Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • रोजगार दिननसक्ने सरकारले बिदेश जान्छु, परिवार पाल्छु भन्दा किन दुई युवालाई गोली हानेर मारियो?
रोजगार दिननसक्ने सरकारले बिदेश जान्छु, परिवार पाल्छु भन्दा किन दुई युवालाई गोली हानेर मारियो?
नेपालकागज
नेपालकागज शनिबार, पुस १४, २०८०

काठमाडौँ । श्रमका लागि कोरिया जाने भाषा परीक्षामा सहभागी नगराएको भन्दै युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा शुक्रबार ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान गएको छ । युवाले मन्त्रीको गाडी जलाइदिएका छन् भने नियन्त्रणमा लिन भन्दै प्रहरीले चलाएको गोलीबाट अन्य कैयौं घाइते भएका छन् ।

गत साउनमा कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पानीजहाज निर्माण गर्ने कामका लागि लिइएको भाषा परीक्षामा सामेल परीक्षार्थीले ‘उत्पादनमूलक’ अर्को रोजगारीमा जान भाषा परीक्षामा भाग लिन माग गरेका थिए । तर ईपीएसको मापदण्डअनुसार तत्काल अर्को परीक्षामा भाग लिन नमिल्ने भनिएपछि युवाहरू आक्रोशित भएका थिए । प्रदर्शनमा उत्रिएका उनीहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका हुन् । प्रहरीले गोली र लाठी प्रहार गर्दा दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी गाउँपालिका–१ का २३ वर्षीय वीरेन्द्र शाहको ज्यान गएको छ ।

अस्पताल स्रोतका अनुसार शाहलाई दुई गोली लागेको छ भने रावतको शरीरमा नीलडाम छन् ।

चिकित्सकले शाहलाई शुक्रबार अपराह्न १ बजेर १७ मिनेट र रावतलाई १ बजेर ५० मिनेटमा मृत घोषणा गरेका थिए । गोली प्रहारबाट गम्भीर घाइते शाहको पाटन अस्पताल र रावतको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक दुवैको शव पोस्टमार्टममा पठाइएको छ ।

प्रत्यक्षदर्शी तथा घटना भएका बेलाको भिडियोअनुसार प्रहरीले अत्यधिक बल प्रयोग गरेको देखिन्छ । स्थिति नियन्त्रणमा लिने नाममा प्रहरीले वैकल्पिक उपाय अपनाउन छोडेर हवाई फायर, गोली प्रहारलगायत अन्धाधुन्ध बल प्रयोग गर्दा प्रदर्शनकारीतर्फका दुई जनाले ज्यान गुमाउन पुगेको भन्दै सरकारको आलोचना भएको छ ।

प्रहरी र गृह प्रशासनले भने प्रदर्शनकारीबाट सरकारी, सार्वजनिक र निजी सवारीसाधन तोडफोड र आगजनी गर्नुका साथै सडक अवरुद्ध हुने गरी अवस्था अनियन्त्रित बनाउन खोजेपछि भएको बल प्रयोग भएको स्पष्टीकरण दिएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले अवस्था अनियन्त्रित भएपछि १५ राउन्ड गोली र २ दर्जनजति अश्रुग्यास प्रहार गरिएको बताए । ‘सम्झाउँदा–बुझाउँदा बुझेनन्, प्रदर्शन अनियन्त्रित, नेतृत्वविहीन र अराजक हुन पुग्यो, विशिष्ट व्यक्ति सवार गाडी नै जलाउनेसम्मको काम भयो,’ थापाले भने, ‘यस्तो अवस्थामा प्रहरी मूकदर्शक भएर बस्न मिल्दैन । कानुनअनुसार स्थितिलाई नियन्त्रणमा लिन्छ ।’

कोरियाको पानीजहाज निर्माण क्षेत्रका लागि जान गत साउनमा करिब ३२ हजार नेपाली ईपीएसअन्तर्गत भाषा परीक्षामा सामेल भएका थिए । त्यसको नतिजा नआउँदै कोरियाले पुनः उत्पादनमूलक क्षेत्रका लागि कामदार माग गरेको हो । तर, साउनको परीक्षामा सहभागी भएकालाई उत्पादनमूलक क्षेत्रको परीक्षाका लागि आवेदन दिन नपाउने ईपीएसको नीति थियो । त्यसविरुद्ध साउनमा परीक्षा दिएका १८ जना उच्च अदालत पाटन गए । निवेदकहरूका पक्षमा अदालतको आदेश आएपछि ग्वार्कोस्थित ईपीएस शाखाले आवेदन दिन बोलाएको थियो ।

तर, प्रहरीले अदालतको आदेश लिएकालाई मात्रै प्रवेश दिएपछि अरू युवाहरू ग्वार्को–बालकुमारी सडक अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएका हुन् । ‘अदालतको आदेशसहित १८ जना ईपीएस कार्यालय पुग्दा आवेदन दिनबाट वञ्चित करिब २ हजार व्यक्ति पनि साथमै गएका रहेछन्, तर उनीहरूलाई भित्र प्रवेश नदिएपछि विरोधमा उत्रिएको भीड नियन्त्रण गर्ने क्रममा अप्रिय घटना हुन पुग्यो,’ एआईजी थापाले भने ।

प्रहरीले प्रदर्शनकारीलाई लखेटेर तितरबितर पारेको थियो, एउटा समूह बालकुमारी क्षेत्र पुगेको बेला मन्त्री ज्वाला चढेको गाडी आकाशे पुल नजिकै आइपुग्यो । उनी एक पार्टी प्यालेसमा डाकिएको नेकपा एकीकृत समाजवादीको बैठकका लागि त्यसतर्फ गइरहेका थिए ।

‘भीडले बा२झ ५८६१ नम्बरको गाडी रोकेर टायरको हावा फुस्काइदिएपछि मन्त्रीलाई प्रहरी र सेनाका अंगरक्षकले सुरक्षित स्थानतर्फ लगे । त्यसलगत्तै गाडीमा प्रदर्शनकारीले आगजनी भएको हो,’ एआईजी थापाको भनाइ छ, ‘गाडी अगाडि बढ्न नदिएर सडक अवरुद्ध पार्न खोजेपछि प्रहरीले हवाई फायर र माइकिङ गरेर पटक–पटक चेतावनी दिएको हो । तर भीड अयन्त्रित भएपछि फिल्डमा खटिएका सुरक्षाकर्मी कानुनअनुसार बल प्रयोग गर्न बाध्य भएका हुन् ।’

मन्त्री ज्वालाले शुक्रबारको घटना दुःखद भएको बताएका छन् । तर, मन्त्रीको सवारीसाधन जोगाउने क्रममा भएको बल प्रयोगबाट दुई जनाको ज्यान गयो नि भन्ने प्रश्नमा उनले घटनासँग आफू र आफूले नेतृत्व गरेको मन्त्रालयसँग सरोकार र सम्बन्ध नै नभएको बताए ।

‘गाडी जलाउनु र त्यही घटनामा दुई जनाको ज्यान जानु दुवै दुःखद हो । म पार्टीको बैठकमा भाग लिन जाँदै थिएँ । मूल सडकमा पुगेलगत्तै भीडले रोकेर आगजनी गर्‍यो । यसमा मन्त्रालयको गाडी र मेरो के दोष थियो र ?’ ज्वालाले भने, ‘के समस्याले युवा सडकमा निस्के, यसको जिम्मेवार पक्ष को हो, यसको जवाफ सम्बन्धित निकायबाटै आउला ।’

उता, जिल्ला प्रहरी परिसर ललितपुरले २५ सयदेखि ३ हजार जनाले ड्युटीमा खटिएका प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको, मन्त्रीको गाडी जलाएको र थप क्षति हुनबाट जोगाई स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको प्रस्टीकरण दिएको छ ।

ललितपुर प्रहरीका एसपी नवराज कार्कीले शुक्रबार साँझ विज्ञप्ति जारी गरेर स्थिति नियन्त्रण गरी थप क्षति हुनबाट रोक्न सिलसिलेवार बल प्रयोग गर्दा रावत र शाह घाइते भई उपचारका क्रममा उनीहरूको निधन भएको उल्लेख गरेका छन् । एसपी कार्कीका अनुसार शुक्रबारको घटनामा ७३ जनालाई नियन्त्रणमा लिइएको छ ।

दुई जनाको ज्यान जाने गरी भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालयका डीआईजी आचार्यको संयोजकत्वमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक बासु सिग्देल सम्मिलित छानबिन समिति गठन भएको हो । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।


प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्