Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन, ‘यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नि !
भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन, ‘यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नि !
नेपालकागज
नेपालकागज आइतबार, असोज १६, २०७९

निरोज कोइराला, टक्सार । भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन, ‘यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नि !, कुन पसलमा पाइन्छ ?’ हो प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरमा बनेको खुकुरी नेपालमा मात्र होइन विदेशमा समेत प्रख्यात छ । 

चाडपर्वको सुरुआतसँगै भोजपुरमा अहिले आएर खुकुरीको माग समेत बढेको छ । खुकुरीको माग बढेअनुसार दक्ष कालिगडको भने अभाव देखिएको खुकुरी व्यवसायीहरूको भनाइ छ । 

उर्मिला आरन उद्योग भोजपुरका व्यवस्थापक हिरा श्रेष्ठ खुकुरीको माग र व्यवसाय राम्रो भए पनि दक्ष कालिगडको अभावका कारण समस्या देखिने गरेको बताउनुहुन्छ ।  

उहाँ भन्नुहुन्छ, “भोजपुरमा बनेका खुकुरीहरु स्थानीय बजारमा मात्र होइन, भोजपुर बाहिरका जिल्ला साथै विदेशमा समेत माग छ, तर खुकुरी बनाउने कालिगड भने जिल्लामा कमै मात्र छन । मैले पनि केही कालिगडलाई मात्र काम दिएको छु ।”

सदरमुकाममा रञ्जिता खुकुरी उद्योग सञ्चालन गरेका अर्का व्यवसायी गणेश विक भन्नुहुन्छ, “हाम्रो जिल्ला खुकुरीका लागि प्रख्यात जिल्ला मानिन्छ, तर मागअनुसार खुकुरी उत्पादन हुन सकिरहेको छैन ।” खकुरी उद्योगबाट थोरै कालिगडले मात्र रोजगारी पाएका छन् । 

हाल उद्योगबाट भोजपुरे, सिरुपाते, चित्लाङको कोथीमोडालगायतका खुकुरी उत्पादन हुने गरेको छ । 

उद्योगबाट उत्पादन भएको खुकरी हाल स्थानीय बजारका अतिरिक्त खोटाङ, सङ्खुवासभा, धनकुटा, धरान विराटनगर, काठमाडौँ हुँदै मुलुकबाहिर समेत जाने गरेको छ । चर्चामा रहेसँगै भोजपुरमा हुने हरेक स्वागत तथा बिदाइमा समेत भोजपुरे खुकुरी उपहारस्वरूप प्रदान गर्ने गरिन्छ । 

भोजपुरमा आउने र जानेहरुलाई उद्योग वाणिज्य सङ्घले पनि खुकुरी दिएर स्वागत तथा बिदाइ गर्ने गरेको सङ्घ भोजपुरका कार्यालय सचिव मीना कार्की बताउनुहुन्छ । 

“भोजपुरको चिनो नै बनिसक्यो भोजपुरे खुकुरी”, उहाँले भन्नुभयो, “विगतमा द्वन्द्वको समयमा बन्द भएको भोजपुरको खुकुरी उद्योगहरु मुलुकमा आएको शान्ति प्रक्रियाको थालनीसँगै पुन ब्युँतिएका हुन् ।”

भोजपुरमा दाँवा, कोट, दलगाउँ, बोखिम, गोगने, खावालगायतका ठाँउहरुबाट समेत खुकुरी बिक्रीका लागि आउने गरेको छ ।  

भोजपुरमा बुदुना, बाँसपाते, सिरुपातेलगायतका खुकुरीहरु बन्ने गरेको भए पनि बुदुना बढी मात्रमा बिक्री हुने गरेको छ । 

भोजपुर नगरपालिका–५ का महेन्द्र विक आफूले पनि खुकुरी बनाउने पेसा गर्दै आएको बताउनुभयो । 

महेन्द्र खुकुरी उद्योग दर्ता गरेर खुकुरी बनाउने काम गर्दै आइरहनुभएका उहाँले भन्नुभयो, “बिचमा रोजगारीका कारण केही समय खुकुरी बनाउने पेसा छाडे पनि अहिले नियमित गरिरहेको छु, कालिगड भन्दा पनि आफैँले खुकुरी बनाउने काम गर्दै आइरहेको छु ।”

विसं २०४७ देखि नै खुकुरीको व्यवसाय गर्दै आइरहनुभएका उर्मिला आरन उद्योग भोजपुरका सञ्चालक श्रेष्ठले आफूसँग बिक्रीका लागि रु सात सयदेखि आठ हजार पाँच सयसम्मको खुकुरी रहेको जानकारी दिनुभयो । 

जिल्लाकै ख्यातिसँग जोडिएको भोजपुरे खुकुरी उत्पादन गर्नु आफूहरुका लागि अवसर भएको उहाँले बताउनुभयो । सरकारले परम्परागत सीप र व्यवसायलाई संरक्षण गर्न व्यावसायीकरणमा ढाल्न सहयोग गर्नुपर्ने सञ्चालक श्रेष्ठको भनाइ छ ।

भोजपुरमा सन् १९६५ देखि खुकुरीको व्यवसाय शुरु भएको इतिहास पाइन्छ । विसं २०२७ मा राजा महेन्द्र भोजपुर आउँदा स्थानीय आरन शिल्पकार सिंहबहादुर विश्वकर्माले भोजपुरमा बनेको खुकुरी उपहार दिएको बताइन्छ । 

विश्वकर्माको खुकरी बनाउने कला देखेर राजा महेन्द्रले रु एक हजार बक्सिसस्वरूप दिएको र सोही समयदेखि भोजपुरे खुकुरीको लोकप्रियता बढेको खुकुरी व्यवसायीहरूको भनाइ छ ।

सजावटका लागि समेत भोजपुरमा बन्ने खुकुरीहरु नेपालका साथै बाहिरी मुलुकहरु बेलायत, अमेरिका, फ्रान्सलगायतका मुलुकमा पनि जाने गरेको छ । खुकुरी बनाउने काम झन्झटिलो हुने भन्दै युवाहरु वैदेशिक रोजगारीका लागि विदेश जान थालेपछि भोजपुरमा कालिगडको अभाव हुँदै जान थालेको हो । 

खुकुरी बनाउनका लागि आवश्यक कच्चा पदार्थहरु जुटाउन समस्या हुने, त्यहाँमाथि युवाहरूलाई धेरै पैसा कमाउन मन हुने कारणले पनि समस्या भइरहेको खुकुरी व्यवसायी घनश्याम विश्वकर्माले बताउनुभयो ।

खुकुरी वयवसाय सञ्चालनका लागि सरकारी निकायहरूबाट पनि आवश्यक कच्चा पदार्थ, कोइला, काठमा सहजता ल्याइदिनु पर्ने माग खुकुरी व्यवसायीहरूको रहेको छ ।


प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  १६:५८
#संरक्षण
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्