Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • मतदाता भन्छन्–‘नमस्कार र आश्वासनले तिर्खा मेटिदैन’
मतदाता भन्छन्–‘नमस्कार र आश्वासनले तिर्खा मेटिदैन’
नेपालकागज
नेपालकागज बुधबार, कात्तिक २३, २०७९

ढोरपाटन । बागलुङको निसीखोला–२ का वीरबहादुर विकले गाउँमा खानेपानी आउने आश्वासन पाएको ३०औँ वर्ष भयो । ३० वर्षको अवधिमा धेरै सरकार फेरिए । यस क्षेत्रले धेरै सांसद पायो । कति त मन्त्रीसमेत भएँ । तर, उहाँले घरमा खानेपानीको जोहो गर्न दैनिक चार घण्टा खर्चिनुपर्छ। 
गाउँका सयौँ जनता सहज र स्वच्छ खानेपानी उपभोग गर्नबाट बञ्चित छन् । मङ्सिर ४ को निर्वाचनका लागि अहिले पनि नेता घर–घरमा पुगेर पुरानै आश्वासन दोहो¥याइरहेका छन् । विकसहित गाउँलेले यसपाली पानी ल्याइदिने प्रतिबद्धता गराएर मात्रै भोट दिने योजनामा छन् ।

“गाउँ नजिक खानेपानीको मुहान नहुँदा हामीहरुले वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका छा विक भन्नुहुन्छैँ”, विक भन्नुहुन्छ–, “अहिलेसम्म हाम्रो क्षेत्रबाट धेरैलाई नेता बनाइयो, हामीहरु एकजुट भएर पानी ल्याइ दिने प्रतिबद्धता गराएर मात्रै भोट दिन्छौँ ।”

निसीखोला गाउँपालिका–२ को अर्नाकोट र सिँडेरीका दुई सय २० भन्दा बढी घरधुरीका सयौँ नागरिक अहिले सहज र स्वच्छ खानेपानीबाट बञ्चित छन् । वर्षातको समयमा घ्याम्पोमा सङ्कलन भएको पानी करिब डेढमहिना पु¥याउनुपर्ने बाध्यता आफूहरुलाई रहेको स्थानीयवासी छलिबिरा विकले बताउनुभयो । उहाँले लामो समय खडेरी परेपछि गाउँमा खानेपानीको हाहाकारनै मच्चिने बताउनुहुन्छ । 

“चुनाव आयो की नेता पानी बाँड्न आउँछन्, उनीहरुले पानी ल्याइदिन्छौँ भन्न लागेको दशकौँ भयो”, उहाँले भन्नुभयो, “बिहान उठेदेखि पानी बोक्न सुरु गरेको राति नसुतुञ्जेल पानी बोक्नुपर्छ।” 
उहाँले घण्टौँ हिडेर पानी बोकेर ल्याउनुपर्दा बालबालिकालाई समयमा विद्यालय पठाउन नसक्दा छोराछोरीको पढाइसमेत विग्रिने गरेको गुनासो गर्नुभयो । खानेपानीको धारा र विद्यालय टाढा हुँदा गाउँका धेरै बालबालिका पढ्दापढ्दै छोड्ने गरेको विकको भनाइ छ । अर्नाकोट र सिँडेरी गाउँका सयौँ नागरिकमाथि नेताहरुले भ्रम छर्ने मात्रै गरेको उहाँ बताउनुहुन्छ ।


“भोट माग्न आउँदा एक घर एक धारा बनाउँछौँ, चुनाव जितेर गए पछि कहिलै समस्या राख्न पाइँदैन, एक पटक पनि फर्किएर गाउँमा आउँदैनन्, चुनाव आयो भने नमस्कार गर्दै आश्वासन देखाउन आउँछन्,” उहाँले भन्नुभयो,“नमस्कार र आश्वासनले हाम्रो तिर्खा मेटिदैन ।”


अर्नाकोटका अधिकांश स्थानीयवासी पानी बोक्नको लागि ढोरपाटन नगरपालिका–५ को बसुन्धरा, बाँसखोला र बराहथान जानुपर्छ । लामो समयदेखि खानेपानीको माग गरे पनि काकाकुल अर्नाकोटवासीको चित्कार कसैले नसुनेको स्थानीयवासी झमबहादुर कुँवरले बताउनुभयो । उहाँले गाउँको समस्याको बारेमा सरोकारवाला निकाय सबै ठाउँमा हारगुहार गरे पनि खानेपानी समस्याको समाधान गर्न नसकेको बताउनुभयो । “गाउँको समस्या लिएर धेरै ठाउँमा माग राखियो, जताततैबाट आश्वासन मात्रै आयो तर पानी अहिलेसम्म आएन, अर्नाकोट उच्च पडाडी क्षेत्रमा भएको हुँदा खानेपानीको मुहान वरपर छैन”, उहाँले भन्नुभयो, “सानोतिनो भएका मुहान पनि सक्दै गए, पानीको स्रोत छैन ।” 

स्थानीय दीपक विकले खानेपानीको समस्याले गर्दा गाउँका अधिकांस हुनेखाने बसाइँसराइ गरिरहेको बताउनुभयो । उहाँले अर्नाकोटवासीको मुख्य समस्या खानेपानी भएको भन्दै नेताहरुले उनीहरुको पीडा नबुझ्ने तर चुनावमा तिनै स्थानीयवासीको मतको महत्व बुझ्ने गरेको बताउनुहुन्छ ।
यो ठाउँ पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ । तर, खानेपानी र यातायातको सहज उपलब्धता नहुँदा ओझेलमा परिरहेको छ ।


प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १४:१७
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्