Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • सशस्त्र प्रहरीद्वारा एक हजार सीमास्तम्भको मर्मत, सुस्ता र कालापानीबाहेक, कतिपयको घर नेपालतर्फ त आँगन भारततर्फ
सशस्त्र प्रहरीद्वारा एक हजार सीमास्तम्भको मर्मत, सुस्ता र कालापानीबाहेक, कतिपयको घर नेपालतर्फ त आँगन भारततर्फ
नेपालकागज
नेपालकागज आइतबार, माघ ७, २०८०

काठमाडौँ । सरकारको निर्णयअनुसार गत १६ कात्तिकदेखि सशस्त्र प्रहरीले नेपाल–भारतबीचमा रहेका एक हजार आठ सयभन्दा धेरै सीमास्तम्भको मर्मत तथा रङरोगन गरेको छ । 
 
सशस्त्र प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र खड्काका अनुसार गत १६ कात्तिकदेखि करिब साढे दुई महिना अवधिमा एक हजार आठ सयभन्दा धेरै मर्मत भइसकेको र अरू पनि मर्मतका क्रममा रहेको छ । नापी विभागका अनुसार दुई देशको सीमामा आठ हजार आठ सय ५३ सीमास्तम्भ छन् । 

नेपाल–भारतबीच भएको सहमतिअनुसार सशस्त्र प्रहरीले बिजोर नम्बरका सीमास्तम्भको मर्मत गर्दै आएको छ । जोर नम्बरकाे सीमास्तम्भको भारतले मर्मत गर्दै आएको छ । नेपालले करिब दुई हजार दुई सय स्तम्भको मर्मत गर्दै छ । सीमा सुरक्षाका ‘डेडिकेटेड फोर्स’ रहेको सशस्त्र प्रहरीलाई ०७७ साउनमा सरकारले सीमास्तम्भको मर्मतसम्भार तथा पुनस्र्थापनाको जिम्मेवारी दिएको थियो । तर, यससम्बन्धी कार्यविधि नहुँदा काम सुरु हुन सकेको थिएन । यही वर्ष कार्यविधि स्वीकृत भएसँगै मर्मत सुरु भएको हो ।

सन् २०१४ मा दुई देशबीच २०२२ सम्म सुस्ता र कालापानीबाहेक क्षेत्रको सीमा समस्या समाधानको काम सकिने समझदारी भएको थियो । तर, कोरानालगायत कारणले लक्ष्यअनुसार काम हुन सकेन । साथै, सीमाका समस्या समाधानका लागि दुई देशबीच नापी विभागका महानिर्देशकको नेतृत्वमा रहेको सीमा कार्य समूहको बैठक पनि पाँच वर्षदेखि बस्न सकेको छैन । बैठक नबस्दा खोलाले बगाएका सीमास्तम्भ तथा विवादित ठाउँमा समस्या कायमै छन् । सीमा विवाद टुंग्याएर नक्सांकन गर्ने जिम्मेवारी सो संयन्त्रलाई दिइएको थियो । भारतकै अनिच्छाका कारण कार्य समूहको बैठक बस्न नसकेको गृह मन्त्रालयका अधिकारी बताउँछन् । 


सीमा सुरक्षालाई बलियो बनाउने उद्देश्यले सरकारले सीमामा सशस्त्रको परिचालन भने बढाएको छ । सीमामा सशस्त्र प्रहरीका बोर्डर आउटर पोस्ट (बिओपी) दुई सय ५३ पुगेका छन् । गत सातादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनमा पनि सशस्त्र प्रहरीको बेस सरकारको निर्णयअनुसार खटिएको छ । 

भारतबाट प्रवेश गर्नेलाई नेपालप्रति सकारात्मक छाप पार्न सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सौन्दर्यीकरण र सरसफाइ अभियान सुरु गरेको छ । सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी खड्का अनुसार बाँकेको जमुनाहा नाकाबाट सौन्दर्यीकरणको काम सुरु गरिएको छ । अन्य नाकामा पनि यसलाई निरन्तरतता दिइने क्रम जारी छ । सौन्दर्यीकरणका साथ सीमामा सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्नेलाई पिउने पानीलगायतको सुविधा दिन थालेको छ । 

त्यस्तै, २३औँ सशस्त्र प्रहरी दिवसका अवसरमा सशस्त्र प्रहरीले क्विक इम्प्याक्ट प्रोजेक्ट (क्विआइपी) थालेको छ । सशस्त्र प्रहरी र नागरिकबीचको सम्बन्ध थप मजबुत गराउने उद्देश्यले यो कार्यक्रम देशैभरि सञ्चालन गरिएको प्रवक्ता खड्काले बताउनुभयो । यसअन्तर्गत नागरिकलाई सुविधा हुने गरी सशस्त्र प्रहरीले विभिन्न सहयोग तथा निर्माणको काम गरेको छ । जसअन्तर्गत काठमाडौंमा पशुपतिनाथ मन्दिरमा ह्विलचेयर सहयोग गरेको छ भने गोलढुंगास्थित किरियापुत्री धाममा स्नानगृह निर्माण गरेको छ । ९ माघमा सशस्त्र प्रहरीले २३औँ स्थापना दिवस मनाउँदै छ । 

त्यस्तै सशस्त्र प्रहरीले नेपाल–भारत सीमाको दशगजा क्षेत्र खाली गराउने अभियान चलाएको छ । जस अन्तर्गत हालसम्म ३८ स्थानमा पाँच सय ५६ घरटहरा हटाएको छ ।

भारतीय सशस्त्र सीमा बलसँगको समन्वयमा दश गजा क्षेत्र खाली गराउन थालिएको एसएसपी राजेन्द्र खड्काले जानकारी दिनुभयो । १६।७ किलोमिटर दशगजा खाली गराइएको र दशगजामा पर्ने १३.३२ बिघा जग्गामा खेती गर्न रोक लगाइएको छ । दशगजा क्षेत्रमा दुवै क्षेत्रबाट घर बनाउने तथा खेती गर्ने प्रवृत्ति रहेको गृह मन्त्रालयको रिपोर्ट छ । कतिपयको घर नेपालतर्फ त आँगन भारततर्फ छ । जसले गर्दा सीमामा समस्या भएपछि दशगजा क्षेत्रलाई सशस्त्र प्रहरीले खाली गराउने अभियान थालेको हो ।


प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १२:०७
#सुरक्षा
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्