Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँच अब सशस्त्रको काँधमा, इन्स्पेक्टरको कमान्डमा ३० जनाको टोली विमानस्थल भन्सारमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँच अब सशस्त्रको काँधमा, इन्स्पेक्टरको कमान्डमा ३० जनाको टोली विमानस्थल भन्सारमा
नेपालकागज
नेपालकागज मंगलबार, माघ २, २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँचमा सोमबारदेखि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । भन्सारको सुरक्षामा बारम्बार त्रुटि भएपछि सरकारले सशस्त्र प्रहरी बललाई सहयोगीका रूपमा खटाएको हो । 

भन्सारकै नेतृत्व र निर्देशनमा सशस्त्र प्रहरीले विमानस्थलको आगमन कक्षको भन्सार क्षेत्रमा चेकजाँच सुरु गरेको छ । यसअघि निजी कम्पनीका सुरक्षाकर्मीले चेकजाँच गर्दै आएका थिए । 

अर्थ मन्त्रालयले गरेको अनुरोधअनुसार गृह मन्त्रालयले सशस्त्र प्रहरीलाई खटाएको हो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रको सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरीलाई भएकाले उसलाई खटाउने निर्णय भएको गृह मन्त्रालयका एक अधिकारीले बताए । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत २६ पुसमा यससम्बन्धी निर्णय गरेका थिए । 

सरकारको निर्णयअनुसार सोमबार बिहान ६ बजेदेखि भन्सारको चेकजाँचमा सशस्त्र प्रहरी खटिन थालेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत डा. टोकराज पाण्डेले बताए । ‘गृह मन्त्रालयको निर्णयअनुसार भन्सारको प्रत्यक्ष सुपरिवेक्षण र निर्देशनमा सशस्त्र प्रहरी खटिएको छ,’ उनले भने, ‘एक सिफ्टमा पाँच सशस्त्र प्रहरी ड्युटीमा खटिनेछन् ।’ 

गृह मन्त्रालयको निर्णयअनुसार सशस्त्र प्रहरी बल मुख्यालयले इन्स्पेक्टरको कमान्डमा ३० जनाको टोली विमानस्थल भन्सारमा खटाएको हो । विमानस्थल भन्सार कार्यालयको सुरक्षा संवेदनशीलता, कामको बढ्दो चुनौती, कर्मचारीको अपर्याप्ततालगायत विशेष आवश्यकतालाई मध्यनजर गरी सशस्त्र प्रहरीलाई परिचालन गर्नुपरेको गृह मन्त्रालयको निर्णयमा उल्लेख छ । 

हाल आगमन कक्षको वाक थ्रु गेट रहने क्षेत्रमा सशस्त्र प्रहरी खटिएको छ । साथै, कुनै शंकास्पद व्यक्तिलाई थप अनुसन्धान गर्नुपरेमा पनि भन्सारलाई सशस्त्र प्रहरीले सहयोग गर्नेछन् । 

पछिल्लो समय विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करी भएको घटनामा भन्सारको पनि कमजोरी उजागर हुँदै आएको छ । कतिपय अवस्थामा दक्ष कर्मचारीको अभाव तथा प्रविधिको कमजोरीले पनि तस्करी हुने गरेको छ । यसअघि भन्सारको चेकजाँचमा निजी सुरक्षा कम्पनीका अनुभव नभएका कर्मचारी खटाएपछि चेकजाँच प्रणालीमा प्रश्न उठ्दै आएको थियो । विमानस्थलको चेकजाँचमा भन्सारसँगै सुरक्षाकर्मी पनि खटाउन वर्षाैँदेखि गृह मन्त्रालयले कुरा उठाउँदै आएको पनि थियो । तर, अर्थ मन्त्रालयको अनिच्छाले आगमनमा सुरक्षा निकायलाई निषेध थियो । 

विमानस्थलको सुरक्षामा सुधार गर्ने योजनाअनुसार सरकारले सशस्त्र प्रहरीलाई खटाउन थालेको हो । ‘भन्सारमा सुधारको प्रक्रियाअन्तर्गतको एक कदम हो,’ भन्सार विभागका एक अधिकारी भन्छन्, ‘हालै मात्र भन्सारमा चारवटा नयाँ एक्सरे पनि थपेका छौँ, आधुनिक प्रविधि र दक्ष जनशक्तिबाट विमानस्थलको चेकजाँच बलियो बनाउने प्रक्रिया चलिरहेको छ ।’ 

यसअघि विमानस्थलबाट हुने सुन तस्करीमा भन्सार र नेपाल प्रहरीका कर्मचारी, नागरिक उड्डयन प्राधिकरण तथा एयरलाइन्स कम्पनीका कर्मचारीसमेत पक्राउ पर्दै आएका छन् । सशस्त्र प्रहरीसमेत हुँदा विमानस्थलका निकायहरूबीच ‘क्रसचेक’समेत हुने भएकाले यसले सुरक्षामा सुधार हुने गृह मन्त्रालयका अधिकारी बताउँछन् । 

चिनियाँ तस्कर समूहले सवारीसाधनका पार्टपुर्जालगायत सामानभित्र लुकाएर महिनौँसम्म सुन तस्करी गर्दै आएको खुलेपछि भन्सार आलोचित बनेको थियो । केही कर्मचारीलाई प्रहरीले पक्राउसमेत गरी मुद्दा चलायो । त्यसपछि सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नेतृत्वमा विमानस्थल सुधारमा सुझाव दिन कार्यदल गठन गरेको थियो । सो कार्यदलले पनि भन्सारमा निजी सुरक्षाकर्मी हटाएर सुरक्षाकर्मी राख्न सुझाव दिएको थियो ।

 


प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ११:५९
#सुरक्षा
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्