Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राष्ट्रिय सभा निर्वाचनले शक्ति सन्तुलनमा व्यापक हेरफेर, तेस्रो शक्ति माओवादी राष्ट्रिय सभामा पहिलो दल
राष्ट्रिय सभा निर्वाचनले शक्ति सन्तुलनमा व्यापक हेरफेर, तेस्रो शक्ति माओवादी राष्ट्रिय सभामा पहिलो दल
नेपालकागज
नेपालकागज शुक्रबार, माघ १२, २०८०

काठमाडौँ । १९ सिटका लागि बिहीबार भएको निर्वाचन परिणामले प्रतिनिधिसभामा तेस्रो शक्ति माओवादी राष्ट्रिय सभामा पहिलो दल बनेको छ । संसद्को पहिलो ठूलो दल कांग्रेस दोस्रो र एमाले तेस्रो भएका छन् । राष्ट्रिय सभा निर्वाचनले शक्ति सन्तुलनमा व्यापक हेरफेर भएको छ । 

हाल राष्ट्रिय सभामा एमालेका १८, माओवादी १६, कांग्रेस १०, एकीकृत समाजवादी आठ, जसपा तीन, स्वतन्त्र दुई, लोसपा र जनमोर्चाका एक–एकजना छन् । तर, २० फागुनमा एमालेका नौ, कांग्रेस चार, माओवादी तीन, एकीकृत समाजवादी दुई, जसपा एक र स्वतन्त्र एक बाहिरिँदै छन् ।

बिहीबार निर्वाचितमा कांग्रेसका १०, माओवादीका पाँच, एकीकृत समाजवादीका दुई, एमाले र जसपाका एक–एकजना छन् । यस आधारमा २० फागुनपछि राष्ट्रिय सभामा १८ सांसदसहित माओवादी पहिलो, १६ सांसदसहित कांग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो, आठ सांसदसहित एकीकृत समाजवादी चौथो, तीन सांसदसहित जसपा पाचौँ दल हुनेछन् । लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एकजना छन् । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम स्वतन्त्र सांसदको हैसियतमा छन् । राष्ट्रपतिबाट एक सिट मनोनीत हुन बाँकी छ । गठबन्धनबीच उक्त सिट जनमोर्चालाई दिने सहमति छ ।

प्रतिनिधिसभातर्फ भने कांग्रेस ८८ (प्रत्यक्ष ५६ ‘एक निलम्बित’/समानुपातिक ३२), एमाले (प्रत्यक्ष ४४ ‘एक निलम्बित’/समानुपातिक ३४), माओवादी (प्रत्यक्ष १८/समानुपातिक १४), रास्वपा २१ (प्रत्यक्ष ८/समानुपातिक १३), राप्रपा (प्रत्यक्ष ७/समानुपातिक ७), जसपा (प्रत्यक्ष ७/समानुपातिक ५), एकीकृत समाजवादी १०, जनमत (प्रत्यक्ष १/समानुपातिक ५), लोसपा ४, नागरिक उन्मुक्ति ४, नेमकिपा, जनमोर्चा र आम जनता १–१, स्वतन्त्र २ र रिक्त एक सिट छ ।

गठबन्धन १८ र एमाले एक सिटमा विजय 
राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनले १८ र एमालेले एक सिटमा जित हासिल गरेको छ । सातवटै प्रदेशमा १९ सिटका लागि बिहीबार भएको आठ दलका ५१ उम्मेदवारले प्रतिस्पर्धा गरेकोमा कांग्रेसका १०, माओवादीका पाँच, एकीकृत समाजवादीका दुई र एमाले तथा जसपाका एक–एक उम्मेदवार निर्वाचित भएका हुन् । 

०७४ को चुनावबाट निर्वाचित भई गोलाप्रथाबाट ६ वर्षे कार्यकाल पूरा गरी एमालेका नौ, कांग्रेस चार, माओवादी तीन, एकीकृत समाजवादी दुई, जसपा एक र स्वतन्त्र एक सांसद २० फागुनमा बिदा हुँदै छन् । संविधानअनुसार पदावधि सकिनु ३५ दिनअगावै राष्ट्रिय सभा सदस्यको निर्वाचन भइसक्नुपर्छ । 

निर्वाचन आयोगका अनुसार बिहीबार सम्पन्न निर्वाचनमा ९९.३२ प्रतिशत मत खसेको थियो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र पालिका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । आयोगले प्रदेश सांसदको मतभार ५३ र पालिका प्रमुख–उपप्रमुखको मतभार १९ तोकेको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सातै प्रदेश सभामा पाँच सय ४९ जना मतदाता रहेकोमा पाँच सय ४६ जनाले मतदान गरेका थिए भने पालिका प्रमुख/उपप्रमुखतर्फ एक हजार ४९७ मतदाता रहेको एक हजार ४८६ जनाले मतदान गरेका थिए । दुवैतर्फ दुई हजार ४६ मतदाता रहेकोमा दुई हजार ३२ जनाले मतदान गरेको आयोगले जनाएको छ ।

आयोगका अनुसार कोशीमा अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला पाँच हजार २९२ र महिलातर्फ एमालेकी रुकमिणी कोइराला पाँच हजार ८६ मतभारसहित निर्वाचित भएका छन् । मधेशमा अन्यतर्फ कांग्रेसका आनन्दप्रसाद ढुंगाना सात हजार ३७० र महिलातर्फ जसपाकी पूजा चौधरी सात हजार ९२३ मतभारसहित निर्वाचित भएका छन् । 

बागमतीमा अन्यतर्फ कांग्रेसका जितजंग बस्नेत ६ हजार ५३१ र महिलातर्फ विष्णुदेवी पुडासैनी ६ हजार ६२२ चुनिँदा अपांगता तथा अल्पसंख्यकतर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी ६ हजार ३८३ र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजालले ६ हजार ५१२ मतभारले जितेका छन् । 

त्यसैगरी गण्डकीमा महिलातर्फ माओवादीकी मनरूपा शर्मा सुवेदी तीन हजार ६६० र अन्यतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ तीन हजार ८०८ र अपांगता तथा अल्पसंख्यकतर्फ पदमबहादुर परियारले तीन हजार ७७४ मतले बाजी मारेका छन् । लुम्बिनीमा महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा पाँच हजार ४३५ र अन्यतर्फ माओवादीका झक्कुप्रसाद सुवेदीले पाँच हजार ४३५ मतभारले जित हासिल गरेका छन् । 

कर्णालीमा महिलातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल तीन हजार सात ७२२, अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया तीन हजार ८७० र दलिततर्फ माओवादीका विष्णुबहादुर विक तीन हजार ८१७ मतभारले विजयी भएका छन् । सुदूरपश्चिममा महिलातर्फ माओवादीकी रेणु चन्द चार हजार ४५३, अन्यतर्फ कांग्रेसका बलदेव बोहरा चार हजार ३२८ र अपांगता तथा अल्पसंख्यकतर्फ नारायणदत्त भट्ट चार हजार ४१९ मतभारले निर्वाचित भएको आयोगले जनाएको छ ।

 


प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्