Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • भविष्य खोज्दै महिला खेलाडी, खेल्ने वातावरण नहुँदा निरास हुनुपर्ने अवस्था
भविष्य खोज्दै महिला खेलाडी, खेल्ने वातावरण नहुँदा निरास हुनुपर्ने अवस्था
नेपालकागज
नेपालकागज बुधबार, माघ २५, २०७९

रामपुर (पाल्पा) । डुमीसरा सारु जनता मावि निस्दी गाउँपालिका–५ ढुङ्गानाबेँसीमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । उहाँको भलिबल खेलमा औधी रुचि छ । 

भविष्यमा राम्रो खेलाडी बन्ने धोको भए पनि खेल्ने वातावरण नहुँदा सारु निरास हुनुहुन्छ । 

 स्थानीय तथा विद्यलायस्तरमा हुने विभिन्न खेल प्रतियोगितामा सरिक हुने उहाँ सामान्यतया पूर्वाधार अभावले खेलाडीलाई खेल्ने वातावरण नभएकोमा चिन्तित हुनुहुन्छ । सारु दुई वर्षदेखि भलिबल खेल्दै आउनुभएको छ ।

सोही विद्यालयको कक्षा १२ मा अध्ययनरत १७ वर्षीया देउमाया सारु पुरुषको तुलनामा महिला खेलाडीलाई हेर्ने दृष्टिकोण नै फरक रहेको बताउनुहुन्छ । 

एकै प्रकृतिको खेल भए पनि पुरस्कार दिँदा महिला खेलाडीलाई भेदभाव गर्ने गरेको गुनासो पोख्नुहुन्छ ।

“प्रतिभा लुकाएरै बस्नुपर्ने हुन्छ, महिला सहभागिता  बढाउन आवश्यक छ । एकै प्रकृतिको खेलमा पुरस्कारमा विभेद गर्नुभएन, यस्ता कुराले पनि खेलाडीलाई असर गर्छ”, सारुले भन्नुभयो । 

दरैठाँटी मावि रामपुरमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया अस्मी घर्तीले तीन वर्षयता भलिबललाई प्राथमिकता दिँदै निरन्तर प्रतिस्पर्धा गर्दै आउनुभएको छ । 

महिलाका लागि स्थानीय तथा विद्यालयस्तरमा भलिबल खेलमात्रै धेरै आयोजना गरिने हुँदा यसबाट भविष्य बनाउने अठोट लिएको उहाँको भनाइ छ । स्थानीयस्तरमा खेल पूर्वाधार नहुँदा घर्ती चिन्ता प्रकट गर्नुहुन्छ ।

“स्थानीय तहमा मात्र नभई बाहिरी जिल्लामा प्रतिस्पर्धा गर्नुपर्ने हुँदा यहाँ प्रशिक्षणको व्यवस्था छैन, आफ्नै मेहनतले जे जसरी सिक्यो त्यसरी नै खेल्ने हो, हरेक स्थानीय तहमा खेल प्रशिक्षक आवश्यक छ”, उहाँले भन्नुभयो । 

दरैठाँटी माविकै कक्षा ११ की छात्रा अस्मिता थापा सानैदेखि भलिबलमा रुचि राख्नुहुन्छ । भलिबल खेल्न पाउँदा उहाँ ज्यादै हर्षित हुनुहुन्छ । फुर्सदमा भलिबल खेलिहाल्ने थापाको बानी छ । अठार वर्षीया थापा परिवारको साथ सहयोगका कारण खेल्न पाएको बताउनुहुन्छ । उहाँ तीन वर्षदेखि भलिबल प्रतियोगितामा सहभागी बन्दै आउनुभएको छ । 

“स्थानीयस्तरमा आश लाग्दा र सम्भावना बोकेका खेलाडी ओझेलमा परेका छन्, राम्रो खेल्न सक्ने क्षमता भए पनि पूर्वाधारलगायत समस्याले खेलमा महिलाको उपस्थिती कम छ”, थापाले भन्नुभयो ।

विद्यालयस्तरीय हुने खेलकुदका कार्यक्रमले खेल क्षेत्रमा महिलाको सहभागिता विस्तारै बढ्दै गएको रामपुर नगर भलिबल सङ्घका अध्यक्ष देव श्रेष्ठले बताउनुभयो । अझै पनि पुरुषको तुलनामा महिला खेलाडी सहभागी कमै हुने गरेको श्रेष्ठ बताउनुहुन्छ । 

“महिलालाई घरबाट खेलमैदानसम्म ल्याउन गाह्रो छ”, उहाँले भन्नुभयो, “घरायसी कारणले सहभागिता गराउनै समस्या छ ।” राष्ट्रपति रनिङ शिल्ड, मेयर कप, अध्यक्ष कप र ओकेबाजे कप जस्ता प्रतियोगिताले महिला खेलाडीलाई प्रतिस्पर्धामा आउन सजिलो छ । 

स्थानीय र जिल्ला तहमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई सम्बन्धित पालिकाले माथिल्लो क्षेत्रसम्म प्रतिस्पर्धा गर्ने वातावरण तयार पारिदिनुपर्छ । 

खेल क्षेत्रमा सामान्य आधारभूत सेवा उपलब्ध नहुँदा पनि खेलाडीको मनोबल बढ्न सकेको छैन । 


प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १२:१८
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्