Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • ‘एक छाक खानाकै लागि बदाम व्यापार, यस्तो नियति कसैले भोग्न नपरोस्’
‘एक छाक खानाकै लागि बदाम व्यापार, यस्तो नियति कसैले भोग्न नपरोस्’
नेपालकागज
नेपालकागज बुधबार, पुस ६, २०७९

सीता भट्टराई, काठमाडौँ । इलामकी ६५ वर्षीय नानीमाया मगरले टुँडिखेलमा बदाम व्यवसाय गरेर मासिक लगभग रु १५ हजार कमाउनुहुन्छ । यसै आम्दानीबाट उहाँले आफ्नो गुजारा चलाउँदै आउनुभएको छ । 

श्रीमान् गुमाएपछि एक्लै जीवन बिताउँदै आउनुभएकी उहाँ एक छाक खानाकै लागि बदाम व्यापार गर्दै आउनुभएको हो । उहाँ ५० वर्षदेखि काठमाडौँको विभिन्न स्थानमा  बदाम व्यापार गर्दै आफ्नो जीविकोपार्जन भएको बताउनुहुन्छ । 

तीन वर्षको उमेरदेखि नै राजधानी आउनुभएकी उहाँ हाल भक्तपुरको बाल्कोटमा बस्दै आउनुभएको छ । आफ्नो हजुरबुबा र बाबु दुवै नेपाली सेना रहेकाले सानैमा बाबाआमाका साथमा राजधानी रही आएकामा उहाँ ११ वर्षकै उमेरमा  वैवाहिक बन्धनमा बाँधिनुभएकोे थियो । वैवाहिक बन्धनमा बाँधिएको तीन वर्षपछि १५ वर्षको उमेरदेखि  यस्तै व्यापार गर्दै आएको उहाँले बताउनुहुन्छ । एक छोरा, एक छोरीको आमा हुनुभएको उहाँले २९ वर्ष अगाडि श्रीमान् गुमाउनुपरेको थियो । 

उहाँले भन्नुभयो, “बदाम एकैचोटि भण्डारण गर्न गाह्रो पर्ने भएकाले प्रायः हरेक दिन बिहान ४ बजे उठेर कालीमाटी जाने गरेको छु । दैनिकजसो एक पाथी बदाम करिब तीन सय ३० मा किनेर आफूले  ल्याउने र त्यही  बेचेर आफ्नो एक्लो जीविकोपार्जन चलाएकी छु ।”

टुँडिखेलको वरिपरि १४ वर्षसम्म बदाम र अन्य खानेकुरा व्यापार गर्दै आउनुभएकी उहाँले अहिलेसम्म यही व्यापारबाट नै जीविका चल्दै आएको बताउनुहुन्छ । बदाम जाडोयाममा कात्तिकदेखि फागुनसम्म बढी मात्रामा जाने र अरू याममा भने सानोतिनो चाउचाउ, बिस्कुट लगायतका सामान व्यापार गर्दै आउनुभएको छ ।  कुनै दिन धेरै त कुनै दिन थोरै आम्दानी रहने भए पनि समग्रमा प्रायः दैनिक पाँच सय वरिपरि आम्दानी गर्दै आउनुभएको छ ।  

बदाम बेच्नुअघि रत्नपार्कभित्र व्यापार गर्दै आएकामा त्यहाँ प्रवेशका लागि शुल्क सहितको टिकट व्यवस्थापछि बाहिर व्यापार गर्दै आएको बताउँदै महानगरपालिकाको डरैडरमा व्यापार गरेको जनाउँदै कोही कोही महानगरपालिकाका  कर्मचारीले मेरो सङ्घर्ष बुझेकाले बूढी आमालाई सानो व्यापार गर्न छोडिदिऊँ भन्ने गरेको घटना सुनाउनुभयो । 

छोराको साथ नपाउनुभएकी उहाँले आफ्नै छोराछोरी हुदाँहुँदै पनि बुढेसकालमा एक्लो जीवन बिताउन बाध्य भएको दुखेसो पोख्नुभयो । उहाँ जिन्दगीमा धेरै सङ्घर्ष गरेको र आफ्नो दुःख आँफैका लागि हुनाले सबैजना आफ्नो लागि मेहनत  गरेर आत्मनिर्भर हुनुपर्ने बताउनुहुन्छ । 

त्यस्तै टुँडिखेलको बाहिर बदाम व्यापार गर्दै आउनुभएकी रसुवा स्थायी ठेगाना भई हाल नरदेवी बस्दै आउनुभएकी सुनिता कार्कीको पनि जीवन कथा र व्यथा उहाँसग मिल्दोजुल्दो छ । श्रीमान् गुमाएपछि  १२ वर्षसम्म बदाम र अन्य सामानको सानो व्यापार गरेर मासिक १२ हजार आम्दानी गर्दै आउनुभएको छ । सानै उमेरमा छिमेकीले काठमाडौँ ल्याएका र यही आफ्नो जीवनयापन बित्दै गएको बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “श्रीमान्को साथ गुमाएपछि जीविकोपार्जन गर्नका लागि बदाम व्यापार रोजेँ । आफ्नो व्यापार गर्नुको पीडा आफैँसँग छ, पहिलेको समयमा व्यापार गर्न सजिलो थियो अहिले महानगरले सानो व्यापार पनि गर्न दिँदैन । खान त एक छाक खाने हो, कोठाभाडा तिर्नका लागि नै यो कष्ट गरेको बताउनुहुन्छ ।”

टुँडिखेलभित्र सफासुग्घर गर्दै २४ वर्षसम्म बदामलगायत अन्य सामानको व्यापार गर्दै आउनुभएकी काभे्रपञ्लानचोक घर भई हाल लगनचोकमा बसोबास गर्दै आउनुभएको रमिता तिमिल्सिना (नाम परिवर्तन) आफ्नो दिदीले गाउँमा गरेको व्यापार देखेर आफ्नो विवाहपश्चात् काठमाडौँ आएर यो व्यापार सुरु गरेको बताउनुहुन्छ । साथमा दुई छोरा र श्रीमान् भएकामा श्रीमान् पनि काठमाडौँमा सानोतिनो जागिर गर्दै आउनुभएको छ । 

जेठा छोरा स्नातकमा र कान्छा छोरा ११ मा अध्ययनरत रहेको रमिताले बताउनुहुन्छ । छोराहरुको पढाइ खर्च, कोठा भाडालगायत आफ्नो जीविकोपार्जन यही व्यवसायबाट औसतमा चल्ने उहाँ भनाइ छ । 

जाडोयाममा घाम ताप्न खुल्ला ठाउँ उपयुक्त हुनाले मानिसको सङ्ख्या बढी हुने गरेको बदाम  व्यापार  बढी हुने र आम्दानी पनि सोहीअनुसार हुनाले बचत गर्न सकिने बताउँदै अरू याममा भने काँक्रोको व्यापार गर्ने उहाँले बताउनुभयो । 

आफूमात्र होइन आफ्नै छिमेकीमा रहेका अशक्त एक व्यक्तिलाई पनि टुँडिखेलभित्र व्यापार गर्न सिकाउनुभएको छ  । गेटको नजिकै निश्चित स्थानमा बस्दै आउनुभएको उहाँले बिक्रीका लागि लिएर आएको पानी, बदामलगायत टुँडिखेलभित्र टाढाटाढासम्म पुर्‍याउन पठाउने र आएको आम्दानी बाडँफाँट गर्ने गरेको बताउनुहुन्छ ।

उक्त व्यक्ति अशक्त रहेकाले औषधी उपचारका लागि केही सहयोग जुटोस् भन्ने हेतुले व्यापारमा सहजीकरणका साथै व्यक्तिगत जीवनका लागि सहयोगसमेत गर्दै आउनुभएको छ । 

बदाम व्यापार टुँडिखेल क्षेत्रमा मात्रै होइन, गाउँघरदेखि बजारका चोकचोकसम्म उत्तिकै व्यापार हुँदै आएको छ । व्यापार गर्न सहज हुनाले र चिसोयाममा बदामको माग धेरैै हुनाले धेरै व्यापारीहरु बदाम व्यापारमा आकर्षित भएका छन् ।
 


प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १५:३८
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्