Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • बाह्र वर्षपछि भोजपुरको निशान भगवती मन्दिरमा निशान पुनःस्थापना
बाह्र वर्षपछि भोजपुरको निशान भगवती मन्दिरमा निशान पुनःस्थापना
नेपालकागज
नेपालकागज शनिबार, कात्तिक ४, २०८०

भोजपुर । भोजपुरको प्रसिद्ध निशान भगवती मन्दिरमा १२ वर्षपछि निशान पुनःस्थापना गरिएको छ । नेपाली सेनाले यहाँको जीर्ण बनेको मन्दिरको पुनःनिर्माणपश्चात निशान स्थापना गरेको हो । 

भोजपुरको इतिहास बोकेको निशान भवगती मन्दिरको गत वर्ष नेपाली सेनाले पुनःनिर्माण गरेको थियो । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको समयमा १८२६ मा स्थापना गरेको मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको थियो । जीर्णोद्धारपश्चात मन्दिरमा निशान पुनःस्थापना गरिएको हो । 

मन्दिरमा निशान पुनःस्थापना गर्दै नेपाली सेनाका पूर्वी पृतना हेडक्र्वाटरका पृतनापति उपरथी आशबहादुर तामाङले सेनाले पौराणिक र इतिहास बोकेका ठाउँको संरक्षण गर्दै लैजाने नीतिअनुसार मन्दिरको संरक्षणसँगै निशानको पुनःस्थापना गरिएको बताउनुभयो ।  सेनाले धार्मिक, सांस्कृतिक तथा गढीहरूको संरक्षणको क्षेत्रमा काम गर्दै आएको उहाँको भनाइ छ ।
 
“सेनाले पौराणिक महत्व र इतिहास बोकेका स्थलको संरक्षण गर्दै आएको छ”, उहाँले भन्नुभयो, “यो मन्दिरको संरक्षणसँगै निशानको पुनःस्थापना गरिएको छ । आगामी  दिनमा संरक्षण तथा विकासमा स्थानीयवासीसँगै स्थानीय सरकारले ध्यान दिन आवश्यक छ ।”

इतिहास बोकेको मन्दिरको संरक्षणसँगै निशान पुनःस्थापना गरिएपछि स्थानीयवासी उत्साहित भएका छन् । मन्दिरको पुनःस्थापनाले भोजपुरको इतिहासलाई जोगाउन सहयोग पुग्ने स्थानीयवासी विनम श्रेष्ठले बताउनुभयो । “यो भोजपुरको इतिहास बोकेको मन्दिरको पुुनःनिर्माणसँगै निशानको पुनःस्थापना गरिएको छ”, उहाँले भन्नुभयो, “सेनाले जीर्णोद्धारपश्चात निशान पनि राखेको छ । यसले यहाँको इतिहास संरक्षणमा टेवा पुग्ने छ ।”

गरुडदल गुल्म रहँदासम्म यहाँ भव्यरूपमा पूजाआजा हुने गरे पनि गुल्म स्थानान्तरण भएपछि पराम्परा लोप हुँदै आएको स्थानीयवासीको भनाइ छ । विसं २०३९ मा यहाँबाट गुल्म स्थानान्तरण भएको थियो । गुल्म स्थानान्तरण भएसँगै आफ्नो निशान लगेपछि क्रमिकरूपमा यो चलन लोप हुँदै गएको स्थानीय जानकार जीवन श्रेष्ठले बताउनुभयो । पुनः निशान भगवतीको स्थापनापछि इतिहासलाई जोगाउन सहयोग पुगेको उहाँको भनाइ छ ।

गरुडदल गुल्म २०२० साल चैतदेखि २०३९ साल फागुनसम्म भोजपुरमा तैनाथ रहेको थियो । यहाँबाट स्थानान्तरण भएपछि तीनपटकको प्रयासपछि मात्र निशान बाहिर लैजान सफल भएको मन्दिर संरक्षण समितिका अध्यक्ष डम्बर श्रेष्ठले बताउनुभयो । विसं २०६८ मा धेरैपटकको प्रयासपछि यहाँको निशान पाल्पा लगिएको थियो । दुईपटकसम्म निशान लिन आएको हेलिकोप्टरको स्टार्ट बन्द भएपछि तेस्रोपटकको प्रयासमा मात्र स्थानान्तरण गरिएको उहाँको भनाइ छ ।
 
“तत्कालीन समयमा यहाँबाट निशान लैजान समस्या भएको थियो”, उहाँले भन्नुभयो, “तीनपटकको प्रयासपछि मात्र निशान यहाँबाट अन्य ठाउँमा लैजान सेना सफल भएको थियो । स्थानीयवासीको मागअनुसार सेनाको पहलमा पुनःनिशान फिर्ता ल्याउने काम सफल भएको छ ।”
 
भोजपुर नगरपालिका नगरप्रमुख कैलाशकुमार आलेले मन्दिरको निर्माण तथा निशान पुनःस्थापना गर्न नेपाली सेनाले खेलेको भूमिका उल्लेख्य रहेको बताउँदै मन्दिरको आगामी दिनमा संरक्षण्का लागि पूर्ण स्वामित्व लिनसमेत नगरपालिका तयार रहेको बताउनुभयो । यस्ता इतिहास बोकेका ठाउँहरूको संरक्षणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । मन्दिर जिल्ला कारागारको परिसरमा रहेकाले यसलाई सहजरूपमा स्थानीयले पूजाआजा गर्ने वातावरण मिलाउनमा पहल गर्ने नगरप्रमुख आलेको भनाइ छ ।

“सबैको साथ सहयोगमा स्थानीयको मागअनुसार मन्दिरसँगै निशान पुनःस्थापना गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो, “कारागार परिसरमा मन्दिर रहेकाले सुरक्षाका कारण स्थानीयलाई समस्या छ । यहाँ सर्वसाधरणले सहजरूपमा दर्शन गर्ने वातावरण मिलाउन नगरले पहल गर्नेछ ।”

मन्दिरमा निशान स्थापनाले खुसी थपेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो । कारागार परिसरमा मन्दिर रहेकाले स्थानीयले विशेष दिनमा मात्र मन्दिर दर्शन गर्दै आएकाले कारागार भवन बनेपछि थप सहज हुने उहाँको भनाइ छ । स्थानीयलाई सहजरूपमा दर्शन गराउने वातावरण बनाउन सबैले पहल थाल्नुपर्ने उहाँले बताउनुभयो ।
 
गत वर्ष रु २१ लाख २६ हजार चार सय ५४ लागतमा मन्दिर पुनःनिर्माण सम्पन्न भएको हो । नेपाली सेनाबाट रु १५ लाख, स्थानीय तहसँगै विभिन्न सङ्घसंस्था तथा मन्दिर व्यवस्थापन समितिबाट रु पाँच लाख ४५ हजार र बाँकी गणको आन्तरिक स्रोतबाट खर्च गरेर मन्दिरको निर्माणपश्चात निशान पुनःस्थापना गरिएको नयाँ श्रीनाथ गण भोजपुरका प्रमुख फणिन्द्र थापाले जानकारी दिनुभयो । मन्दिरको जीर्णोद्धारको काम भने फष्ट रैफल गणको पालामा सम्पन्न भएको हो । 


प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्