Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • प्रहरी जवानको पैसा खाने भ्रष्टाचारी मदन पुरस्कार विजेता पूर्वडीआईजी महेशविक्रम शाह
प्रहरी जवानको पैसा खाने भ्रष्टाचारी मदन पुरस्कार विजेता पूर्वडीआईजी महेशविक्रम शाह
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी बिहीबार, पुस १२, २०८०

काठमाडौं । कसैले कल्पना गर्ला प्रहरी नायब महानिरीक्षक (डीआईजी) जस्तो गरिमामय पदमा आसिन त्यो पनि देशकै सर्वोच्च बौद्धिक पुरस्कार मदन पुरस्कार विजेता नै आफ्नै जवानको तलब झ्वाम पार्ला भनेर । हो कल्पना गर्नै नसकिने अचम्मको पत्यार लाग्नै गार्‍हो भ्रष्टाचार गरे उनै शाहले । २०-२२ हजार तलब खाने तल्लो तहका कर्मठ सिपाहीको तलब उनै शाहले खाइदिए । करिब २४५ जवानको तलब बौद्धिक व्यक्तित्व भनेर चिनिने अरुलाई न्याय दिलाउन पोलिसिङ गर्नुपर्ने उनले आफ्नै संगठनको गरिमामा कालो धब्बा लगाउँंदै आफ्नै जवानहरूसँग गद्दारी गरे ।

२० फागुन, २०७६ मा रकम हिनामिना गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वडीआईजी महेशविक्रम शाहसहित चार जनाविरूद्ध दर्ता गरेको मुद्दामा विशेष अदालत काठमाडौंले उनलाई दोषी ठहर गरेको हो।

विशेष अदालतले बुधबार पूर्वडीआईजी शाहसहित मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनका तत्कालीन लेखापाल प्रहरी नायब निरीक्षक (सई) दीपेन्द्रप्रसाद पनेरूलाई पनि दोषी ठहर गरेको हो।

दोषी ठहर भए पनि उनीहरूविरूद्ध सजाय निर्धारण हुन भने बाँकी छ। सजाय निर्धारणको मिति पुस २५ गते तोकिएको छ।

उनीहरूबाहेक लेखा सहायक हवल्दार केशवसिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सञ्जीव विशुंखेले भने सफाइ पाएका छन्।

जवानको तलब भत्ता हिनामिनामा गरेको भन्दै अख्तियारले मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनका तत्कालीन समादेशक रहका पूर्वडीआईजी शाहसहित तत्कालीन लेखापाल पनेरू, लेखा सहायक हवल्दार केशवसिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सञ्जीव विशुंखेविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनमा २०७२ वैशाख २७ मा प्रहरी जवानमा भर्ना भई २०७२ पुस २२ मा तालिम सकिएका व्यक्तिरुलाई प्रहरी प्रधान कार्यालयले माघ ११ मा तलब भत्ता सरूवा भएको ठाउँबाट पाउने गरी सरूवा गरेको थियो। तर तत्कालीन समादेशक शाह, लेखापाल पनेरु र लेखा सहायकको मिलेमतोमा जवानहरूको २०७२ माघ र फागुनको तलब भत्तासमेत खर्च लेखि निकालेर आफैंले चलाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको थियो।

त्यस्तै मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा आर्थिक वर्ष २०७२/०७३ मा कार्यालय प्रमुखको रूपमा कार्यरत महेशविक्रम शाह, लेखापाल पनेरू तथा लेखा सहायक हवल्दार केशवसिंह ऐरीले प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको मिति २०७२ माघ ११ गतेको पत्रले माघ महिनाको तलबभत्ता खान पाउने गरी सरूवा भएका १०३ प्रहरी जवानको माघ र फागुन महिनाको तलब भत्ता ३१ लाख ८८ हजार ४ सय ६८ रूपैयाँ निकालेर खाई भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानबाट खुलेको थियो।

२०७२ माघ ३ गतेदेखि १४२ जना जवान भर्ना भएका थिए। तर शाहकै डिजाइनमा माघ १ गतेबाटै गणना गरेर २ दिनको तलब १ लाख ४९ हजार ६ सय १६ रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको थियो। शाहसहितले जम्मा ३३ लाख ३८ हजार ८४ रूपैयाँ भ्रष्टाचार गरिएको अख्तियारले दाबी गरेको थियो। शाहकै नेतृत्वमा तलबभत्ता तलबी भर्पाइमा किर्ते दस्तखत गरी बदनियतसाथ हिनामिना गरी बाँडिचुडी खाएको दाबी अख्तियारको अभियोगपत्रमा गरिएको छ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर पूर्वडीआईजी शाह प्रसिद्ध साहित्यकारसमेत हुन्। उनका ‘ज्याक्सन हाइट’, ‘अफ्रिगन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, ‘काठमान्डुमा कामरेड’ र ‘भुइँखाट’ कथासंग्रहहरू प्रकाशित छन्। उनको कथासंग्रह ‘छापामारको छोरो’ का लागि उनले वि. सं. २०६३ को मदन पुरस्कार पाएका छन्।


प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १०:४९
#सुरक्षा
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्