Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • भारतले सीमा मिच्दा एकीकृत जाँच चौकी विवादमा, सशस्त्र प्रहरीले निर्माण कार्यमा रोक लगायो 
भारतले सीमा मिच्दा एकीकृत जाँच चौकी विवादमा, सशस्त्र प्रहरीले निर्माण कार्यमा रोक लगायो 
नेपालकागज
नेपालकागज शुक्रबार, पुस २७, २०८०

महोत्तरी । भारतले निर्माण अघि बढाएको एकीकृत जाँच चौकी (आइसिपी) विवादमा परेको छ । भारतले दशगजा क्षेत्रमा पर्खाल बनाएपछि नेपालले निर्माण प्रक्रियामा रोक लगाएको हो ।   

जलेश्वर नगरपालिका– ३ मलिबारा र भारत बिहारको सीतामढी जिल्लाअन्तर्गतको भिठामोडस्थित नाकामा भारतले करिब ३३ एकड जग्गामा आइसिपी निर्माण गरिरहेको छ । पहिलो चरणमा जग्गाको चारैतिर पर्खाल लगाएकोमा दशगजा क्षेत्र छोएको भन्दै नेपालले निर्माणमा रोक लगाएको हो । दशगजा क्षेत्र यकिन गरेर मात्र निर्माण नियमित गर्न दिने नेपालको तयारी छ । 


महोत्तरीका प्रजिअ (सिडिओ) शिवराम गेलालले महोत्तरी दशगजा क्षेत्रको विषयमा प्राविधिक टोलीको सहयोग लिएर सीमा यकिन गर्न खोजिएको बताए । उनका अनुसार सीमाको दुईतर्फ (९.१ मिटर/९.१ मिटर) क्षेत्र दशगजा रहेकोमा भारतले सोही क्षेत्र छोएर आइसिपी बनाउन खोजेपछि सीमा यकिन आवश्यक भएकाले गृह मन्त्रालयमा पत्राचार गरिएको छ ।

नेपाल र भारतबीच खुला सीमा र सीमास्तम्भहरू टाढा–टाढा हुँदा दशगजा क्षेत्र यकिन गर्न समस्या भएको स्थानीय अधिकारीहरूको भनाइ छ । नेपालका सुरक्षा अधिकारीले भारतले बनाउन लागेको पर्खाल दशगजा क्षेत्रमै पर्ने दाबी गरेका छन् । जिल्ला प्रशासन कार्यालय, महोत्तरीको निर्देशनमा सशस्त्र प्रहरीले निर्माण कार्यमा रोक लगाएको हो । महोत्तरीका सिडिओ शिवराम गेलालले यस विषयमा गृह मन्त्रालयलाई पत्राचार गर्दै प्राविधिक टोली पठाई सीमा यकिन गरिदिन आग्रह गरेका छन् । 

गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । सीमा क्षेत्रको यस्तो विवाद परराष्ट्रसचिवस्तरको संयन्त्रबाट समाधान गर्ने भनिए पनि सो संयन्त्र निष्क्रियजस्तै छ । 

रातु नदीको पश्चिमतर्फ निर्माण हुन लागेको आइसिपीले नदीको बहावलाई प्रभाव नपार्ने भएकाले नदी क्षेत्रतर्फ भने समस्या छैन । दशगजा क्षेत्रको विषयमा प्राविधिक टोलीको सहयोग लिएर सीमा यकिन गर्न खोजिएको सिडिओ गेलालले बताए । सीमाको दुईतर्फ (९.१ मिटर/९.१ मिटर) क्षेत्र दशगजा रहेकोमा भारतले सोही क्षेत्र छोएर आइसिपी बनाउन खोजेपछि सीमा यकिन आवश्यक भएको उनको भनाइ छ । 

दशगजा क्षेत्रमा कुनै पनि पक्षले निर्माणको काम गर्न पाउँदैन । नेपालले भारतलाई दशगजाभन्दा केही पर मात्रै आइसिपी बनाउन आग्रह गरेको थियो । तर, भारतीय पक्षले त्यहीँ बनाउनुपर्ने बताएपछि आफूहरूले सीमा यकिन गर्न केही समय कुर्न आग्रह गर्दै केन्द्रबाटै प्राविधिक टोली ल्याउन खोजेको सिडिओ गेलालले बताए । 

भारतले एक अर्ब भारतीय रुपैयाँको लागतमा आइसिपी निर्माण सुरु गरेको छ । पर्खाल दशगजातर्फ बनाउन थालेपछि नेपाली सुरक्षा टोलीले तत्काल नेपालतर्फको पर्खाल लगाउन रोकेको हो । नेपालले काम रोकेपछि सीमातर्फको पर्खालको कार्य तत्काल छोडेर अन्य विवाद नभएको स्थानको काम भने भारतले जारी राखेको छ । विवाद भएको क्षेत्रमा छिटो समाधान खोज्न उसले नेपाललाई ताकेता गरिरहेको छ । 

तर, नेपालतर्फ आइसिपी निर्माणको काम भने सुरु नै हुन सकेको छैन । जग्गा अधिग्रहण र मुअब्जा वितरणको कार्य बाँकी नै रहेकाले कहिले निर्माण सुरु हुने भन्ने यकिन नरहेको जलेश्वर भन्सार कार्यालयका प्रमुख अमित पौडेलले बताए । 


प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्