Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • मदन भण्डारी माक्र्सवादलाई सिर्जनशीलरुपमा प्रयोग गर्ने नेता
मदन भण्डारी माक्र्सवादलाई सिर्जनशीलरुपमा प्रयोग गर्ने नेता
नेपालकागज
नेपालकागज बुधबार, जेठ ३, २०८०

शरद् शर्मा, काठमाडौँ । आज मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)ले आज विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै छन् ।

एमालेले स्मृति दिवसका अवसरमा आज मदन नगर बल्खुस्थित पुरानो पार्टी कार्यालयमा ‘मदन–आश्रित स्मृति कार्यक्रम’ गर्दैछ । कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका शीर्षनेताले जननेता भण्डारी र नेता आश्रितको तस्बिरमा माल्यार्पण गर्ने कार्यक्रम छ । 

तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा परी निधन भएको थियो । भण्डारीको निधनबाट नेपाली कम्युनिष्ट एवं लोकतान्त्रिक आन्दोलनले अपूरणीय क्षति व्यहोेरेको नेताहरू बताउँछन् । 

एमालेले भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको सिद्धान्त बनाएको छ । एमालेले पाँचौँ राष्ट्रिय महाधिवेशनबाट जबजलाई नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा पारित गर्दै सिद्धान्त बनाएको हो । जबजलाई एमालेले नेपाली क्रान्तिलाई मार्गदर्शन गर्ने सिद्धान्तका रूपमा लिएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भण्डारीको निधनबाट कम्युनिष्ट आन्दोलन मात्र नभई मुलुकले नै क्षति व्यहोरेको बताउनुभयो । छोटो समयमा संसद्मा खेलेको भूमिकाको चर्चा गर्दै उहाँले भण्डारीको अभाव अहिले पनि खट्किएको बताउनुभयो । “भण्डारी अहिले भइदिएको भए मुलुकमा अहिलेको समस्या आउँदैनथ्यो होला”, सभामुख घिमिरेले भन्नुभयो ।

भण्डारी छोटो अवधिमा कम्युनिष्ट आन्दोलनलाई अगाडि लैजान, संसदीय राजनीतिमा जनताको बीचमा गएर पार्टीलाई लोकप्रिय बनाउन र पार्टीले लिएका नीतिलाई व्यवहारमा लागू गर्न सफल नेताका रूपमा सभामुख घिमिरे स्मरण गर्नुहुन्छ । विचारलाई व्यवहारमा उतारेर सबैलाई सञ्चालन गर्न सक्ने नेताको  अभावले गर्दा अहिले राजनीति जसरी विकास हुनुपर्दथ्यो त्यो हुन नसकेको उहाँको भनाइ छ । 

“नेता भण्डारी भइदिएको भए अहिले मुलुकमा जे समस्या देखापरेका छन्, यस्तो स्थिति आउँदैन्थ्यो भन्ने कुरा सजिलै भन्न सकिन्छ । त्यो कुराको महसुस मैले गरेको छु र अन्यले पनि गर्नुभएको होला”, सभामुख घिमिरेले भन्नुभयो । 

विश्वभरि कम्युनिष्ट अन्दोलन कस्तो हुने भन्ने चर्चा भइरहेको बेला भण्डारीले सिर्जनात्मक ढङ्गले नेपालको कम्युनिष्ट आन्दोलन उचाइमा पु¥याउनुभएको थियो । भण्डारीले समकालीन राजनीतिमा माक्र्सवाद र लेनिनवाद सिद्धान्तलाई तत्कालीन परिस्थितिअनुसार वैज्ञानिक ढङ्गबाट बुझेर त्यस अनुरुप लागू गर्र्नुभयो ।  

“भण्डारी आफ्नो समयमा माक्र्सवादलाई कस्तो र कसरी प्रयोग गर्नुपर्दछ भन्ने बारेमा माक्र्सवाद दर्शनलाई जनताको बहुदलीय जनवाद (जबज) परिणत गरेर व्यवहारमा प्रयोग गर्न सक्ने सफल दार्शनिक नेता हुनुहुन्थ्यो”, सभामुख घिमिरेले भन्नुभयो, “माक्र्सवादलाई सिर्जनात्मक ढङ्गबाट देशको परिस्थितिअनुसार कसरी प्रयोग गर्न सक्नुपर्दछ भन्ने कुरामा स्पष्ट दृष्टिकोण राख्ने र त्यसलाई व्यवहारमा लागू गर्न सक्ने उहाँ सक्षम नेता हो ।” 

एउटै कमिटीमा रहेर काम गर्नुभएका सभामुख घिमिरेले भण्डारी स्पष्ट दृष्टिकोण, सरल व्यवहार र आफ्नो कुरालाई तर्कले पुष्टि गर्न सक्ने नेताका रूपमा परिचित रहेको बताउनुभयो । भण्डारीले पुष्पलालसँग विद्रोह गरेदेखि नै आफुले सङ्गत गरेको घिमिरेले बताउनुभयो ।

यसैबीच मदन–आश्रित स्मृति दिवसका अवसरमा आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी कोटेश्वरस्थित मदन बाटिकामा हुने कार्यक्रममा सहभागी हुनुहुने छ । भण्डारीले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन सङ्कटमा परेका बेला जनताको बहुदलीय जनवाद (जबज)को नेपालमा आधारस्तम्भ निर्माण गर्नुभएको थियो । जुन जबज माक्र्सवादको नेपाली संस्करण थियो ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीसँग १५ वर्ष को–अर्डिनेशन केन्द्रको एउटै कमिटीमा रहेर काम गरेको बताउनुभयो । उहाँले जबजजस्तो गतिशील विचार निर्माण गरेर भण्डारीले माक्र्सवादलाई नेपालको विशिष्टितामा लागू गरेको उल्लेख गर्नुभयो । 

“भण्डारीले माक्सवार्दलाई नेपालको विशिष्टतामा लागू गर्न जबज सिद्धान्त बनाउनुभएको छ”, पोखरेलले भन्नुभयो, “एमालेले अहिले उहाँको विचार जबजलाई मार्गनिर्देशक विचारका रूपमा अँगालेको छ ।” एमालेको नीति तथा कार्यक्रम जबजकै आधारमा रहेको उहाँको भनाइ छ । “सिद्धान्तलाई सिर्जनशीलतामा लागू गर्ने नेताका रूपमा भण्डारी चिनिनुहुन्छ”, नेता पोखरेलले भन्नुभयो, “भण्डारीले कम्युनिष्ट पार्टीका विचारलाई विशिष्टतामा लागू गर्नुभएको छ ।”

एमाले नेता मुकुन्द न्यौपानले भण्डारी र आश्रितको निधनले कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति पुगेको बताउनुभयो । उहाँले विलक्षण प्रतिभा, सरल व्यवहार, आफ्नो अडान र दृष्टिकोणलाई तर्कसङ्गतरूपमा राख्न सक्ने कहिल्यै नबिर्सने दूरगामी नेताका रूपमा दुवैजना चिनिएको बताउनुभयो । 

न्यौपानेले २०३४ सालदेखि भण्डारीसँगै काम गरेको स्मरण गर्दै उहाँ जनताको भावना बुझ्ने नेताका रूपमा परिचित हुनुहुन्थ्यो भन्नुभयो । “दूरदर्शी क्षमताका साथै जनताको भावना बुझेर उहाँ व्यवहारमा लागू गर्नुहुन्थ्यो”, न्यौपानेले भन्नुभयो, “जननेता सबै हुदैनन्, उहाँमा जननेता हुने गुण थियो ।”

नेता न्यौपानले मनमोहन अधिकारीले पनि रुचाएको नेता भण्डारी भएको उल्लेख गदै अधिकारी र भण्डारीको साङ्गठनिक एकताले नै एमालेले २०४८ सालमा ६९ सिट तथा २०५१ सालको निर्वाचनमा पहिलो पार्टी भएको बताउनुभयो । उहाँले जनताको बीचमा गएर सङ्गठन विस्तार गर्ने भण्डारीको कार्यशैलीका कारणले एमाले जनताबीच लोकप्रिय भएको बताउनुभयो । 

भण्डारीलाई अध्ययनशील, छिटो कुरा बुझ्ने नेताका रूपमा न्यौपाने सम्झनुहुन्छ । उहाँका अनुसार भण्डारीमा विचारको व्यवस्थापन, सङ्गठन व्यवस्थापन र कार्यशैलीको व्यवस्थापनजस्ता गुण थिए । “उहाँ सधैँ जनताकहाँ जाने, जनतासँग लिने र जनतालाई नै दिनेजस्ता कुरा गर्नुहुन्थ्यो”, नेता न्यौपानेले भन्नुभयो । भण्डारीले अघि सार्नुभएको जबज सिद्धान्तलाई नेपालको माटो सुहाउँदो परिस्कृत गर्न सके मुलुकको विकास गर्न सकिने धारणा उहाँले राख्नुभयो ।

विश्व प्रसिद्ध अमेरिकी म्यागेजिन न्यूजविकले भण्डारीसँग लिएको  अन्तर्वार्ताको हेडलाइनमा ‘इन नेपाल, कार्लमाक्र्स लिभ्स’ लेखिएको थियो । विसं २०४६ मा भएको नेकपा (माले) को चौथो महाधिवशेन र २०४७ सालमा नेकपा (माले) र नेकपा (माक्र्सवादी)बीच एकता भई भण्डारी नेकपा (एमाले)को महासचिव बन्नुभएको थियो । 

यस्तै एमालेको २०४९ सालमा भएको पाँचौँ महाधिवेशनबाट पनि उहाँ महासचिवमा चुनिनुभएको थियो । भण्डारी २०४८ सालको संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो ।


प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १०:०७
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्