Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • सालिक छैन, भानुचोक छ...
सालिक छैन, भानुचोक छ...
नेपालकागज
नेपालकागज शुक्रबार, असार २९, २०८०

काठमाडौँ । नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्तीका अवसरमा उहाँले नेपाली भाषा र साहित्यको उन्नयनमा पुर्‍याउनुभएको योगदानका विविध पक्षको स्मरण गर्दै चर्चा गरिएको छ । 

मोर्डन कन्या मल्टिपल कलेज, भीमसेन गोला, बानेश्वरले आज आयोजना भानुजयन्ती कार्यक्रममा इतिहासविद्,  साहित्यकार, प्राध्यापक र छात्राहरूले भानुले नेपाली साहित्यको श्रीवृद्धिमा पु¥याएको योगदानबारे कविता र मुक्तकमार्फत उजागर गर्दै उनलाई प्रेरणा दिने घाँसीको समेत स्मरण गरे ।

सो अवसरमा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले भानु आफूले आर्जेको ज्ञानलाई रचनामार्फत उजागर गरेकै कारण आज संसारका कुनाकाप्चामा पुग्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भानुको योगदानलाई औपचारिक रूपमा चिनाउने काम दार्जिलिङबाट भएकामा त्यसको धेरैपछि मात्र नेपालमा जयन्ती मनाउन सुरु गरिएको हो ।”

उहाँहरूले विदेशमा भानुका धेरै सालिक र स्मारक भए पनि यहाँ भएका भने तोडफोड गरिएकामा दुखेसो पोख्नुभयो । सालिक नष्ट गरिए पनि अझै  जनकपुरलगायत कतिपय स्थान विशेषको नाम भानुचोकबाट परिचित छ । 

पृथ्वीनारायण शाहको टुक्राटुक्रामा विभाजित नेपाललाई एकीकरण गर्ने अभियानलाई भानुभक्तले भाषा र साहित्यका माध्यमबाट पूर्णता दिनुभएको थियो । नेपालीजनले रुचाइएका शब्द र लय टिपेर लेखिएको ‘रामायण’ले नेपालीलाई भाषागत रूपमा एकीकरण गर्न सफल भएकोे हो । 

इतिहासविद् प्रा दिनेशराज पन्तले ससाना राज्यमध्ये सबैभन्दा कमजोर गोरखाका राजा पृथ्वीनारायणले राज्यविस्तार गरी भौगोलिक एकीकरणको भाव दिएजस्तै भानुकै योगदानका कारण अहिले विश्वका एक सय ९० भन्दा बढी मुलुकमा नेपाली भाषा पनि पुगेकामा गौरव प्रकट गर्नुभयो ।

दायित्व वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष रामप्रसाद पन्तले नेपाली जाति विश्वका जुन कुनामा पुगेका छन् त्यहाँ भानुभक्त पनि पुग्छन् भन्ने मान्यता रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “तलबार र कलमको तागतमध्ये कुन बलियो भन्ने उत्तर ‘रामायण’ले दिएको छ, तलबारको शक्ति खुम्चिएको छ  भने भानुले आर्जेको कलमको तागत फैलँदो छ ।” साहित्यकार जय छाङ्छाले भानुले नैतिक र नीति शिक्षाका लागि ठूलो प्रेरणा प्रदान गरेको जनाउँदै उहाँ स्वदेशमा भन्दा विदेशमा लोकप्रिय र पूजनीय रहेको विचार राख्नुभयो ।

कलेजका अध्यक्ष प्रा डा रामप्रसाद दाहालले ‘भानुभक्तको रामायण’ रचना नभएको भए नेपाली साहित्य आजको जस्तो परिष्कृत र विकास नहुने बताउनुभयो ।  उहाँले भन्नुभयो,  “बयालिस वर्षदेखि मैले निरन्तर रूपमा भानुजयन्ती कार्यक्रम गर्दैआएको छु, उनको ‘रामायण’ थिएन भने नेपाली साहित्य अहिलेको अवस्थामा हुन्थेन, भानुको योगदानलाई राज्यले कदर गर्नुपर्छ, त्यसमा अझै कमजोरी छ ।’

कलेजका प्राचार्य सविन पोखरेलले भानुभक्तको भाषा, साहित्य र शब्द चयनले  उहाँ चिरपर्यन्त झन् झन् अमरत्व प्राप्त गरिरहेको बताउनुभयो ।

सो अवसरमा सहभागी वक्ताले भानुजयन्ती राष्ट्रियता जगाउने कविता महोत्सवका रुपमा रहेको चर्चा गर्दै विदेशमा स्थापित सालिक, स्मारक र  आयोजना हुने कार्यक्रमले उहाँ स्वदेशजत्तिकै विदेशमा पूजनीय र स्थापित रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा आदिकविका तस्बिरमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरियो । सो अवसरमा कलेजका छात्रा शर्मिला कार्की, गङ्गा केसीलगायतले  भानुको काव्य सोच, अहिले मुलुकमा बिथोलिएको राजनीतिक घटना र कतिपय नेतामा देखिएको नैतिकताका खडेरी सम्बन्धमा व्यङ्ग्यात्मक रचना प्रस्तुत गर्नुभयो भने मुक्तक समाजका अध्यक्ष रामकाजी कोनेले भानु र मायाप्रीतिसँग सम्बन्धित मुक्तक वाचन गर्नुभएको थियो । 

 


प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्