Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • एक वर्षमै दुई हजार आठ सय ३१ केजी सुन तस्करी, कुन मेसिनमा कति सुन लुकाइएको थियो भन्ने प्राविधिक जाँच  
एक वर्षमै दुई हजार आठ सय ३१ केजी सुन तस्करी, कुन मेसिनमा कति सुन लुकाइएको थियो भन्ने प्राविधिक जाँच   मेसिनभित्र लुकाएर ल्याइएको सुन भन्सारको एक्सरेले किन पत्ता लगाउन सकेन
नेपालकागज
नेपालकागज मंगलबार, वैशाख ४, २०८१

काठमाडौँ । चिनियाँ गिरोहले विभिन्न सामानभित्र लुकाएर एक वर्षमै दुई हजार आठ सय ३१ केजी सुन नेपालमा तस्करी गरेको निष्कर्ष प्रहरीले निकालेको छ । ‘ब्रेक सु’मा लुकाएर विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा पक्राउ परेकामाथि थप अनुसन्धान गर्ने क्रममा एक वर्षसम्म उनीहरूले सयौँपटक सुन तस्करी गरेको विवरण प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले फेला पारेको हो । 

यसअघि सिआइबीले तीन सय ६२ केजी सुन तस्करी गरेको अभियोगसहित २९ जनाविरुद्ध गत ३१ भदौमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो । जसमध्ये ६० किलो सात सय १६ ग्राम सुन बरामद भएको थियो । सो समूहले थप सुन तस्करी गरेको तथ्य विस्तृत अनुसन्धानबाट खुलेको सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले बताए ।

प्रहरीले चिनियाँहरूले सुन पगाल्न टोखामा बनाएको टहरासहित लाजिम्पाट, सोह्रखुट्टे, बाँसबारीलगायत घरमा स्टोर गरिएका सामानको विश्लेषण गरेको थियो । विदेशबाट आयात गरिएका ती सबै सामान सुन निकालेर राखिएका थिए । आयात गरेको सामानको विवरणका साथै कुन मेसिनमा कति सुन लुकाइएको थियो भन्ने प्राविधिक रूपमा विश्लेषण गरेर सिआइबीले दुई हजार आठ सय ३१ केजीको हिसाब निकालेको हो । यसका लागि सुन, चाँदी तथा फलामसम्बन्धी विज्ञहरूलाई समेत साथमा लिएर सिआइबीले अनुसन्धान गरेको हो । 

मेसिनभित्र लुकाएर ल्याइएको सुन विमानस्थलस्थित भन्सारको एक्सरेले पत्ता नलगाउने भएकाले यसरी एक वर्षसम्म सुन तस्करी गरेको सिआइबीका अधिकारी बताउँछन् । तस्करी गरेको धेरैजसो सुन उनीहरूले भारत पुर्‍याउने गरेको अनुसन्धानबाट पुष्टि भइसकेको छ । भारततर्फ सुन तस्करीमा जोडिएका धेरै व्यक्तिको पहिचान प्रहरीले पत्ता लगाउन सकेको छैन । 

नेपालको भन्सारसम्बन्धी कानुनी प्रावधानअनुसार पाँच सय डलरसम्मको सामान आयात गर्दा प्रतीतपत्र (एलसी) खोल्नुपर्दैन । तर, एउटा कम्पनीले कति पटकसम्म पाँच सय डलरसम्मको सामान प्रतीतपत्र नखोली ल्याउन पाउने भन्ने प्रस्टता छैन । सोही कानुनी अस्पष्टताको फाइदा सुन तस्करले उठाएका हुन् । उनीहरूले पाँच सय डलरसम्मको सामान पटक–पटक आयात गर्ने र त्यसभित्र सुन लुकाएर ल्याउने गर्थे । 

एलसी खोलेर सामान आयात गर्दा बैंकिङ कारोबार हुने भएकाले त्यसलाई छल्नकै लागि उनीहरूले पाँच सय डलरका सामानका नाममा सुन तस्करी गरेका हुन् । 

अर्काेतर्फ भन्सारका कर्मचारीको पनि प्रशस्त कमजोरी देखिएका छन् । भ्याटमा दर्ता भएको कम्पनीलाई मात्र भन्सारले एक्जिम कोड दिनुपर्नेमा सुन तस्करीमा मुछिएका रेडी ट्रेडलगायत कम्पनीलाई भ्याटमा दर्ता नै नभई एक्जिम कोड जारी गरेको पाइएको छ । यस विषयमा भन्सारका कर्मचारीमाथि समेत सिआइबीले थप छानबिन अघि बढाएको छ ।

 


प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्