Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • '६७ औं प्रहरी दिवस २०७९' को अवसरमा बर्दियाका एसपी बिरेन्द्र शाहीको समाजसेवा
'६७ औं प्रहरी दिवस २०७९' को अवसरमा बर्दियाका एसपी बिरेन्द्र शाहीको समाजसेवा
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी शनिबार, असोज २९, २०७९

'६७ औं प्रहरी दिवस २०७९' को अवसरमा बर्दियाका एसपी बिरेन्द्र शाहीको समाजसेवा

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख (एसपी) बिरेन्द्र बहादुर शाहीले सामाजिक सेवा गर्दै आफ्नो संगठनको  "६७ औं प्रहरी दिवस २०७९" मनाउनुभएको छ ।

जिल्लाको नीतिनिर्माण र कमान्डमा अब्बल दखल राख्ने भनेर आफ्नो परिचय स्वयं स्थापित गर्न सफल एसपी शाहीले तामझाम नगरेर जिल्ला अस्पताल बर्दियामा उपचारार्थ भर्ना भएका बिरामीहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेर "६७ औं प्रहरी दिवस २०७९" मनाउनु भएको छ ।

यो अनौठो र समाजसेवी कामको बर्दिया जिल्लावासीले खुला हृदय देखि स्वागत गरेका छन ।

जिल्ला प्रहरी कार्यालय बर्दियाको फेसबुक ह्यान्डलबाट "६७ औं प्रहरी दिवस २०७९" मनाइएको बारेमा जानकारी दिँदा बर्दियावासीहरूले एसपी शाहीको यो नौलो तर समाजसेवा मूलक कामको बिभिन्न कमेन्ट प्रतिउत्तर सहित उहाँको कामको प्रशंसा गर्दै सो कार्यको लागि धन्यवाद दिएका छन । 

उहाँले आफ्नो प्रहरी दिवस चुड्किलो भड्किलो किसिमले नगरेर बिरामीको स्वास्थ्य लाभको कामना गर्दै फलफूल बाँडेर गर्नुभएको छ ।

त्यस्तै उक्त समाजसेवा मूलक कार्यमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) डेपुटी सुपरिटेन्डेन्ट अफ पुलिस  हिक्मत बहादुर बोहरा लगायत प्रहरी अधिकारीहरूको संलग्नता रहेको थियो । 

प्रहरी सङ्गठनमा केही यस्तै प्रहरी अधिकारीहरूको दूरदृष्टिकोण र उदाहरणीय कार्यका कारण नेपाल प्रहरीको स्वाभिमान दिनानुदिन बढ्दो छ । 

२० देखी २२ वर्ष अघिका हत्याकाण्डको रहस्यको पर्दाफास गर्दै अपराधीलाई कानुनी दायरामा ल्याउने देखी संगठनको मर्यादालाई आफ्नो अनुशासित जीवन अर्पन गरेर जनताको सेवामा समर्पित प्रहरी सङ्गठनमा ५ औंला बराबर नभए जस्तै केही खराब अंग भएपनि बर्दिया प्रहरीको यो कार्यले नेपाल प्रहरी वास्तवमै प्रत्यक प्रहर साथ दिने हरिको रूप हो भन्ने आभास र अनुभुति सबैलाई दिएको छ । 

बर्दिया प्रहरीको अथक प्रयासको मूल्यांकन सङ्गठनले गर्ला नै तर जनताले मन र मस्तिष्कबाट मूल्यांकन गरेका छन । नेपथ्यबाट चिहाएर पर्दा पछाडिबाट हेर्दा यस्तै नवीन र ऊर्जाशील कार्य गरेर आफ्नै दिवस मनाउनुलाई नागरिकले आफ्नो चस्माबाट उचित मूल्यांकन गरेको प्रष्ट हुन्छ । 

केही दिन अघि बिपद्को बखत नेपाल प्रहरी बर्दियाले नागरिकको जिउज्यानको वचाव, उद्धार प्रतिकार्यमा खेलेको भूमिकाले पनि बर्दिया प्रहरी नागरिक प्रति लोकउत्तरदायी छ भन्ने कुरा जगजाहेर गर्दछ ।

नौलो र उदाहरणीय कार्य गर्दै बर्दिया प्रहरीले आफ्नो ६७ औं प्रहरी दिवस मनाएको छ ।    

नोट : हामी कमी कमजोरीको बारेमा रचनात्मक रूपले जगजाहेर गर्दै सजग गराउँछौँ भने सकारात्मक कामको सदैव सर्वदा समर्थन गर्छौँ ।

 


प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  १८:४०
#समाजसेवा
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्