Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • वर्ष २०७९ : अपेक्षा गरेका चलचित्र कति सफल ?
वर्ष २०७९ : अपेक्षा गरेका चलचित्र कति सफल ?
नेपालकागज
नेपालकागज सोमबार, वैशाख ४, २०८०

काठमाडौँ । लामो समयसम्म कोरोना महामारीको असर र ‘ओटीटी’मा बढ्दो प्रयोगकर्ताको सङ्ख्याले दर्शक सिनेमा घरसम्म आउँदैनन कि भन्ने शङ्कालाई तोड्दै वर्ष २०७९ मा केही चलचित्रका लागि दर्शक उम्लिएर सिनेमा घरसम्म पुगे । यद्यपि केही चलचित्रको हकमा भने टिकट बिक्री शून्य जस्तै भयो । 

गत वर्ष कुनै सिनेमाका लागि पाँच वटा मात्रै टिकट बिक्री भए भने राम्रो कमाएको भनिएको चलचित्रको हकमा साढे सात लाखभन्दा बढी टिकट बिक्री भए । वर्षको सुरुआत भने सुखद् रह्यो । वर्षको पहिलो दिन प्रदर्शनमा आएको ‘ए मेरो हजुर ४’ले सिनेमा घरसम्म दर्शक तानेपछि अन्य चलचित्रकर्मीमा उत्साह भरियो र निर्माण सम्पन्न भइ तयारी अवस्थामा रहेका चलचित्र धमाधम प्रदर्शनमा आउन थाले । 

वर्ष २०७९ मा प्रदर्शनमा आएका केही चलचित्रले सीमक्षक र दर्शक दुबैबाट राम्रो प्रतिक्रिया पाए । केहीले एकबाट मात्रै राम्रो प्रतिक्रिया पाए भने केही चलचित्र कतै पनि चलेनन् । ती चलचित्र बन्न त बने तर दर्शकले नै थाहा पाएनन् । केही चलचित्रले राम्रो प्रतिक्रिया पाए पनि व्यापारमा असफल भए भने व्यापार राम्रो गरेका केही चलचित्रले प्रतिक्रिया राम्रो पाएनन् ।

यसैमध्येको एक चलचित्र हो, ‘षडकोण’ । गत वैशाखमा रिलिज भएको यो चलचित्रबाट राम्रो व्यापार गर्न अपेक्षा गरिए पनि त्यसो हुन सकेन । कर्मा, भोलाराज सापकोटालगायत कलाकारले अभिनय गर्नुभएको यस चलचित्रले जम्मा पाँच सय ४८ टिकट बिक्री गर्न सक्यो । 

वैशाखमै प्रदर्शन भएको चलचित्र ‘लक्का जवान’ पनि असफल भयो । हास्य कलाकार एकबद्ध भई बनाएको यो चलचित्रको नौ हजार ८ सय ७५ टिकट बिक्री जम्मा रु २६ लाख १५ हजार एक सय ७६ ग्रस आम्दानी गर्‍यो । किरण केसी निर्माता रहनुभएको चलचित्रमार्फत शिवहरि पौडेल निर्देशक बन्नुभयो । हास्य कलाकारको समूह बन्ने र सफल हुने सिलसिलामा यसले भने सफलता पाएन । 

प्रदर्शन अगाडि चर्चामा रहेको चलचित्र हो, ‘चिसो मान्छे’ । तर चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल लगायतको अभिनय छ । विदेशबाट आएको श्रीमान्को शव बुझेर काठमाडौँबाट बाजुरासम्म यात्रा गर्ने कथा देखाइएको चलचित्रलाई दीपेन्द्र कुमार खनालले निर्देशन गर्नुभएको छ । 

कलाकार र निर्माण समूहको कारण चर्चामा रहेको चलचित्रले समीक्षकमार्फत मिश्रित प्रतिक्रिया पाएको  थियो । तर अपेक्षितरुपमा दर्शक तान्न भने सकेन । चलचित्र हेर्नका लागि ३२ हजार ८७ टिकट बिक्री भएबापत रु ९६ लाख १७ हजार तीन सय १० मात्रै आम्दानी भयो । 

अभिनेता खगेन्द्र लामिछाने निर्देशक रहेको चलचित्र ‘पानीफोटो’उठान गरिएको विषयवस्तुका कारण प्रदर्शन अघि चर्चामा थियो । टलकजङ्ग भर्सेस टुल्के, पशुपतिप्रसाद जस्ता चलचित्रका अभिनेता लामिछानेले निर्देशक बनेर माओवादी द्वन्द्वको समयमा बेपत्ता भएको छोराको पर्खाइँमा बसेको बा–आमाको कथालाई पर्दामा ल्याउनु भएको छ । 

गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’कै अनुरुपण गरिएको चलचित्रमा अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना जस्ता रङ्गमञ्चमा माझिएका कलाकार हुनुहुन्छ । यद्यपि यसको व्यापार न्यून भयो । चलचित्रको आठ हजार तीन सय ३१ टिकट बिक्री भएबापत रु २४ लाख ८२ हजार  छ सय १२ को व्यापार भयो ।

अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘प्रकाश’ले पनि व्यावसायिक रुपमा सफलता पाएन । चलचित्रले ५७ हजार ३९ टिकट बिक्री भएबापत रु एक करोड ५७ लाख आठ हजार ६ सय ८८ को व्यापार गर्‍यो । 

दिनेश राउतले निर्देशन गर्नुभएको चलचित्र ‘ऐना झ्यालको पुतली’लाई समीक्षकले राम्रो समीक्षा दिए । नेपालबाट अस्कर अवार्डका लागि यसलाई पठाइयो । सुजित विडारीको निर्देशन रहेको चलचित्र विश्वका कयौँ चलचित्र महोत्सवमा सहभागी र पुरस्कृतसमेत भयो । यद्यपि यसको व्यापार घरेलु बजारमा राम्रो भएन । चलचित्रको २० हजार छ सय २९ वटा टिकट बिक्रीबाट रु ६३ लाख १६ हजार एक सय ५ को ग्रस कलेन्सन ग¥यो । 

हास्य विधाका चलचित्र दर्शकको प्राथमिकता परिरहँदा ‘छक्का पञ्जा’ समूहबाट अलग भएर अभिनेता जीतु नेपालले अभिनय गर्नुभएको चलचित्र ‘ह्यारी कि प्यारी’ ले पनि राम्रो आम्दानी गर्न सकेन । साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल लगायतका कलाकारले अभिनय गर्नुभएको चलचित्रको २७ हजार ८१ टिकट मात्र बिक्री भएवापत रु ७४  लाख १६ हजार दुई सय ६९ मात्रै आम्दानी भयो ।

नेपालमा सर्वाधिक महँगो अभिनेता भनेर चिनिने अनमोल केसी गएको वर्ष असफल हुनुभयो । उहाँ अभिनित ‘ए मेरो हजुर ४’ बक्सअफिसमा केही बलियो देखिए तापनि समीक्षकले मन पराएनन् । अभिनेता केसीको अभिनयको चर्चा भएन । साथै केसी अभिनित चलचित्र ‘२.० छड्के’ भने दुवै पक्षमा असफल भयो । यसको बक्सअफिस व्यापार न्यून रह्यो । केसीका लागि यो विर्सनलायक चलचित्र बन्यो । चलचित्रको नौ हजार ५ सय ९९ टिकट बिक्री भएबापत रु सत्ताइस लाख ६६ हजार छ सय ३३ व्यापार गरेको छ । 

समग्रमा यसवर्ष शृङ्ख लाका रुपमा आएका चलचित्रले भने राम्रो व्यापार गरेका छन् ।


प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्