Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • प्रहरीका आइजिपीबाट को-को भए सम्मानित ?
प्रहरीका आइजिपीबाट को-को भए सम्मानित ?
नेपालकागज
नेपालकागज मंगलबार, असोज ३०, २०८०

काठमाडौँ । सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई सम्मानपत्र, कदरपत्र, पुरस्कार एवं विविध अलङ्कार तथा पदक प्रदान गर्नुभयो ।
सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) २०८० अन्तर्गत आ-आफ्नो विधामा उत्कृष्ट कार्य गर्ने ट्राफिक
प्रहरीतर्फ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, नेपाल प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी वरिष्ठ
उपरीक्षक ध्रुव राज राउत, प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीका प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण हरि शर्मा, प्रदेश प्रहरी गण खजुरा बाँकेका प्रहरी उपरीक्षक माधव प्रसाद बुढाथोकी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मी, ईलाका प्रहरी कार्यालय बुटवल रूपन्देहीका प्रहरी नायव उपरीक्षक दान बहादुर थापा र प्रहरी चौकी श्रीअन्तु ईलामका
प्रहरी वरिष्ठ नायव निरीक्षक किरण प्रसाईलाई प्रशंसापत्र एवम् पुरस्कार प्रदान गर्नुभयो ।

यसैगरी प्रहरी महानिरीक्षक कुँवरले महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा
केन्द्रहरूमा कार्यरत प्रहरी कर्मचारीहरूलाई प्रोत्साहन तथा उच्च मनोबल प्रदान गर्नको लागि
यसै वर्षदेखि यूनिसेफ नेपालको सहकार्यमा Strengthening Nepal Police Women
Children and Senior Citizens Services Directorate on Justice For Children परियोजना अन्तर्गत सर्वप्रथम हुने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक समीक्षा खत्री, द्वितीय हुने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी हवल्दार देवी पाण्डे, तृतीय हुने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक निरला भण्डारी तथा सान्तवना पुरस्कारतर्फ जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सरिता विश्वकर्मा र जिल्ला

प्रहरी कार्यालय जाजरकोटका प्रहरी सहायक हवल्दार वीरेन्द्र बिकलाई कदरपत्र तथा नगद
पुरस्कार प्रदान गर्नुभयो ।

यसैगरी प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी सम्बन्धी उत्कृष्ट लेख रचनातर्फ डा.
छायादत्त न्यौपाने‘बगर’ र प्रहरी निरीक्षक जनार्दन घिमिरेलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले नेपाल प्रहरी विद्यालयका उत्कृष्ट शिक्षकतर्फ नेपाल प्रहरी स्कुल साँगा काभ्रेका शिक्षक भरत सिग्देल, ६८औं प्रहरी दिवस २०८० का अवसरमा सर्वोत्कृष्ट प्रहरी नारा ‘गर्वका साथ सेवा, सम्मानका साथ सुरक्षा’ परिकल्पना गर्नुहुने प्रहरी सहायक निरीक्षक अमृत राना, ६८औं प्रहरी दिवस २०८० को उपलक्ष्यमा नेपाल प्रहरीद्वारा आयोजना गरिएको चित्रकला प्रतियोगितामा विजयी हुने नारायणी मोडेल सेकेन्डरी स्कुल, भरतपुर महानगरपालिका-१० की कक्षा ९ मा अध्ययनरत छात्रा सृष्टि श्रेष्ठ र निबन्ध प्रतियोगितामा विजयी हुने सेन्ट जेभियर्स स्कुलकी कक्षा १० की छात्रा अनुष्का पाण्डेयलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । सोही अवसरमा अनुष्का पाण्डेयले पुरस्कृत निबन्ध वाचन गर्नु भएको थियो भने सृष्टि श्रेष्ठको चित्रकला प्रदर्शन गरिएको थियो ।

यसैगरी प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीलाई शान्ति सुरक्षा र अपराध अनुसन्धानमा सहयोग पुर्‍याउने अवकास प्राप्त प्रहरी उपरीक्षक ध्रुवरत्न हाडा, अवकास प्राप्त
प्रहरी निरीक्षक श्याने राना र विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको समयमा
र डेङ्गु नियन्त्रणको लागि नेपाल प्रहरीलाई स्वास्थ्य सुरक्षाको सामग्री उपलब्ध गराई सहयोग गर्ने समाजसेवी रमेश केसीलाई सम्मानपत्र प्रदान गर्नुभयो । साथै नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्नुहुने उदयपुर बेलका नगरपालिकाका धनराज दाहाललाई कदरपत्र प्रदान गर्नुभयो । साथै नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्नुहुने अन्य ३८ जनालाई सम्बन्धित प्रदेश प्रहरी कार्यालयहरूबाट कदरपत्र प्रदान गरिने छ ।

प्रहरी महानिरीक्षक कुँवरले उत्कृष्ट विपद व्यवस्थापनको कार्य गर्ने प्रहरी जवान प्रकाश
साउद, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेल, उत्कृष्ट बाह्य
प्रशिक्षक प्रहरी नायव निरीक्षक रेशम बहादुर बानिया, प्रहरी जवान सरिता थारू, सपोर्ट समूह
प्राविधिकतर्फका प्रहरी निरीक्षक भक्त क्षेत्री र उत्कृष्ट खेलाडीतर्फ प्रहरी प्रहरी जवान विशाल
सिंह विष्ट र प्रहरी कार्यालय सहयोगी सागर भण्डारीलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । साथै नेपाल प्रहरी स्मारक गुठिका ९ जना आजीवन सदस्यहरूलाई उहाँले कदरपत्र प्रदान गर्नुभयो ।

यसैगरी उहाँले सम्माननीय राष्ट्रपतिज्यूबाट वि.सं. २०७९ को संविधान दिवसको
अवसरमा प्रहरी कर्मचारीहरूलाई प्रदान गरिएको नेपाल प्रताप सुभूषण २० जना, नेपाल प्रताप आभूषण १२ जना, नेपाल प्रताप भूषण ५ जना, सौर्य पदक १ जना र विरता पदक १ जनालाई प्रदान गर्नुभयो ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी
संगठनलाई निःस्वार्थ सहयोग पुर्‍याउनु भई सम्मानित हुनु भएका महानुभावहरू, पुरस्कार
विजेता विद्यार्थीहरू, प्रहरी दिवसका अवसरमा आयोजित विविध विधामा पुरस्कृत हुनुभएका
एवं सर्वोत्कृष्ट कार्य सम्पादन गरी पुरस्कृत हुनुभएका प्रहरी कर्मचारीहरूमा हार्दिक बधाई ज्ञापन गर्नुभयो । पदीय जिम्मेवारी निर्वाहका क्रममा उच्च व्यावसायिकता प्रदर्शन गरी उत्कृष्ट कार्यसम्पादन गर्नुभएका प्रहरी अधिकृत तथा जवानहरूले आगामी दिनमा समेत गुणस्तरको कार्यसम्पादन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । संगठनले सुम्पेको जिम्मेवारी निर्वाहमा प्रदर्शन
गरेको इमानदारी, लगनशीलता र प्राप्त परिणामको उच्च मूल्याङ्कन भएको उल्लेख गर्दै पुरस्कृत हुने प्रहरी कर्मचारीहरूबाट प्रदर्शन भएको जिम्मेवारीबोध, व्यावसायिक निष्ठा र कुशलताबाट अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनले प्रचलित कानूनको कार्यान्वयन तथा मानव
अधिकारको संरक्षण र सम्बर्धनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै कर्तव्यपालनाको क्रममा सम्पूर्ण प्रहरी कर्मचारीहरू त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभयो ।

प्रहरी संगठनबाट प्रदान गरिने सेवाहरू जनमुखी, पारदर्शी, स्वच्छ, छिटो छरितो, प्रभावकारी र नागरिक एवं
सेवाग्राही स्वीकार्य ढंगबाट उपलब्ध गराउन सकेमा मात्र प्रहरीप्रतिको जनविश्वासमा अभिवृद्धि हुने चर्चा गर्दै उहाँले भन्नुभयो, ‘क्षणिक लाभ हानी, व्यक्तिगत सफलता असफलताको संकिर्णता कार्यसम्पादनको गुणस्तरको परम शत्रु हुन तसर्थ यी भन्दा माथि उठेर सामूहिक रूपमा एकसाथ उभिई व्यावसायिक निष्ठाकासाथ अविचलित रही राज्यप्रतिको सेवाभावको मनोवृतिगत रूपान्तरण अहिलेको टड्कारो आवश्यक्ता हो ।’ नेपाल प्रहरीलाई थप सुदृढ सबल र सक्षम बनाउनका लागि पद्धति र प्रणाली महत्वपूर्ण रहेकोले सबैको सकारात्मक सहयोग र साथ आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ
प्रहरी अधिकृतहरु, आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृत तथा जवानहरुको
उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १७:४४
#सुरक्षा
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्