Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • सुदूरपश्चिममा कोरोना संक्रमणदर दिनहुँ बढ्दो
सुदूरपश्चिममा कोरोना संक्रमणदर दिनहुँ बढ्दो
नेपालकागज
नेपालकागज बुधबार, वैशाख ८, २०७८

धनगढी ८ वैशाख : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमण दर निरन्तर बृद्धि भइरहेको छ । चैत महिनाको दोस्रो सातादेखि निरन्तर सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण दरमा बृद्धि भएको हो ।

भारतमा कोरोना भाइरस संक्रमण एकाएक बढेपछि कामका लागि भारतका विभिन्न शहरमा रहेका नेपालीहरु स्वदेश फर्किने क्रम बढेसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढेको हो । अहिले दैनिक सयौँको संख्यामा भारतबाट नेपालीहरु स्वदेश फर्किरहेका छन् ।

गत चैत ३ गते भारतबाट फर्किनेहरूको सीमा नाकामा परीक्षण गर्न सुरु गरिएको थियो । सोही दिन भारतबाट आउने नेपालीहरूमध्ये केहीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ ।

सोमबार (वैशाख ६ गते) सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा सोमबार एक सय ७५ नमुना परीक्षण गरिएकोमा २६ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैगरी मंगलबार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १ सय ४७ नमूना परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका सबैभन्दा धेरै २३ जना, गोदावरी र टिकापुरका ४÷४ जना, लम्कीचुहा नगरपालीका, गौरीगंगा, जोशीपुर, बर्दगोरीया गाउँपालिकाका, एक÷एक जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तैगरी कञ्चनपुरको भीमदत्तका एकजना, कृष्णपुरका २ जना, संक्रमण पुष्टि भएको हो। डडेल्धुरा, बाजुरा र अछामका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । हाल अस्पतालमा ३३ जना कोरोना संक्रमितको उपचार भइरहेकोसमेत अस्पतालले जनाएको छ ।

भारतका विभिन्न स्थानबाट नेपाल फर्किरहेका नेपालीहरूमा कोरोना भाइरस संक्रमण बढेको भए पनि कुन भेरियन्टको हो भन्ने विषयमा भने अन्यौल थियो । त्यसका लागि हङकङ पठाइएको नमुनामा सुदूरपश्चिम प्रदेशमा देखिएको कोरोना भाइरसको भेरियन्ट ‘युके भेरियन्ट’ पुष्टि भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो कोरोना भाइरसको प्रकार पत्ता लगाउन विभिन्न जिल्लाका २० जनाको नमुनाहरू गत चैत १५ गते काठमाडौं पठाइएको थियो । त्यसमध्ये तीन जनामा कोरोनाको नयाँ भेरियन्ट पुष्टि हुँदा त्यो भेरियन्टको प्रकार पत्ता लगाउन हङकङ पठाइएको नमुनामा तीन जनामा नै युके भेरियन्ट पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

डोटीको जोरायल गाउँपालिका, कञ्चनपुरको कृष्णपुर नगरपालिका र डडेलधुराको परशुराम नगरपालिकाका एक÷एक जनामा युके भेरियन्ट कोरोना रहेको पुष्टि भएको छ । त्यसपछि भने कसैको पनि नमुनामा भेरियन्ट छुट्ट्याउनका लागि काठमाडौँ पठाइएको छैन । एक चिकित्सकका अनुसार सुदूरपश्चिम प्रदेशमा फैलिएको कोरोना भारतमा जस्तै युके मात्रै नभएर अन्य मुलुकमा फैलिएको भेरियन्ट पनि पुष्टि हुने संकेत देखिएको छ ।

‘अहिले भारतबाट आउने अधिकांश नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुन थालेको छ,’ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले भने, ‘जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालन गर्न गराउँन प्रदेशका सबै जिल्लाका स्वास्थ्य कार्यालयलाई भनेका छौँ ।’

उनले लक्षणसहित पुष्टि भएका संक्रमितलाई अस्पताल र बाँकीलाई होम आइसोलेशन र होम क्वारेन्टाइनमा बस्न भनेको बताए ।
सुदूरपश्चिम प्रदेशमा अहिले भारतबाट आउने नेपालीहरूसँगै समुदायमा गरिएको परीक्षणमा समेत कोरोना पुष्टि हुने क्रम बढेको छ । गत चैत ११ गतेसम्म परीक्षणको तीन प्रतिशतमा पुष्टि भएको कोरोना अहिले बढेर ३० प्रतिशत पुगिसकेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
 


प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  १७:३९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्