Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • बाँकेको नरैनापुर गाउँपालिकाले ल्यायो ४९ करोडको बजेट, स्वास्थ्य र शिक्षामा जोड 
बाँकेको नरैनापुर गाउँपालिकाले ल्यायो ४९ करोडको बजेट, स्वास्थ्य र शिक्षामा जोड 
नेपालकागज
नेपालकागज बिहीबार, असार १०, २०७८

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले बुधवार बजेट ल्याएको छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले गाउँपालिकाको १०औं गाउँसभामा आर्थिक वर्ष २०७८/०७९ को ४९ करोड १ लाख ४६ हजार रकमको आयव्यय विवरण भएको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

बजेटमा नेपाल सरकार समानीकरण अनुदानतर्फ ११ करोड ५५ लाख, सशर्त अनुदानतर्फ १९ करोड २ लाख, विशेष अनुदानतर्फ १ करोड ४ लाख, समपुरक अनुदानतर्फ ४९ लाख, प्रदेश सरकार समानीकरण अनुदान ५४ लाख ३८ हजार, प्रदेश सरकार सशर्त अनुदान ८५ लाख ४४ हजार, प्रदेश सरकार विशेष अनुदानतर्फ ६० लाख, प्रदेश सरकार समपुरक अनुदान १ करोड ५० लाख र आन्तरिक श्रोत ५४ लाख ३० हजार हुने आय अनुमान गरिएको छ । त्यसैगरी व्ययतर्फ चालु खर्च ३० करोड ३ लाख ४६ हजार, पुँजीगततर्फ १८ करोड ९८ लाख गरी कुल जम्मा ४९ करोड १ लाख ४६ हजार हुने अनुमान गरिएको छ ।

व्ययतर्फ मुख्यगरी कृषितर्फ १ करोड ७३ लाख, उद्योगतर्फ २७ लाख र पर्यटनतर्फ १ करोड २० लाख गरी आर्थिक विकासमा जम्मा ३ करोड २० लाख विनियोजन गरिएको छ । त्यसैगरी सामाजिक विकासतर्फ २० करोड १५ लाख रकम विनियोजन गरिएको छ । शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको हुँदा शिक्षा तर्फको बजेट १३ करोड ५६ लाख र स्वास्थ्यतर्फको बजेट ५ करोड ६ लाख रहेको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताउनुभयो । त्यसैगरी पूर्वाधारमा १० करोड ७९ लाख, यातायात पूर्वाधारमा ७ करोड ५४ लाख, भवन, आवास तथा सहरी विकासतर्फ २ करोड ९७ लाख र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ५ करोड १८ लाख विनियोजन गरिएको छ ।

उक्त बजेट तथा कार्यक्रम अन्तर्गत् 'ब्यवसायिक किसान:नरैनापुरको शान' अभियान सञ्चालनार्थ  कृषकलाई आधुनिक यन्त्र औजार, मल विउविजन एवं बजारीकरणमा १ लाख सम्मको नगद र वस्तुगत सहयोग गरी १०० जना नमूना कृषि ब्यवसायी सृजना गरिने र व्यवसायिक कृषकलाई बार्षिक उत्पादन र कारोबारका आधारमा मासिक २ हजार 'कृषक पेन्सन'को व्यवस्था गरिने प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताउनुभयो ।

'One day stay at narainapur homestay' कार्यक्रम संचालन गर्दै व्यक्तिगत र  सामुहिक लगानीमा होमस्टे संचालन गर्ने युवा उद्यमीलाई जनही २ लाख सम्मको नगद र वस्तुगत सहयोग गर्ने गरी बजेट विनियोजन गरिएको छ । 'छोरी पढाउः अगाडि बढाउ' कार्यक्रमलाई अभियानको रुपमा संचालन, सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा १ देखि ३ सम्मका छात्रालाई मासिक २०० रुपैयाँ छात्राबृत्तिको व्यवस्था, कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने सबै छात्रालाई साइकलको व्यवस्था गर्ने बजेटमा उल्लेख छ ।

सरकारी कोटामा डाक्टर, इन्जिनियर तथा विज्ञान बिषय अध्ययन गर्न चाहने बिद्यार्थीलाई नि:शुल्क अध्ययनको व्यवस्था मिलाइने, पढाईमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने, 'खोजी खोजी बनाऔं साक्षर' अभियान संचालन गरी गाउँपालिकाभित्र रहेका साक्षरले निरक्षरलाई साक्षर बनाउन प्रोत्साहित गरिने र एक जना निरक्षरलाइ साक्षर गराए बापत् २ सय रुपैयाँ प्रोत्साहन स्वरूप उपलब्ध गराइनेछ । 

गाउँपालिका भित्रका सबै मूल सडक, सहायक गल्ली एवं कृषि सडकहरु पिसिसी, ग्राभेल र कालोपत्रेयूक्त गराई हिलो र धुलो मुक्त नरैनापूर निर्माण गर्ने, नरैनापुरका सम्पूर्ण सडकलाई ग्राभेल गर्नका लागि १ करोड विनियोजन गरिनुका साथै 'सफासुग्घर रोड' कार्यक्रम संचालन गरिने बजेटमा उल्लेख छ ।

गाउँपालिकाबाट प्रदान गरिने हरेक सेवा, सुविधा एवं सहुलियतहरुमा महिला, दलित र अपाङ्गहरुलाई पहिलो प्राथमिकता दिई दलित समुदायका सबै बालबालिकालाई नि:शुल्क पोशाक र स्टेशनरीको व्यवस्था, पर्यावरण संरक्षण अन्तर्गत् दाउराको बढ्दो प्रयोगलाई निरुत्साहित, वनजंगलको विनास नियन्त्रण र गृहणी महिलाको सुस्वास्थ्यको लागि 'हरेक गृहिणी के भन्छःधुवाँरहित भान्छा' कार्यक्रमलाई अभियानकै रुपमा संचालन गरिने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताउनुभयो ।

स्वास्थ्य तथा सरसफाई अन्तर्गत् 'एक घर एक शौचालय' अनिवार्य गर्ने, हरेक टोल र वस्तीमा शिक्षा तथा सरसफाई समिति गठन र परिचालन गरिने, शिक्षा तथा सरसफाई कार्डको माध्यम अपनाई गाउँपालिकाले दिने सबै सेवा सुविधाबाट वञ्चित गरी कारबाहीको दायरामा ल्याइने उल्लेख गर्दै शौचालय निर्माण सहयोगका लागि वस्तुगत सहयोग गर्न ५० लाख व्यवस्था गरिएको छ ।

त्यसैगरी प्रथामिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा अत्याधुनिक आँखा उपचार केन्द्र, सर्पदंश उपचार केन्द्र तत्काल संचालन गरी आकस्मिक कक्षलाई थप सुबिधा सम्पन्न बनाउने गरी बजेटमा सुनिश्चित गरिएको छ । बेरोजगार र सीप विहिनहरुका लागि सीपमूलक तालिम र आयआर्जन कार्यक्रम संचालन गर्ने बजेटमा उल्लेख छ । २५० जनालाई १०० दिन बराबरको रोजगारीको व्यवस्था गर्ने गरी बजेट ल्याइएको छ ।


प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  ०९:३९
#बाँके
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्