Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • नुन-खुर्सानी संग छाक टार्दै छौँ, हामीलाई देशले बिर्सियो- दाउरा बेचेर जीवन निर्वाह गर्ने अति विपन्न परिवार
नुन-खुर्सानी संग छाक टार्दै छौँ, हामीलाई देशले बिर्सियो- दाउरा बेचेर जीवन निर्वाह गर्ने अति विपन्न परिवार
हरि गुरुङ
हरि गुरुङ शनिबार, असार ५, २०७८

नुन-खुर्सानी संग छाक टार्दै छौँ, हामीलाई देशले बिर्सियो- दाउरा बेचेर जीवन निर्वाह गर्ने अति विपन्न परिवार

बर्दिया । विश्व भरीनै फैलिएको कोरोना संक्रमण रोकथामकालागी सरकारले निषेधाज्ञा जारी गरेपछि यहाँका दाउरा बेचेर जिविका चलाउँदै आएकाहरुलाई छाक टार्नै मुस्किल भएको छ ।

जिल्लाको मधुवन नगरपालिका वडा नं -३ कोठियाघाटमा बस्ने ६ घरपरिवार अहिले खान नपाउने अवस्थामा पुगेको छ ।

स्थानिय सामुदायिक वनबाट दाउरा संकलन गरेर कोठियाघाटमा ल्याएर बिक्रीवितरण गरी आफ्नो तथा परीवारको गुजारा चलाइरहेका ६ परीवार भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेका छन ।

दाउरा बेच्दै जीवन निर्वाह गरिरहनु भएकी ५८ वर्षीया बिमला बिश्वकर्मा

दाउरा बेच्दै जीवन निर्वाह गरिरहनु भएकी ५८ वर्षीया बिमला बिश्वकर्मा आफ्नो दुखेसो पोख्दै भन्नुहुन्छ, "लकडाउन भएपछि दाउरा बिक्री हुन छोड्यो, घरमा भएको राशन पनि सकियो । लकडाउन खुलेपछि कमाएर तिरौँला भनेर अहिले ऋण सापटी गरि खाईरहेका छौँं । छोराहरुले काम पाएका छैनन न त बाहिर गएर काम गर्ने अवस्था छ । हामी त भोकै मर्ने अवस्थामा पुगेका छौँ, हाम्रो कुरा कस्ले सुन्ने? हामी गरिब र निमुखा जहिले पनि पिल्सिएका छौँ । के हामीलाई राज्यले बिर्सिएको हो?"

दाउरा बेच्दै जीवन चलाइरहनुभएकी ६० वर्षिया गोबिन्दि बिक

दाउरा बेच्दै जीवन चलाइरहनुभएकी ६० वर्षिया गोबिन्दि बिकको दुखेसो पनि उस्तै छ । उहाँ भन्नुहुन्छ, "पहिले लकडाउन भन्दा अगाडि दाउरा बेचेर जिवन गुजारा गरिरहेका थियौँ । कहिलेकाहीँ कोठियाघाटमा आएका गाडीहरु धोइदिए वापत आम्दानी हुन्थ्यो । तर अहिले सबै ठप्प भएपछी नुन खुर्सानी भात खाएर बसिरहेका छौँ ।" 

उहाँ भन्नुहुन्छ, "नेपालको सबैभन्दा लामो पुल गेरुवा कर्णाली कोठियाघाटमा वनभोज खान आउनेहरुले हाम्रो दाउरा किनिदिन्थे र गुजारा चलेको थियो भने अहिले लकडाउनले गर्दा सबै चौपट भएको छ । न कमाइ छ न आम्दानी छ ! कति दिनसम्म सरसापट गरेर खाने हो हामीले ? सरकारले कहिलेसम्म लकडाउन गर्ने हो केहि थाहा छैन अब त रोगले भन्दा पनि भोकले मर्ने अवस्था आइसक्यो ।"

त्यस्तै अर्का पिडित ४२ वर्षिय किरण बिश्वकर्मा भन्नुहुन्छ, "या त सरकारले हामीलाई काम दिनुपर्यो कि त खानेपिउने व्यवस्था मिलाईदिनु पर्यो । हामी काम गरेर खाने मान्छे अहिले बेरोजगार छौ । हामीले कसरी आफ्नो बालबच्चा परिवार पाल्ने ? हामी बेरोजगार भएका छौँ । राहतको नाममा नाटक चलेको छ । हुनेखाने र पहुँच भएकाले राहत पाएका छन भने हामी निमुखालाई कसैले पनि हेर्दैन न सरकारले न स्थानीय सरकारले हेरेको छ । के हामी नागरिक होइन?"

कोभिडको महामारी सुरु भएपछि दाउरा संकलन गरि बिक्रीवितरण गर्दै आएका ६ परीवार अहिले नुन खुर्सानीसंग भात खाँदै छन । यी अत्यन्तै बिपन्न वर्गका ६ परीवारका बालबालिकाहरु भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेका छन ।


प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १०:१५
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्