Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • महेश बस्नेत भर्सेज दुर्गा प्रसाईँ, मुठभेड हुन सक्ने आशंका, बर्दिया प्रहरीले गोप्य अनुसन्धान थाल्यो
महेश बस्नेत भर्सेज दुर्गा प्रसाईँ, मुठभेड हुन सक्ने आशंका, बर्दिया प्रहरीले गोप्य अनुसन्धान थाल्यो
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी शुक्रबार, मंसिर १, २०८०

(टिप्पणी)

सन्दिप नाथ योगी, काठमाडौं । राजसंस्था पुनःस्थापनासहितको महाअभियानको घोषणा गरेका विवादीत मेडिकल ब्यावसायी दुर्गा प्रसाईँले आगामी मंसिर ७ गते काठमाडौंमा विशाल प्रदर्शन गर्दैछन् । राष्ट्र राष्ट्रियता तथा नागरिक बचाउ महाअभियान भन्दै प्रसाईंले जिल्ला जिल्लामा कार्यालय खोलेका छन् । 

उनी नेतृत्वको अभियानको कार्यालय बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ बंगलामुखी स्कुल नजिक रहेको छ भने काठमाडौँमा ठ्याक्कै माओवादी पार्टीको हेडक्वार्टर(केन्द्रिय कार्यालय) पेरिस डाँडा नजिकै प्रसाईंको केन्द्रिय कार्यालय रहेको छ ।

सबैलाई थाहा भएकै कुरो हो दुर्गा प्रसाईं र एमाले नेता तथा युवा संघको नेतृत्व गरिसकेका महेश बस्नेत बिच छत्तीसको आँकडा छ । कुनै बेला तत्कालीन माओवादीको भातृ संगठन वाइसीएल (योङ्ग कम्युनिस्ट लिग)को बोलबाला रहेको बखत महेश बस्नेतको नेतृत्वमा युथ फोर्स गठन गरिएको थियो । 

एमालेको शक्तिशाली भातृ संगठन युवासंघ अन्तर्गत रहने गरि युथफोर्स गठन गरेर वाइसीएलसँग शक्ति संघर्ष गरेका बस्नेत एमाले भित्र शक्तिशाली युवा नेताको रुपमा चिनिन्छन । उनले दुर्गा प्रसाईंकै कार्यक्रम हुने दिनमै युवासंघलाई मैदानमा उत्रिएर प्रतिरोध गर्न युवासंघका युवाहरूलाई निर्देशन दिएको अवस्था छ ।

गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौंमा हुने कार्यक्रममा मुठभेड हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको छ । त्यति मात्र नभएर गृहले गोप्य रुपमा प्रहरी महानिरिक्षक (इन्स्पेक्टर जनरल अफ पोलिस) आइजिपी वसन्त कुवँरलाई प्रसाईंको कार्यक्रममा देशभरीबाट कति जना काठमाडौं आउनसक्छन भनेर रिपोर्ट पठाउन प्रत्यक जिल्ला प्रहरी कार्यालयलाई सर्कुलर गर्न निर्देशन दिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले पनि गोप्य रुपमा रिपोर्ट तयार पारेर काठमाडौं पठाउने तयारीमा रहेको प्रहरी स्रोतले बतायो ।

प्रसाईंसँग निरन्तर टकराव लिइरहेको नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले पनि प्रदर्शनको कार्यक्रमको घोषणा गरेकाले ठूलो घटना हुन नदिन नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान बिभगले जिल्ला जिल्लाबाट प्रहरी हेडक्वाटरमा गोप्य रुपमा रिपोर्ट पठाइरहेको छ । त्यस्तै प्रत्यक जिल्लाबाट कति जना जति काठमाडौं जान सक्छन र कति मानिस प्रसाईंको कार्यक्रममा सहभागी हुनसक्छ्न भन्ने रिपोर्टका आधारमा सुरक्षा बन्दोबस्तको तयारी भैरहेको गृह स्रोतले बतायो ।

गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले नेपालकागजसँग कुरा गर्दै भने, "७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत हामीलाई रिपोर्ट आउने हो । रिपोर्ट आउनु नियमित सुरक्षा प्रोटोकल हो । त्यसका आधारमा सुरक्षा बन्दोबस्ती मिलाइन्छ ।"

यता युवा संघले एमाले युवा नेता महेश बस्नेतलाई प्रदर्शनको नेतृत्व गर्ने जिम्मा दिएको छ । यदि यस्तो हुन गएमा राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका तर्फबाट दुर्गा प्रसाईं र उनका समर्थक र नेता महेश बस्नेतले नेतृत्व गर्ने युवासंघ बिच झडप हुन सक्ने अवस्थाको प्रबल विश्लेषण गर्न सकिन्छ ।

यस्तो अवस्था किन पनि आउनसक्छ भने केही समय यता प्रसाई र बस्नेतबीच सामाजिक सञ्जालका विभिन्न फोरम र मिडियामा एकअर्काबीच ‘हेट स्पिच’ (घृणात्मक शैलीमा) वक्तव्यबाजी भइरहेका छन्।

प्रसाईँको अभियान र युवा संघले एकै दिन कार्यक्रम राखेकोले गृह मन्त्रालयले चासोका रुपमा हेरेको छ ।

यता जिल्ला प्रशासन कार्यालय काठमाडौंले अहिले सम्म दुबै पक्षले कार्यक्रमका लागि अनुमति नमागेको जानकारी दिएको छ । कुनै पनि भेला, जुलुस, बिरोध प्रदर्शन, कोणसभा लगायतका कार्यक्रम गर्दा प्रशासनसँग अनुमती माग्नु पर्ने हुन्छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले नेपाल कागजसँग कुरा गर्दै भन्नुभयो, "दुवै पक्षले कार्यक्रमको अनुमती तथा स्थान माग गरेका छैनन् ।"

कुनै पनि कार्यक्रम गर्दा प्रशासनसँग अनुमति लिएपछि जिल्ला सुरक्षा समितिको बैठकले कार्यक्रम गर्न दिने नदिने, स्थानको संवेदनशीलता हेर्ने र सुरक्षा विश्लेषण गरेर निर्णय गर्ने प्राबधान छ ।

यता, दुवै पक्षको कार्यक्रम एकै दिन हुने तयारी रहेकाले मुठभेडको अवस्था आउन सक्ने अवस्था छ । त्यस्तो अवस्थालाई रोक्न कफ्र्यु या निषेधाज्ञा जारी हुन सक्छ । प्रशासन, गृह, प्रहरीले समयमै यता तिर ध्यान दिन जरुरी छ नभए ठूलो घटना हुन सक्छ ।

पछिल्ला दिनमा प्रसाईं एमाले अध्यक्ष केपी शर्मा ओली, पोलिटब्युरो सदस्य तथा युवा फाँट इञ्चार्ज महेश बस्नेतविरुद्ध आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् भने बस्नेतले पनि सोही शैली अपनाएका छन । 

केही समय अघि प्रसाईंले पत्रकार सम्मेलन गरेर फर्कँदा युवा संघका कार्यकर्ताले कालो मसी छ्यापेका थिए भने बस्नेतले सामाजिक सञ्जाल मार्फत घुमाउरो पाराले उक्त घटनाको समर्थन गरेका थिए ।

यता नेकपा फुट्नै लाग्दा भनम चिरा परिसकेकै अवस्थामा आफ्नो घरमा पुर्व प्रधानमन्त्री केपी वली र हालका प्रधानमन्त्री प्रचण्डलाई मार्सी चामलको भात खुवाएर एकाएक चर्चामा आएका प्रसाईंका अभिव्यक्ति पनि उग्र छन् । 

लोकतान्त्रिक समाजमा आफ्ना कुरा राख्न त पाइन्छ तर सभ्य भाषामा राख्नु पर्ने हुन्छ । किनकी राइटस एण्ड ड्युटी आर टु साइडस अफ द सेम क्वाइन (अधिकार र कर्तव्य एउटै सिक्काका दुई पाटा हुन्) । त्यसैले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको हनन हुन नदिनु नै हामी सबैको कर्तव्य हो ।

तसर्थ प्रसाईंले पनि आफ्नो बोलिको उग्रतामा कमी ल्याउनु पर्छ भने युवा नेता बस्नेत पनि भैतिक कामकारबाहीमा उत्रन हुँदैन । नेता भनेका कार्यकर्ताका रोल मोडल हुन्छ्न । आफ्नै नेताले उग्रता देखाएमा कार्यकर्ताले झनै धेरै उग्रता देखाउँछ्न भन्ने कुरा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको एक भाषणका आधारमा उनका कार्यकर्ताहरूले उग्रता देखाउँदै सिनेट तथा अमेरिकी कंग्रेस(व्यवस्थापिका)मा आक्रमण गरेको घटनाले दर्शाउँछ ।

प्रसाईं पनि कुनै बेला संकटकाल नलाग्दै कांग्रेसका कार्यकर्ता थिए । शान्ती प्रक्रिया पछि माओवादी सत्तामा आउँदा प्रचण्डका विश्वास पात्र बने । पछि तत्कालिन माओवादी र एमाले मिलेर नेकपा भएपछि उनी प्रचण्ड र केपी ओलीको किचन क्याबिनेट सम्म पहुँच राख्न सफल भए । प्रचण्ड-ओलीको नेकपामा यस्तो शक्ति संघर्ष भयोकी एक-अर्काको मुखै हेर्न समेत चाहन्न थिए । त्यस्तो बेला उनले मार्सी चामल प्रचण्ड र ओलीलाई खुवाएर देशलाई नै अचम्मित बनाउन सफल भए । नेकपा फुटेपछी प्रचण्डको विश्वास पात्र उनी केपी बा भन्दै एमालेमा गए । एमालेले पनि आफ्नो विधान विपरीत रातो कार्पेट राखेर उनलाई केन्द्रिय सदस्य बनायो । अब एका एक उनी राजावादी भएका छन् । पुर्व राजा ज्ञानेन्द्र र पुर्व युवराज पारसलाई आफ्नो कार्यक्रममा उपस्तिथ गराएर जनता र ठुला पार्टीहरूलाई झट्का दिएका छन् ।

मार्सी चामलको भात चरेशको थालमा खुवाएका कारण सामाजिक सञ्जालमा भाइरल भएका प्रसाईं अहिले लघुवित्त, सहकारी तथा बैंकले दिएको २० लाख सम्मको ऋण मिनाहा गर्नुपर्छ भन्दै नागरिक बचाउ अभियान संचालन गरेका छन । विशेष गरि लघुवित्तका कारण देशभर धेरै महिला दिदी बैनी तथा दाजुभाईहरूले आत्महत्या गरेको, लगुवित्तका एजेन्ट आएर घरमा ताल्चा लगाइदिने, समाजमा बेज्जत गर्ने सर्भिस चार्ज भनेर १ लाख मात्र लिँदा २० हजार काटेर पाइने अवस्थाका कारण नेपाली जनता विशेषत: गरिब वर्गमा एक किसिमको आक्रोश थियो । त्यो आक्रोशको नशाबाट सिर्जित आक्रोसित मनोविज्ञानलाई प्रसाईंले च्याप्पै समातेका छ्न । जनतालाई पनि आफ्नो लागि बोलिदिने कोहि छैन भन्ने लागेको बेला प्रसाईंले पब्लिकल्ली बोलिदिँदा उनको पछाडि अहिले प्राय तिनै  लगुवित्त पीडित, राजावादीहरू तथा राप्रका आस्थावानहरूले साथ दिएका छन् ।

झापाको विर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेजको उनी मालिक हुन् । उनले अस्पतालको सम्बन्ध प्राप्तिका लागि राजनीतिक दलका नेतासँग नजिकिने काम गरे । तर, अभियन्ता डा. गोविन्द केसीले अनशन गरेपछि सम्बन्धन नपाएका उनी अहिले हिन्दु राज्य, राजा तथा ऋण मिनाहाको अभियानमा छन् ।

यता प्रसाईंले एमाले अध्यक्ष ओलीलाई सार्वजनिक मञ्चबाट विभिन्न आरोप लगाएपछि महेश वस्नेत रुष्ट भए । युवा संघ नेपालमा अत्यन्तै गहिरो पकड भएका बस्नेतले युवासंघको एक कार्यक्रममा प्रसाईं विरुद्ध उत्रिन निर्देशन दिएका छन ।

समग्रमा भन्दा मंसिर ७ प्रसाईंको कार्यक्रम र संघको कार्यक्रममा झडप हुनसक्ने आँंकलन गरिएको छ । जिल्ला जिल्लाबाट काठमाडौं आउनसक्ने व्यक्तिहरूको संख्या आँकलन गरेर सुरक्षा व्यवस्था कडा गर्ने रणनीति सरकारको छ । त्यसैले अहिले आएर महेश बस्नेत भर्सेज दुर्गा प्रसाईंको शक्ति प्रदर्सनमा को बलियो देखिन्छ भनेर जुँगाको लडाइ भैरहेको छ । 

जनता भने ऋण मिनाह हुने आशमा काठमाडौं जाँदै छन । त्यस्तै बर्दिया जिल्लाबाट मात्र १०-१२ वटा गाडीमा करिब ८ सय देखि १ हजार मानिसहरू कार्यक्रममा जाने तयारी रहेको गोप्य स्रोतले बतायो ।

राष्ट्र राष्ट्रियता तथा नागरिक बचाउ महाअभियानका बर्दिया जिल्ला अध्यक्ष राजेश अधिकारीले नेपालकागजसँग भने, "२० लाख भन्दा तलको ऋण मिनाहा हुनुपर्‍यो, धेरै दिदिबहिनी दाजुभाईले ऋणको जंजालमा परेर आत्महत्या समेत गरेका छन, यसको कारण मुल जरो लघुवित्त हो । यहि लघुवित्तको मानसिक यातनाका कारण धेरै दिदिबहिनी दाजुभाई घर छोडेर भारत छिरेको अवस्था छ । ठुला कम्पनी तथा व्यापारीको, एनसेल कम्पनीको अर्बौं रुपैया मिनाह गर्न सक्ने सरकारले गरिब जनताको ऋण मिनाह गर्नु पर्ने हाम्रो मुख्य तथा सशक्त माग हो ।"

गुलरिया नगरपालिकाबाट मात्रै ४ वटा गाडिमा बसेर प्रसाईं नेतृत्वको अभियानका समर्थक जाने तयारी रहेको छ । बर्दिया जिल्ला भरीबाट करिब १ हजार देखि १२ सय समर्थक जान लागेका छन् ।

विश्लेषण- पत्रकार सन्दिप नाथ योगी


प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १६:४९
#बिचार
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्