Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • अदालत र नेतालाई गुहार्न थालेको २१ वर्ष भयो, चुनावले झनै बल्झाउँछ द्वन्द्वपीडितको घाउ
अदालत र नेतालाई गुहार्न थालेको २१ वर्ष भयो, चुनावले झनै बल्झाउँछ द्वन्द्वपीडितको घाउ
नेपालकागज
नेपालकागज सोमबार, कात्तिक २१, २०७९

डम्मर बुढा मगर, ढोरपाटन । बागलुङ जैमिनी–१० का बिमल केसीले छोरा गणेश केसीको खोजतलास तथा न्यायका लागि अड्डा, अदालत र नेतालाई गुहार्न थालेको २१ वर्ष भयो । 

सशस्त्रद्वन्द्वका बेला २०५८ साल मङ्सिर १२ गते नेपाली सेनाले १३ वर्षीय गणेशलाई नियन्त्रणमा लिएर बेपत्ता बनाएको थियो । 

सबैतिर हारगुहार गरे पनि केसीले अहिलेसम्म न्याय पाउन सक्नुभएको छैन । जब निर्वाचन आउँछ तब नेताहरु उहाँलाई न्याय दिलाउने आश्वासन दिएर भोट माग्छन् । अझै पनि केसीलाई छोरो फर्किएर आउने आश भए पनि छोरा कहाँ, कुन अवस्थामा छ भन्ने अत्तोपत्तो छैन । 

उहाँ भन्नुहुन्छ, “मेरो छोरोलाई बेपत्ता पारेको २१ वर्ष भयो, अहिले ३४ वर्षको हुन्थ्यो, बुढेसकालको सहारा बन्थ्यो, के गर्नु दैव लागे, अहिले मेरो छोरा जिउँदो छ, कि म¥यो कि, केही अत्तोपत्तो छैन, न्यायका लागि धेरै ठाउँ पुगेँ र नेता तथा मन्त्रीलाई गुहारे तर न्याय पाइन ।” 

जहिले पनि चुनावका बेला नेताले भोट माग्न आउने र छोराको खोजी गरी न्याय दिलाउने आश्वासन दिए पनि अहिलेसम्म कसैले काम गर्न नसकेको र चुनावले आफूहरुको पुरानो घाउलाई बल्झाउने गरेको केसीको भनाइ छ । 

जित्नका लागि नेताले अनेक थरीका आश्वास बाँडे तर जितिसकेपछि फर्किएर गाउँ नआउने गरेको उहाँ बताउनुहुन्छ । चुनावमा आफूहरुले भोट दिएर नेताहरुलाई माथिल्लो पदमा पुर्‍यायौँ तर उनीहरुले जनताको दुःखसुखमा साथ भने दिन नसकेको केसीले दुःखेसो छ । 

“चुनावमा बेला घरमै आएर बस्छन्, भोट दिनु हामी तपाइँको न्यायका लागि लड्छौँ, भन्छन् तर चुनाव जितेर गए भने एकपटक पनि फर्किएर आउँदैनन्, चुनावबाहेक अरू बेला कसैको अनुहार यो गाउँमा देखिँदैन, भोट हाल्ने दिन आयो भने मात्रै आउँछन्”, उहाँ भन्नुहुन्छ, “चुनावले हाम्रो ओभाउन लागेको घाउ बल्झाइदिन्छ, हामी तपाइँको न्यायका लागि लड्छौँ, तपाइँको छोरोलाई न्याय दिलाएरै छोड्छौँ भन्छन् तर यतिका वर्ष आश ग¥यौँ, नेताले गर्लान् भन्ने आश मरिसक्यो, पटक–पटक प्रहरी, प्रशासन पनि पुगियो तर पनि न्याय पाइएन ।” 

ताराखोला–२ की कमला विकका घरमा पनि नेताहरु दिनदिनै भोट माग्न जान्छन् । उहाँलाई पनि बिमल केसीलाई जस्तै न्याय दिलाउने आश्वासन दिन्छन् । 

उहाँका बुबा परवीर विकको २०६१ सालमा द्वन्द्वकै क्रममा मृत्यु भएको थियो । बाबाको न्यायका लागि पटक–पटक सम्बन्धित निकाय धाए पनि अहिलेसम्म न्याय पाउन नसकेको कमलाको गुनासो छ । 

“बुबाको न्यायका लागि वर्षौंदेखि लड्दै आयौँ तर न्याय पाउन सकेनौँ, अब त आश पनि मरिसक्यो, न्याय पाइएला भन्ने लाग्न छोड्यो, अहिले चुनाव आएको भएर होला दिनदिनै नेताहरु भोट माग्न आउँछन्, न्यायका लागि हामी लड्छौँ भन्छन् तर उहाँहरु चुनाव जितेपछि फर्किएर गाउँमा आएको मैले देखेको छैन”, विक भन्नुहुन्छ ।

चुनावका बेला द्वन्द्वपीडितका घरमा पुगेर शहीदको सपना पूरा गर्न आफूहरुलाई भोट दिनुपर्ने भन्दै भ्रम छर्ने गरेकाले सुरुसुरुमा आफूहरुलाई विश्वास लागे पनि अहिले लाग्न छोडेको उहाँ बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “भोट माग्ने अरू बहाना नभएर होला शहीदको सपना हामी पूरा गर्छौं भन्छन् तर हामीलाई उनीहरुको विश्वास लाग्न छोडिसक्यो, पहिले पनि त्यस्तै भन्थ्ये केही गर्न सकेनन्, अहिले पनि फेरि त्यही भन्दै आउँछन्, हामी पीडितका लागि सानो भए पनि काम गरेको भए चित्त बुझ्थ्यो तर केही गरेनन्, उनीहरुलाई भोट दिएर पनि केही अर्थ छैन ।” 

ताराखोला–५ का द्वन्द्वपीडित हरि सुवेदी पनि  उम्मेदवारहरु पुरानै ‘एजेन्डा’ लिएर भोट माग्न आउने गरेको बताउनुहुन्छ । 

द्वन्द्वपीडितका लागि काम गर्छौं भनेर वर्षौंदेखि आफूहरुलाई झुक्याउने तर उम्मेदवारले आफ्नो घोषणापत्रमा समेत आफूहरुका बारेमा केही समावेश नगरेको उहाँ बताउनुहुन्छ । 

भोटका लागि नेताहरुले अनेक भ्रमहरु छरेर मत फुत्काउने तर जितेपछि आफ्नो परिवारको बाहेक जनताको केही काम नगर्ने सुवेदीको भनाइ छ । 

द्वन्द्वका बेला २०५८ सालमा माओवादीले आफ्नो रु ४५ लाखभन्दा बढीको घर, जग्गा र भएभरको सम्पत्ति कब्जा गरेर आफूलाई सुकुम्वासी बनाएको स्मरण गर्दै   उहाँ भन्नुहुन्छ, “२०५८ सालमा मेरो घर सम्पत्ति सबै कब्जा भयो । 

म सुकुम्वासी भएँ, आफन्त र इष्टमित्रले मलाई सहयोग गरे र अहिले जसोतसो जीविका चलेको छ, चुनावका बेला अनेक आश्वासन दिन्छन् तर काम गर्दैनन्, नेतालाई भोट मात्रै दिएर सत्तामा पु¥याउने तर हाम्रो अवस्था जस्ताको तस्तै छ ।”

अहिलेसम्म आफूका लागि कुनै पनि निकायले सहयोग नगरेको सुवेदी बताउनुहुन्छ । 

दुई छोरा, दुई छोरी र श्रीमतीसहित आफूले अहिले जसोतसो जीविका चलाएको बताउँदै  उहाँ भोट माग्न आउने नेताले न्याय दिलाउने आश्वासन बाँडे पनि अहिलेसम्म कुनै पनि सहयोग दिन नसकेको गुनासो गर्नुहुन्छ । 

बागलुङ द्वन्द्वपीडित जिल्लाहरुमध्ये अग्रस्थानमा पर्छ । सशस्त्र द्वन्द्वका बेला एक सय ४९ जनाले ज्यान गुमाउनु परेको थियो भने २४ जना अझै बेपत्ता छन् । सरकारले आफूहरुका लागि काम गर्न नसेको पीडितहरुले गुनासो गर्दै आएका छन् ।


प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्