Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • पल शाहले स्टेजमा प्रस्तुति दिँदा युवती बेहोस भएपछि...
पल शाहले स्टेजमा प्रस्तुति दिँदा युवती बेहोस भएपछि...
नेपालकागज
नेपालकागज मंगलबार, पुस १७, २०८०

बर्दिया (गुलरिया) । अभिनेता पल शाहले आफ्नो डान्स पर्फर्मेन्स दिँदा एक युवती बेहोस भएकी थिइन । उनको प्रहरीले उद्धार गरेको थियो भने पल शाहले स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । अभिनेता शाहले आफ्नो डान्स पर्फर्मेन्स दिँदा प्रादेशिक व्यापार महोत्सव गुलरियामा थाम्नै नसकिने गरी दर्शक आएका थिए । बर्दियाली दर्शकले दिएको यती धेरै मायाको अनुभव तथा महसुस गर्दा कस्तो लाग्यो भन्ने नेपाल कागजको प्रश्नमा उहाँले भन्नुभयो, "कल्पना गरेको थिएन यती धेरै माया मैले बर्दियाबाट पाउँछु भनेर तर मैले गरेको अनुभव अविस्मरणीय छ । यो म शब्दमा बयान गर्न सक्दैन, म नतमस्तक छु बर्दियाका जनताप्रति ।" 

उद्योग वाणिज्य सङ्घ गुलरिया परिवारको आयोजनामा लागेको प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा अभिनेता पल शाहको आगमनले महोत्सवमा थाम्नै नकिने दर्शकको भिड आयपछि सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो । तर बर्दिया प्रहरी, सशस्त्र प्रहरी बर्दिया तथा स्वयंसेवक गार्डहरूले देखीको सजगताका कारण कुनै अप्रिय दुर्घटना भएन । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बर्दियाबाट खटिएको टोलीले बालबालिकाको उद्धार गर्नुका साथै महिला, वृद्ध वृद्धालाई सुरक्षित राख्न देखाएको सकृयाताले उद्योग वाणिज्य सङ्घ गुलरिया परिवारले धन्यवाद तथा सम्मान व्यक्त गरेको छ ।     

प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियामा आउनुभएको अभिनेता शाहको प्रस्तुतिमा थाम्नै नसकिने भिड देखिएको थियो । महोत्सवमा अभिनेता शाहलार्ई हेर्न ठुलो सङ्ख्यामा दर्शकहरू टिकट काटेर आएका थिए । गुलरिया महोत्सवमा शाह पहिलो पटक आएकोले पनि महोत्सवको उमङ्ग बेग्लै देखिएको थियो । महोत्सवमा पल शाहले दर्शकसँग हात मिलाउन खोज्दा महोत्सव स्थलमा खटिएका सुरक्षाकर्मीले सुझबुझ पूर्वक भिड थामेका थिए । त्यति मात्रै नभएर सुरक्षाकर्मीले पल शाहलाई सुरक्षित तवरले ल्याउने र लग्ने काम मात्र नगरेर उद्योग वाणिज्य सङ्घ गुलरियाका पदाधिकारी, स्थानीय जनता तथा पत्रकारलाई समेत सुरक्षित राख्न सफल भएको थियो । सुरक्षाकर्मीले देखाएको यस्तो सक्रियताले कार्यक्रम सम्पन्न हुन सकेको थियो । सुरक्षाकर्मीले देखाएको तत्परता, सजगता तथा कर्तव्यको सम्मान गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष यादव आचार्यले जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (सुपरिटेन्डेन्ट अफ पोलिस) एसपी सुधीर राज शाही, सशस्त्र प्रहरी बल बर्दियाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (सुपरिटेन्डेन्ट अफ आर्म्ड पोलिस) एसपी हर्क शाही, जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डेपुटी सुपरिन्टेन्डेन्ट अफ पोलिस) डिएसपी तुलसी राम अर्याल र सम्पूर्ण सुरक्षाकर्मीहरूलाई धन्यवाद दिनुभयो ।  

त्यस्तै नेपाल कागजका सह-सम्पादक तथा लुम्बिनी प्रदेश ब्युरो प्रमुख सन्दिप नाथ योगीले नेपाल प्रहरी, सशस्त्र प्रहरीले पत्रकारहरूलाई सुरक्षा प्रदान गर्दै, महोत्सवमा आएका बालबालिका, आमा बुवा तथा सम्पूर्ण कलाकार, सम्पूर्ण महोत्सवलाई सफल बनाउन खेलेको भूमिकाको प्रशंसा गर्दै बर्दिया नेपाल प्रहरी तथा बर्दिया सशस्त्र प्रहरी नेतृत्व तथा सम्पूर्ण प्रहरी परिवारलाई धन्यवाद दिनुभयो ।      

महोत्सव अवलोकन गर्न आएका दर्शकहरू शाहको आगमन हुनासाथ बार नै भत्काएर चिरेरै शाह नजिकै पुगेका थिए । अभिनेता शाहको भरखरै मात्र सार्वजनिक भएको लोकप्रिय म्युजिक भिडियो एक दुई तीन चार स्वीकार मेरो नमस्कार बोलको प्रस्तुतिमा महोत्सवका दर्शकहरू रमाई रमाई नाचेका थिए । अभिनेता शाहको प्रस्तुतिले गुलरिया महोत्सवका दर्शकहरू अबेर झाससम्म महोत्सव स्थलमा बसेर शाहको प्रस्तुतिमा रमाई रहेका थिए । दर्शकलाई थामी नसक्नु भिडले केही समय पल शाहको प्रस्तुतिलाई आयोजकले रोक्न बाध्य भएको थियो ।

उद्योग वाणिज्य सङ्घ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डे, वरिष्ठ उपाध्यक्ष ईन्द्र कुमार श्रेष्ठले नायक शाहलाई बर्दियाली जनताको तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो । 
हेर्नुहोस् तस्बिर  


प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १५:१६
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्