Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • व्यवस्था फेरियो, विकासले कोल्टे फेरेन
व्यवस्था फेरियो, विकासले कोल्टे फेरेन
नेपालकागज
नेपालकागज शुक्रबार, कात्तिक २५, २०७९

रामपुर (पाल्पा) । तिलिसरा विश्वकर्माले यसअघिका निर्वाचनमा उम्मेदवारप्रति चासो दिएर केही गर्छन् भन्ने आशै आशमा उत्साहित हुँदै मतदान गर्नुभयो । रामपुर नगरपालिका–८ स्थित भुजातकी ७७ वर्षीया तिलिसरा उम्मेदवारका चुनावी योजनाले प्रभावित भएर गाउँले विकासमा छिट्टै फड्को मार्ने महत्वकाङ्क्षा बोकेर मत खसाल्दै आउनुभएको छ । 
  
निर्वाचनलाई निकै महत्व दिने उहाँ जितेर गएका नेतृत्वले विकास त परै जाओस् गाउँ फर्केर नआउँदा सोझा जनतालाई झुक्याएर आफू सत्तामा रमाउने गरेकामा गुनासो पोख्नुहुन्छ । बूढेसकालमा आर्थिक अभावमा सामान्य औषद्योपचार गर्न नसक्दा कष्टसँग गरिब, विपन्न नागरिकले जीवन बिताउनु पर्दा यसमा आफूले दिएको मताधिकारको कदर नभएको बताउनुहुन्छ । औषधि उपचारमा निःशुल्क र बूढेसकालमा तनावमुक्त भएर आनन्दसँग जीवनयापन गर्ने वातावरण नेतृत्वले सिर्जना गर्नुपर्ने तिलिसराको भनाइ छ ।

“हामीजस्ता पाकापुस्तालाई नानाथरीका प्रलोभन देखाएर चुनाव जित्ने काम मात्रै भयो”, उहाँले भन्नुभयो, “गाउँमा विकासले गति लिन सकेन, उमेरले आठ दशक लाग्न थालियो, विकास भने देख्न पाइएन, देशमा जुन सरकार आए पनि हाम्रो दुःख हामीसित नै छ, सुख काट्ने र रमाउने भनेको हाम्रो मतले सत्तामा पुगेकाहरु मात्र रहेछन् ।” 

गाउँका मतदातामाझ ठूला सपना र योजना बाँड्नुभन्दा पनि आधारभूत समस्याको निकास गर्ने नेतृत्व चाहिएको बताउनुहुन्छ, ७० वर्षीया खगीसरा विश्वकर्मा ।  आर्थिक अभावमा बिरामी पर्दा उहाँलाई उपचारमा समस्या छ । ज्येष्ठ नागरिकलाई गाउँमै निःशुल्क स्वास्थ्योपचार, जाडोयाममा न्यानो लुगा, पानी आउँदा ओत लाग्ने बासस्थान र बिहान साँभm दुई छाक आनन्दले हातमुख जोड्ने व्यवस्था भए यसमै खुसी रहने उहाँ बताउनुहुन्छ । 

गरिब, विपन्न नागरिकले सामान्य औषद्योपचार गर्न नपाएर अकालमै ज्यान गुमाउनुपरेको उल्लेख गर्दै यस्ता समस्या समाधान गर्ने नेतृत्व नै आजको आवश्यकता रहेको विश्वकर्मा बताउनुहुन्छ । सोही ठाउँकै ७५ वर्षीया हिमकान्ति अधिकारी पनि यस पटकको निर्वाचनमा ज्येष्ठ नागरिकको हितमा काम गर्ने उम्मेदवारलाई मतदान गर्ने पक्षमा हुनुहुन्छ । 
 
यसभन्दा अघिका नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै ज्येष्ठ नागरिकलाई सम्मान र सद्भाव गर्ने सक्षम उम्मेदवार नै देशको लागि आवश्यक रहेको बताउनुभयो । चुनाव आउँदैपिच्छे गाउँ आउने तर निर्वाचनपश्चात् गाउँ नपस्ने नेतृत्वले विकास र समृद्धि नदिएको उहाँको भनाइ छ । उहाँको घरमा यतिबेला विभिन्न राजनीतिक दलका तथा स्वतन्त्र उम्मेदवार मत माग्न दिनहुँजसो पुगेकै छन् । 

“युवा उमेरदेखि नै गाउँमा विकास र समृद्धि दिलाउने योजना ल्याउने उम्मेदवारलाई पछ्याउँदै अहिलेसम्म मतदान गरिरह्यौँ, तर गाउँमा विकास र समृद्धि नाममा मात्रै सीमित रह्यो, हामीले महसुस गर्नै पाइएन, खानेपानी, बाटो, औषधोपचारकै समस्या नै हाम्रा मुख्य समस्या हुन् ।”  

अघिल्ला निर्वाचनकै मुद्दा र योजना लिएर आउने तर काम नगर्ने परिपाटीले मतदाताले यस पटक उम्मेदवारका योजना र मुद्दालाई त्यति महत्व दिएका छैनन् । गाउँमा सामान्य समस्याको समधान गर्न नसक्ने तर मतदानलाई मध्यनजर गर्दै सीधा नागरिकलाई अनेकौँ आश्वासन नदिन मतदाताले अनुरोध गरेका छन् । अबको पाँच वर्षमा आफूले काम सक्ने आधारभूत योजना लिएर प्रतिबद्धता जनाउने उम्मेदवार पहिचान गरी मतदान गर्ने सोचमा मतदाता छन् । 

ग्रामीण भेगमा चुनाव जित्ने आधार भनेको गरिब, विपन्न समुदाय हो । गाउँका सोझासाझा जनतालाई अनेकन आश्वासन दिएर आफ्नो पक्षमा मत माग्न उम्मेदवार घरदैलोमा पुगेका छन् । उम्मेदवार योजना सुन्दा विकासमूलक र आकर्षक छन् । ती चुनावी योजना आफ्नो कार्यकालमा पूरा भएमा देशमा विकासको लहर छाउनेछ । 
 
नेतृत्वमा पुगेका व्यक्ति सत्ताको मोहमा अलमलिने, आफ्ना कार्य क्षेत्रमा नफर्कने, विकासमा चासो नदिने प्रवृत्तिप्रति अहिले मतदाता आफँैले खुलेर विरोध गरिरहेका छन् । मतदातामा चेतनाको स्तर वृद्धि हुँदै जाँदा हाम्रोलाई भन्दा पनि राम्रोलाई मतदान गर्नुपर्छ भन्ने मानसिकताको विकास हुँदै गएको पाइएको छ ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  ०९:२६
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्