काठमाडौं। हुवावे (HUAWE) ले सन् २०२६ को पहिलो ६ महिनामा विश्वव्यापी स्मार्टवाच बजारमा आफ्नो नम्बर १ स्थान कायम राखेको छ। पछिल्लो IDC Quarterly Wearable Device Tracker का अनुसार HUAWEI ले सन् २०२६ को पहिलो अर्धवार्षिक अवधिमा विश्वव्यापी स्मार्टवाच बजारमा २१ प्रतिशतभन्दा बढी हिस्सा हासिल गरेको छ। यससँगै विश्वव्यापी वेयरेबल बजारमा HUAWEI को स्थिति थप मजबुत बनेको छ।
यो उपलब्धिले नवप्रवर्तनमा HUAWEI को निरन्तर ध्यान र विभिन्न जीवनशैली तथा आवश्यकतालाई लक्षित गर्दै स्मार्टवाच तथा वेयरेबल उत्पादनको दायरा विस्तार गरिरहेको प्रतिबिम्बित गर्छ। फिटनेस र दौडदेखि दैनिक स्वास्थ्य तथा वेलनेससम्मका आवश्यकतालाई ध्यानमा राख्दै HUAWEI ले उपयोगी प्रविधि र आधुनिक डिजाइनलाई संयोजन गरेका वेयरेबल उत्पादन विकास गर्दै आएको छ।
सन् २०२६ को पहिलो ६ महिनामा HUAWEI ले HUAWEI WATCH GT Runner 2, HUAWEI WATCH FIT 5 Series र HUAWEI WATCH KIDS X1 Series लगायत नयाँ स्मार्टवाच तथा वेयरेबल उत्पादन सार्वजनिक गरेको छ। यी उत्पादनहरू विभिन्न उमेर, आवश्यकता र प्रयोगकर्तालाई लक्षित गरी विकास गरिएका छन्। स्वास्थ्य निगरानी, खेलकुद गतिविधिको ट्र्याकिङ तथा दैनिक प्रयोगका लागि आवश्यक विभिन्न सुविधाहरू यी उत्पादनमा उपलब्ध छन्।
नेपालका उपभोक्ताका लागि विश्वव्यापी बजारमा हासिल गरेको यो उपलब्धिले उन्नत स्मार्टवाच तथा वेयरेबल प्रविधि नेपाली बजारमा उपलब्ध गराउन HUAWEI को निरन्तर प्रतिबद्धतालाई समेत देखाउँछ। नेपालमा HUAWEI का वेयरेबल उत्पादनको दायरा विस्तार हुँदै गएको छ, जसले स्वस्थ, सक्रिय र प्रविधिसँग जोडिएको जीवनशैलीलाई सहयोग गर्ने उद्देश्य राखेको छ।
यसै क्रममा हालै नेपालमा HUAWEI WATCH FIT 5 Series समेत सार्वजनिक गरिएको छ। वेयरेबल प्रविधिमा निरन्तर केन्द्रित रहँदै उत्पादनको विविध दायरा विस्तार गरिरहेको HUAWEI ले विश्वभर तथा नेपालमा प्रयोगकर्तालाई थप स्मार्ट र अर्थपूर्ण अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।