Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • यातायात व्यवस्था कार्यालय बाँकेमा लाइसेन्स बिक्रीमा, दुई पांग्रेको १५-४ पांग्रेको ३५ हजार
यातायात व्यवस्था कार्यालय बाँकेमा लाइसेन्स बिक्रीमा, दुई पांग्रेको १५-४ पांग्रेको ३५ हजार हत्या गर्ने लाइसेन्स बाँड्दै दलाल र कर्मचारीको सङ्गठित अपराधीक नेक्सस (सञ्जाल)
नेपालकागज
नेपालकागज मंगलबार, जेठ २२, २०८१

दिपक मल्ल, बाँके । यातायात व्यवस्था कार्यालय बाँकेमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा फेरबदल गर्ने गरेको आरोप लागेको छ ।  त्यहाँका केही कर्मचारीहरूले लाइसेन्स परीक्षामा पास भएकालाई फेल र फेल भएकालाई पास गराएको तथा परीक्षामा सहभागी नै नभएकालाई पनि पास गराएको केही व्यक्तिहरूको आरोप छ ।

उनीहरूका अनुसार ड्राइभिङ सेन्टरका दलाल र केही कर्मचारीहरूले त्यस्तो काम गर्दछन् । ट्राफिक प्रहरी तथा यातायात कर्मचारीले पास भनेर पठाएकाहरू फेल भएको घटनाहरू धेरै भएतापनी त्यस्ता घटनाहरू त्यसै दबेरै जाने गर्दछ । यो त सामान्य घटना भयो अब जुन हामी तपाइहरूलाई भन्दै छौँ त्यो त अचम्म होइन दिनमै रात पर्‍या जस्तै झस्किनुहुनेछ । यदि मोटरसाइकलको लाइसेन्स चाहिएमा १५ हजार रेट छ भने चार पांग्रेको ३०-३५ हजार । त्यसैले नेपाल सरकारले यो ट्रायलको नाटक गरेर पैसै कमाउनु छ भने नागरिकता दिएजस्तै १५-३० को हिसाबले सबैलाई विभिन्न अफरको नाममा दिए भैगो नि । हत्या गर्ने लाइसेन्स बाँड्दै दलाल र कर्मचारीको सङ्गठित अपराधीकी नेक्सस (सञ्जाल) । यो सञ्जाललाई हामीले हत्यारा किन भनेको भने यिनीहरूले दिएको यस्ता लाइसेन्सकै कारण बाँकेमा ईदी मनाएर आउँदा दुई बच्चाको ज्यान गएको याद ताजै छ, तसर्थ यस्ता पापीहरूको संरक्षण गर्ने ती माथिका नेक्ससमा रहेका शासक, प्रशासक तथा नेताहरूले केही व्यक्तिहरूलाई लगातार करिब ५-८ वर्ष हुँदा समेत सरुवा पत्र निस्केको छैन । होइन त अचम्म लाग्ने कुरो ? ती कर्मचारीका नाम हामी सबुत सहित प्रकाशित गर्नेछौँ, हो हात्तीका देखाउने दाँत र बचाउने दाँत फरक भने जस्तै जनता झुक्क्याउन र देखाउन २-३ महिना सरुवाको नाटक भएको छ भने कसैको १ वर्ष सरुवा गराएको देखाएर पुन बाँके धाम मै ल्याइएको छ ।     

यस्ता घटनाहरू धेरै भएका छन्, पढ्नुहोस् यस्ता घटनाको नालीबेली...

०४ चैत्र २०७८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ कर्मचारीविरुद्ध विशेष अदालतमा अचम्मको मुद्दा दायर गर्‍यो यातायातमा फेललाई पास, पासलाई फेल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा फेरबदल गरेको अभियोगमा ९ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरूले लाइसेन्स परीक्षामा पास भएकालाई फेल र फेल भएकालाई पास गराएको तथा परीक्षामा सहभागी नै नभएकालाई पनि पास गराएको अख्तियारको आरोप थियो ।  

अख्तियारले यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेल र शाखा अधिकृत हरिप्रसाद गौतमसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । 

२०७५ साल मङ्सिर र २०७६ साल साउनदेखि मङ्सिर महिनामा सञ्चालन गरिएको सवारी चालक अनुमति पत्रको परीक्षामा उनीहरूले अनियमितता गरेका थिए । त्यति बेला १ सय ६८ जना परीक्षार्थीको नतिजा फेरबदल गरिएको थियो । 

अख्तियारका तत्कालीन प्रवक्ता श्यामप्रसाद भण्डारीले सवारी चालक अनुमति पत्रको परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको जानकारी नेपाल कागजलाई दिएका थिए । यातायात व्यवस्था कार्यालयका तत्कालीन शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृत स्तर आठौँ भरतराज काफ्ले, अधिकृत स्तर सातौँ प्रेमप्रसाद श्रेष्ठ, अधिकृत स्तर छैटौँ डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैटौँ होमनाथ शर्मा, कम्प्युटर अपरेटर (करार) झलक पौडेल, कम्प्युटर अपरेटर (करार) मोहनमणि सुवेदी र अधिकृत स्तर आठौँ भरतमणि बराल यो काण्डका मुख्य हिरो र साइड हिरो थिए ।


प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १३:२२
#बाँके
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्