी गर्दै दुईवटा तलामा अस्पतालले रेडियोलोजी, एमआरआई, सिटी स्क्यान, क्याथ ल्याब सेवा मेमोग्राम मेसिन सञ्चालन गर्दै मुटुका बिरामीको समेत उपचार शुरु गर्ने भएको हो । यी सेवा सञ्चालन गरेपछि यहाँका बिरामीलाई काठमाडौँ भौँतारिनुपर्ने अवस्था नआउने उहाँले दाबी गर्नुभयो । मिर्गौलाका बिरामीलाई ध्यानमा दिँदै अस्पतालले थोरै शय्यामा डायलासिस सेवासमेत सञ्चालन गर्ने तयारी गरेको छ । अस्पतालले यसअघि पनि भक्तपुरमै पहिलोपटक पिसिआर मेसिन सञ्चालनमा ल्याउनुका साथै अक्सिजन प्लान्ट स्थापना गरी आफैँले उत्पादन शुरु गरेको थियो ।

जनप्रतिनिधि आएपछि नगरपालिकाले सम्पूर्ण स्वामित्व लिँदै नगरप्रमुखको अध्यक्षतामा अस्पताल सञ्चालक समिति गठन गरेपछि यसको मुहार फेरिएको हो । विगतमा वार्षिक रु १० लाख स्थानीय विकास मन्त्रालयले बजेट पठाउँदै आए पनि जनप्रतिनिधि आएपछि सरकारको कुनै पनि निकायको अस्पताल सञ्चालनतर्फ बजेट आएको छैन । मन्त्रालयले दिँदै आएको बजेटसमेत काटेपछि नगरपालिका आफँैले बजेटको व्यवस्थापन गर्दै अस्पताल सञ्चालन गरेको छ ।

स्थानीय सरकारबाट सञ्चालित नेपालकै पहिलो अस्पतालका रूपमा रहेको नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा जनप्रतिनिधि आएसँगै कर्मचारी र स्वास्थ्यकर्मीको तलब मात्रै वृद्धि भएन, गुणस्तरीय एवं सुलभ सेवाका कारण अस्पतालमा बिरामीको चापसमेत अत्यधिक बढेको छ ।

आफ्ना नागरिकका लागि सबै उपचार यहीँबाट दिने लक्ष्यका साथ सेवा विस्तार गर्दै आएको अस्पतालले मध्यपुरथिमिका सबै नागरिकलाई स्वास्थ्य बीमामा ल्याउन अनुदानको समेत व्यवस्था गरेको छ । अस्पतालमा मध्यपुरथिमि नगर क्षेत्रबाहेक भक्तपुर जिल्ला र पूर्वका विभिन्न जिल्लाका बासिन्दाले उपचार पाउँदै आएका छन् ।


प्रकाशित मिति: आइतबार, असार २७, २०७८  ०९:४५
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्